रुघाखोकीले हैरान हुनुभएको छ ? तुरुन्तै प्रयोग गर्नुहोस घरेलु उपाय

रुघाखोकीले हैरान हुनुभएको छ ? तुरुन्तै प्रयोग गर्नुहोस घरेलु उपाय

केन्द्रबिन्दु
0
Shares

चिसोमा रुघाखोकीले धेरै सताउँछ । खोकीसँगै कफ निस्कदा संक्रमण, निमोनिया वा क्षयरोगको लक्षण हुन सक्छ । एकोहोरो खोकी लागिरहँदा दिक्क लाग्छ । त्यतिबेला लाग्छ, खोकीबाट छुटकारा पाउनको लागि केहि उपाय भए हुन्थ्यो । कफ निस्कने औषधी खाँदा पनि निको हुन गाह्रो हुन्छ । केही घरेलु उपाय अपनाउँदा खोकी निको हुन्छ ।

प्रशस्त मात्रामा तरल पदार्थको सेवनः
खोकी लागेका प्रशस्त मात्रामा तरल पदार्थको सेवन गर्नुपर्छ । धेरै पानी पिउनु भनेको औषधी बराबर हो । पानी र अन्य तरल पदार्थको सेवनले शरिरबाट संक्रमणको बाहिर निकालेर कफसँगैको खोकीबाट राहत मिल्छ ।

यसको साथै तरल पदार्थको सेवनले शरिरमा लामो समयसम्म हाइड्रेट रहनुका साथ साथै कफ नरम बनाउँछ र निस्कन सजिलो हुन्छ । त्यसैले पानी प्रशस्त मात्रामा सेवन गर्नुहोस् ।

कागतीः
कागतीमा एन्टिबायोटिक र एन्टिअक्सिडेन्ट हुन्छ । यी गुणको कारण कागतीको प्रयोगले खोकी निको हुन्छ । कफसँगैको खोकीमा एक गिलास तातो पानीमा कागतीको केही थोपा निचोरेर पिाएमा निको हुन्छ । चाँडै निको हुनको लागि यस मिश्रणलाई नियमित सेवन गर्नुपर्छ ।

नुन पानीले गार्गलः
कफसँगैको खोकीको लागि नुन र पानीको सेवन लाभदायक हुन्छ । दैनिक नियमित तरिकाले मनतातो नुन पानीले गार्गल गर्नाले कफ सबै निस्कन्छ । खोकी लाग्दा मनतातो पानीमा थोरै नुन र थोरै बेकिङ सोडा मिलाएर दिनमा ३ पटक गार्गल गर्नाले खोकी निको हुन्छ ।

सरसौको बिजः
कफसँगैको खोकीको प्राकृतिक उपचारमा सरसौको बिजको उपयोग पनि लाभदायक हुन्छ । सरसौको बिजमा सल्फर पाइन्छ । जसकारण कफको प्रवाहलाई कम गर्न सहयोग गर्छ । खोकीको समस्या भएमा एक चम्चा सरसौको बिजलाई एक कप तातो पानीमा भिजाउने । कफ निस्कने खोकीबाट दिक्क हुनुभएको छ भने नियमित सरसौ भिजाएको पानी पिउनुहोस ।

मह र मरिचः
कफलाई पातलो र नरम बनाउनको लागि मह एक प्रभावकारी घरेलु औषधी साबित हुन सक्छ । महले एन्टिइम्फ्लामेटरीको काम गर्छ । कफको पातलो झिल्ली गलामा अड्किएको हुँदा घाँटीमा चिलाइरहेको हुन्छ र खोकी लाग्छ । अदुवाको टुक्रा महमा चोपेर चुसेमा कफसँगैको खोकीमा राहत मिल्छ ।

मरिचको सेवनले कफको प्रवाहलाई उत्तेजित पार्छ र बन्द भएको नाक पनि खुल्छ । समस्या भएको बेला एक चम्चा कालो मरिच र एक चम्चा महको पेस्ट बनाउने । त्यसमा थोरै पानी मिलाएर केहि समय उमाल्ने । यस मिश्रणको चिसो भएपछि दिनभरीमा थोरै थोरै गरेर पिउँदा फाइदा गर्छ ।

Logo