खोप लगाउँँदा ४५ दिने शिशुको मृत्यु, पाटन अस्पतालमा तनाव

खोप लगाउँँदा ४५ दिने शिशुको मृत्यु, पाटन अस्पतालमा तनाव

केन्द्रबिन्दु
0
Shares

ललितपुर । पाटन अस्पतालमा ४५ दिने खोप लगाउँदा एक शिशुको मृत्यु भएको छ । जुम्लाको कुनका सुन्दरी घर भई हाल ललितपुरको सुनाकोठी बस्दै आएका राजबहादुर राउतका ४५ दिने छोराको मृत्यु भएको हो ।

पुस ९ गते खोप लागाएर घर पुर्याइएका शिशुको घर फर्केपछि थोरै ज्वरो आएको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको राउतको भनाई छ ।

शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ। शिशुका आफन्तले अस्पतालले लापरबाही गरेको भन्दै आन्दोलन सुरु गरेका छन् । आफन्तले अस्पतालको आकस्मिक सेवामा अवरोध पुर्याउन खोजेपछि प्रहरीको हस्तक्षेप गरेको छ।

परिवारले खोप लगाउने व्यक्तिलाई कारबाहीको माग गरेका छन् । पाटन अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले यस विषयमा पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै के भएको भन्ने जानकारी हुने प्रक्रिया दिएका छन् ।

सरकारले उपलब्ध गराउँदै आएको खोप लगाईएको भन्दै के कति कारणले मृत्यु भएको पोष्टमार्टम रिपोर्टपछि मात्रै थाहा हुने उनको भनाई छ । खोप दिएको ७२ घण्टासम्ममा केही समस्या देखिएमा मन्त्रालयमा रिपोर्ट गर्नुपर्ने हुन्छ। रिपोर्टिङको प्रक्रिया सुरु भएको उनको भनाइ छ।

महानगरीय प्रहरी परिसर जाउलाखेलमा मुद्धा दर्ता भइसकेको र शिशुको शव पोस्टमार्टमका लागि बुधबार नै शिक्षण अस्पताल महाराजगञ्ज लगिएको महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता शेखर खनालले जानकारी दिए।

घटनाको अनुसन्धानका लागि केन्द्रीय स्तरको छानबिन समिति बनेको छ । घटनाको विषयमा अस्पतालले समेत अनुसन्धान सुरु गरेको छ। अस्पताल आफैँले पनि छानबिन गरिरहेको छ।

Logo