नवजात शिशुलाई चिसोबाट कसरी बचाउने ? (टिप्स)

नवजात शिशुलाई चिसोबाट कसरी बचाउने ? (टिप्स)

केन्द्रबिन्दु
0
Shares

जाडोको मौसम नवजात शिशु र आमा दुवैका लागि धेरै चुनौतिपुर्ण हुन्छ । शिशु जन्मने वित्तिकै धेरै किसिमको स्वास्थ्यमा समस्याहरु र प्रतिकुल परिस्थितीको सामना गर्नुपर्छ । आप्mनो शिशु स्वस्थ होस् भन्ने हरेक आमा चाहन्छन् । तर त्यसका लागि जाडो मौसममा विशेष ध्यान दिनु जरुरी हुन्छ ।

यस मौसममा बच्चालाई जति नै कपडा लगाईदिए पनि उनीहरुलाई चिसो लाग्छ । खासमा मौसम परिवर्तनको असर उनीहरुलाई धेरै हुन्छ जसको रोगसँग लड्ने क्षमता कमजोर हुन्छ । नवजात शिशु पनि धेरै कमजोर हुन्छन् । त्यसकारण उनीहरुलाई न्यानो कपडा लगाउनुपर्छ र सही हेरचाह गर्नुपर्ने हुन्छ । यस मौसममा बच्चाहरुलाई रुघाखोकी र घाँटीमा संक्रमण हुने खतरा बढी हुन्छ ।

चिकित्सकहरुका अनुसार यस मौसममा नवजात शिशुको न्यानो कपडा लगाइदिनुको साथै उनीहरुलाई तातो बनाएर राख्न आवश्यक हुन्छ । चिसो बढी भएमा बच्चा बिरामी पनि पर्न सक्छ । बच्चाको सास फेर्ने नली साँघुरिन्छ । यस्तोमा खकार जमेर सास लिनमा कठिनाई हुन सक्छ ।

बच्चालाई चिसोबाट कसरी बचाउने ?

–धुलो, धुँवा र मैलोदेखि बच्चालाई टाढा राख्नुहोस् । बच्चालाई दम बढ्नुको साथै झाडपखाला पनि लाग्न सक्छ । घरको सरसफाईमा बिशेष ध्यान दिनुहोस् ।

–नवजात शिशुलाई दिनै नुहाउनुको सट्टा मनतातो पानीमा सफ्ट एन्टिब्याक्टेरियल लिक्वीड हालेर नरम कपडा भिजाएर पुछ्नुपर्छ ।

–मौसम बदल्ने वित्तिकै बच्चालाई न्यानो कपडा लगाइदिनु पर्छ । हल्का चिसो छ भनेर वेवास्ता नगर्नुहोस, बच्चालाई जहिले पनि मोजा लगाइदिनुपर्छ ।

–बच्चालाई मसाज एकदमै जरुरी हुन्छ । मसाज गर्दा तेललाई मनतातो बनाएर प्रयोग गर्ने गर्नुहोस् ।

–बच्चालाई न्यानो कपडा लगाइदिएर घाममा राख्नुहोस् । बच्चालाई ताजा हावाको साथै भिटामिन–डी पनि प्राप्त हुन्छ ।

–यदि बच्चा ६ महिना भन्दा बढी भएको छ भने खाना पनि खान्छ । खाना खुवाँउदा चिसो नखुवाउनुहोस् । त्यस्तै बासी खाना पनि नखुवाउनुहोस् ।

–स्वेटर लगाउँदा राम्रो क्वालिटिको मात्र लगाइदिने गर्नुपर्छ किनभने उलनको कपडाले बच्चालाई कहिलेकाहि एलर्जी हुन सक्छ ।

–नवजात शिशुको छाला एकदमै संवेदनशिल हुन्छ त्यसैले संक्रमण हुने खतरा बढी हुन्छ । त्यसकारण बच्चालाई समाउन अघि साबुन पानीले राम्रोसँग धुने वा सेनिटाइजरको प्रयोग गर्ने ।

–बेलाबेलामा बच्चालाई आमाको दुध अघाउन्जेल खुवाउनुपर्छ । आमाको दुधमा रोगसँग लड्न सक्ने क्षमता हुन्छ ।

–यदि बच्चाले बोटलबाट दुध खान्छ भने हरेक पटक दुध दिँदा बोतल उमाल्ने गर्नुपर्छ । एकपटकमा खाइ नसकेको दुध फेरि तताएर खुवाउनु हुँदैने । बोतलबाट दुध खाने बच्चाहरुमा रोगसँग लड्ने क्षमता कमजोर हुन्छ । त्यकारण यस्ता बच्चाहरुलाई बिशेष ध्यान दिनुपर्छ ।

बच्चालाई नुहाउँदा ध्यान दिनुपर्ने कुरा

खासगरी हामी बच्चालाई नुहाईसकेपछि मसाज गर्छौ जुन गलत हो । बच्चालाई नुहाउनु भन्दा अगाडि मसाज गर्नुहोस् । जाडोको मौसममा बच्चालाई हप्तामा २ वा ३ पटक मात्रै नुहाइदिनु राम्रो मानिन्छ । बच्चालाई नुहाइदिँदा आराम महसुुुस गर्छन् र राम्रोसँग निदाउन सक्छन् । बच्चा नुहाउनु भन्दा अगाडि सबै चाहिने समानहरु ठिक पार्ने, ताकि बच्चा नुहाउन थालेपछि सामान खोज्न नपरोस् जसले गर्दा बच्चालाई नुहाउन ढिलो भएर चिसो लाग्न सक्छ । राम्रो ब्रान्डको स्याम्पु र साबुनको प्रयोग गर्नुपर्छ । जुनसुकै ब्रान्डको प्रयोग गर्दा बच्चाको छाला कोमल हुने भएकोले एलर्जी हुन सक्छ त्यसको साथै बच्चाले आँखा बन्द गर्न नजान्ने भएकोले आँखामा पर्न गएर आँखा पोल्न सक्छ ।

चाहे जुनसुकै मौसम होस् बच्चालाई नुहाउँदा मनतातो पानी नै प्रयोग गर्नुपर्छ । बच्चालाई नुहाउने क्रममा उसको आँखा, नाक, कानमा पानी नपरोस् भनेर विशेष ध्यान राख्नु आवश्यक हुन्छ । शिशुलाई नुहाउँदा शिशुको काखी, गर्दन, प्राइभेट पार्टसको सफाई जरुरी हुन्छ । धेरै पसिना जम्ने भएकोले खटिरा आउन सक्छ । बच्चाको नाक, कानको सफाई गर्दा विशेष सावधानी अपनाउनुपर्छ । नुहाइृ सकेपछ मुलायम कपडाले पुछ्न सकिन्छ ।

Logo