मःम खाँदै हुनुहुन्छ ? पहिले यो पढौ

मःम खाँदै हुनुहुन्छ ? पहिले यो पढौ

केन्द्रबिन्दु
0
Shares

भोक लाग्यो खाजा के खाने ? धेरैजसोको एउटै जवाफ हुन्छ, मःम । सबैको पहिलो रोजाइमा मःम नै पर्छ । मिठो पनि हुने, सस्तो पनि हुने त्यो भन्दा पनि मुख्य कुरा जताततै सजिलैसँग पाइने । छिटो र मिठोको धुनमा हामीले हाम्रो स्वास्थ्यलाई बिर्सन्छौ । स्वास्थ्यलाई ध्यान दिँदैनौ । जव रोग लाग्छ अनि मात्र हामी आत्तिन्छौ ।

आजकल मानिसको जिन्दगीको ढंग बदलिएको छ । मेसिनमा बढी निर्भरता भएकोले हाम्रो जिन्दगी सजिलो बनाइदिएको छ । त्यसकारण धेरै रोग पनि बढेको छ । जसमा उच्च रक्तचाप एक हो । यो रोग सुन्दा सामन्य लागे पनि हृदयघात र अन्य मुटु सम्बन्धी रोग लाग्ने प्रमुख कारण हो । यसकारण रक्तचापको नियन्त्रण राख्नुपर्छ । उच्च रक्तचापले शरिरको मुख्य अंगहरुमा नकारात्मक प्रभाव पार्छ । रक्तचाप नियन्त्रण नगरेमा हार्ट अट्याक, ब्रेन अट्याक वा स्ट्रोकको जोखिम बढ्छ । थोरै सचेत भएमा उच्च रक्तचापलाई नियन्त्रण गर्न सकिन्छ । रक्तचाप मापन गर्न सजिलो छ । रक्तचापले नै हाम्रो स्वास्थ्य स्थिती बारेमा महत्वपुर्ण जानकारी दिन्छ ।

उमेर बढेसँगै रक्तचापमा पनि वृद्धि हुन्छ । युवावस्थामा १२०/८० एमएम अफ एचजी हुन्छ । सिस्टोलिकमा १२० र डाइस्टोलिकमा ८० सामन्य मानिन्छ । उमेर बढ्दै गएपछि सिस्टोलिक ब्लड प्रेसर प्रमुख रुपमा बढ्छ । लगभग १६०/८० एमएम अफ एचजी सामन्य हो । डाक्टरको अनुसार फास्ट फुड, मःम, पिज्जा खाँदा युवाहरुमा पनि उच्च रक्तचापको खतरा बढि हुन्छ ।

दुष्प्रभाव के हुन्छ ?

–उच्च रक्तचापले धमनीहरुमा क्षती पु¥याउँछ, जसले हाम्रो शरिरको प्रत्येक अंगमा रगतको आपुर्ति गर्छ । उच्च रक्तचाप हार्ट अट्याकको कारण पनि हो ।

–किड्नी र पेटको अलावा आँखालाई पनि हानी गर्छ । यसको साथै उच्च रक्तचापले मस्तिष्कको नशा फुट्छ ।

लक्षण

–उच्च रक्तचापको रोगीहरुमा सामान्य काम गर्नमा बेचैनी हुने, दिक्क लाग्ने हुन्छ । कसैकसैमा टाउको भारीपन महसुस हुन्छ । त्यसैले उच्च रक्तचापको समस्याबाट ग्रस्त मानिसले नियमित रुपमा जाँच गराउनुपर्छ ।

–उच्च रक्तचापबाट आँखामा पुगेको क्षती भएको पत्ता लगाउनको लागि रेटिनाको धमनीहरुको जाँच नेत्र विशेषज्ञबाट गराउनु पर्छ । त्यस्तै मुटुमा क्षती पु¥याएको थाहा पाउनको लागि इसिजी र किड्नीको लागि पिसाब र रगत जँचाउनुपर्छ ।

– युवाहरुमा पनि उच्च रक्तचाप देखिन थालेको छ । यो सबैभन्दा चिन्ताको विषय बनेको छ । तनावपुर्ण जीवनशैली युवावस्थामा उच्च रक्तचापबाट ग्रस्त हुने प्रमुख कारण हो ।

–अनियमित खानपान, सब्जी र फलफुलको सट्टा जंकफुड, रगिंन खानेकुरा र केमिकल युक्त खाद्यपदार्थको सेवन गर्नु र नुनको मात्रा बढि सेवन गर्नु उच्च रक्तचापको जोखिम बढ्ने मुख्य कारण हो ।

–यसको साथै व्यायाम नगर्नु र निष्क्रिय जीवनशैली पनि यो रोगलाई निम्ताउने कारण हो ।

उपचार के हो ?

–उच्च रक्तचापको नियन्त्रण गर्नको लागि अनेक औषधी उपलब्ध छ । जुन डाक्टरको परामर्श लिएर सेवन गर्न सकिन्छ । यसको साथै जीवनशैलीमा सकारात्मक परिवर्तन गर्नुहोस् । तौल नियन्त्रण गर्नुपर्छ । धुम्रपान र मद्यपानबाट टाढै रहनुहोस । शारिरीक परिश्रम गर्नुपर्छ । दैनिक व्यायाम गर्नुपर्छ । योग र ध्यान दैनिक रुटिनमा सामिल गर्नुहोस । रक्तचाप बढ्नुमा तनाव बढनु पनि हो ।

–मानिसहरु उच्च रक्तचापको औषधी लिनबाट डराउँछन् । किनकी औषधी खाएपछि जिन्दगीभर खानुपर्छ भन्ने भ्रम छ । औषधीको साइड डिफेक्ट हुन्छ भनेर पनि डराउछन् । यसकारण झन चिन्तित हुन्छन् र तनावमा रहन्छन् ।

–नियमित रुपमा ब्लड प्रेशरको निगरानी गर्नुपर्छ । लक्षण नदेखिए पनि जाँच गर्नुहोस् ।

–यदि उच्च रक्तचापको औषधी सुरु गरिसक्नु भएको छ भने प्रेशर सामन्य भएमा पनि औषधी खान नछोड्नुहोस । डाक्टरसँग नियमित परामर्श लिनुपर्छ ।

–स्वास्थ्य स्थितीमा परिवर्तन हुँदा, साइड डिफेक्टको कारण औषधी बदल्नुपरेमा डाक्टरसँग परामर्श लिनुपर्छ ।

घरेलु उपचार

–नुन उच्च रक्तचापको प्रमुख कारण हो । त्यसैले नुनको प्रयोग कम गर्नुपर्छ ।

–लसुन उच्च रक्तचाप ठिक पार्ने अचुक औषधी हो । यसको सेवनले रगतको ढिक्का जम्न दिँदैन् । र कोलेस्ट्रोल नियन्त्रण गर्छ ।

–एक ठूलो चम्चा अमलाको रस र उती नै मह मिलाएर बिहान बेलुका खाएमा उच्च रक्तचापमा लाभ मिल्छ ।

–जब उच्च रक्तचाप बढ्छ । आधा गिलास मनतातो पानीमा कालो मरिच एक चम्चा घोलेर २–२ घण्टाको अन्तरालमा पिउँदा कम हुन्छ ।

–खरबुजाको बिज र खसखस अलग अलग पिसेर बराबर मात्रामा मिलाएर राख्ने । यस धुलोलाई दैनिक एक चम्चा खाने गर्नुपर्छ ।

Logo