बच्चाले चिया पिउनु सहि कि गलत ?

बच्चाले चिया पिउनु सहि कि गलत ?

केन्द्रबिन्दु
0
Shares

चिया एक साधरण पेय पदार्थ हो । चिया हाम्रो संस्कृतिसँग जोडिएको हुन्छ ।

धेरैजसो मानिसहरु दैनिक बिहान, दिउँसो, साझ चिया पिउने बानी हुन्छ । चिया पिउँदा पाचन क्रिया राम्रो हुन्छ भन्ने मान्यता छ । यसको साथै रोग प्रतिरोधात्मक क्षमता विकसित गर्न र कमजोरी हटाउनको लागि चिया धेरै उपयोगी हुन्छ । सबैलाई थाहा भएको कुरा नै हो चिया हाम्रो स्वास्थ्यको लागि लाभदायक मानिन्छ तर जब बच्चाले खान मिल्छ कि मिल्दैन भन्ने प्रश्न आउँछ धेरैलाई थाहा नहुन सक्छ ।

बच्चा र बयस्कहरुमा चियाको असर अलग अलग हुन्छ । त्यसैले बच्चाको स्वास्थ्यमा चियाको नकारात्मक असर हुन्छ । चियामा कफिनको मात्रा धेरै हुन्छ । जसले दिमागमा नशाको काम गर्छ । यदि तपाईको बच्चा धेरै चिया पिउँछ भने यसको असर मांसपेशी, मस्तिष्क र नर्भस सिस्टममा पनि पर्छ । शारिरीक विकासमा पनि नराम्रो असर पर्छ । थोरै वा कहिलेकाहि चिया पिउँदा भने नकारात्मक असर पर्दैन तर धेरै चिया पिउने बानी छ भने विभिन्न समस्या निम्तिने खतरा हुन्छ ।

बच्चाले धेरै चिया पिउँदा हुने असर

बच्चाको खानपानको कुरामा पुरा ध्यान दिनुपर्छ । जुन कुराले उनीहरुको स्वास्थ्यमा नकारात्मक असर पार्छ त्यस्ता चिजहरुबाट बच्चालाई टाढै राख्नुपर्छ । सबभन्दा पहिला बच्चालाई चिया पिउने आदत लाग्नबाट बचाउनुहोस् । यदि बच्चाले चिया पिउन मन पराउँछ भने सिमित मात्रामा दिनुपर्छ ता कि बच्चालाई चियाको दुष्प्रभावबाट बचाउन सकियोस ।

–हड्डिमा दुखाई हुन्छ, खासमा खुट्टामा दुख्छ ।

–व्यवहारमा बदलाव हुन्छ ।

–मांसपेशी कमजो हुन्छ ।

–निद्रा कम हुन्छ ।

–टाउको दुख्छ ।

–बच्चाको शारिरीक विकासमा प्रभाव पार्छ ।

Logo