हाम्रो समाजमा पुरुषहरु भन्दा महिलाहरुलाई कमजोर ठान्छन् । पुरुषहरु शक्तिशाली र महिलाहरु कमजोर हुन्छन् भन्ने मान्यता रहेको छ । "/>

पुरुषहरुभन्दा महिला ३ वर्ष बढी बाच्छन्, किन ?

पुरुषहरुभन्दा महिला ३ वर्ष बढी बाच्छन्, किन ?

केन्द्रबिन्दु
0
Shares

हाम्रो समाजमा पुरुषहरु भन्दा महिलाहरुलाई कमजोर ठान्छन् । पुरुषहरु शक्तिशाली र महिलाहरु कमजोर हुन्छन् भन्ने मान्यता रहेको छ । यो कुरालाई गलत सावित गरिदिएको छ एक अध्ययनले । महिलाहरु शारीरिक रुपमै पुरुषहरुभन्दा बलियो हुन्छन् र उनीहरुको आयु पनि लामो हुन्छ । पुरुषहरुको औसत आयु ६७ वर्ष र महिलाहरुको औसत आयु ७१.१ वर्ष हुन्छ ।

सामान्यतया महिलाहरु पुरुषको तुलनामा बढि बाँच्छन् । यो कुरा विभिन्न सोध तथा अनुसन्धानहरुले पनि प्रमाणित गरिसकेको छ । महिलाहरुको औसत आयु पुरुषहरुको भन्दा ३ बर्ष बढि हुन्छ । तर तपाईहरुले कहिल्यै सोच्नु भएको छ ? यस्तो किन हुन्छ ?

पहिलेको मानिसहरुले यस्तो हुनुको पछाडि विभिन्न कारणहरु बताउँदै आएपनि त्यसमा कुनै वैज्ञानिक आधार थिएन । उनीहरुका अनुसार महिलाहरु धेरै काम गर्दैनन् अथवा हल्का काम गर्छन् भन्ठान्थे ।

त्यसकारण पुरुषहरुको तुलनामा महिलाहरु धेरै बाँच्छन् । अहिले वैज्ञानिकहरुले यो कुरालाई प्रमाणित गरिदिएका छन् । स्वस्थ महिलाको उमेर स्वस्थ पुरुषको भन्दा बढि हुन्छ । यसको कारण उनीहरुको काम नभएर शारीरिक वनावट यानी बायोलोजिकल स्ट्रक्चर हो ।

मानिसहरुमा मात्र नभएर जनावरमा पनि
महिलाहरुभन्दा पुरुषहरु बढि बाँच्छन् यो कुरा मानिसहरुमा मात्र नभएर जनावारमा पनि लागु हुन्छ । हुनत कुनै कुनै जनावरहरु फिमेल भन्दा मेल नै बढि बाँच्छन् । तर मानिसहरुको सन्दर्भमा यो कुरा सयौं वर्षदेखि लागु भएको हो कि महिलाहरु पुरुषहरुभन्दा बढि बाँच्छन् । मानवका अलावा मानवको पुर्वज मानिने बाँदर, गोरिल्ला, चिम्पाञ्जी, लंगुर आदि पनि मेलभन्दा फेमेल धेरै बाँच्छन् ।

महिला हर्मोन पनि कारण हो
महिला हर्मोन एस्ट्रोजनको कारण पनि महिलाहरुको उमेर केहि हदसम्म बढ्छ । प्रकृतिले महिलाहरुलाई शरिरमा गर्भाधारण र स्तनपानको ध्यानमा राख्दै पुरुषहरु भन्दा लचिलो बनाएको छ । स्त्रीहरुमा स्त्रीत्वको लागि जिम्मेवार हर्मोन एस्ट्रोजनको ब्लडमा भएको लिपिडमा सकारात्मक प्रभाव पार्छ । त्यसैले महिलाहरुलाई पुरुषहरुको तुलनामा मुटुको रोग कम लाग्छ ।

जीन हुन सक्छ कारण
महिला र पुरुषको जीनमा पनि फरक हुन्छ । पुरुषमा एउटा एक्स (x) र एउटा वाई (Y) क्रोमोजोम हुन्छ । जवकी महिलाहरुमा दुईटै (X) क्रोमोजोम हुन्छ । महिलाहरुमा दुइटै (X) क्रोमोजोम भएर फाइदा हुन्छ । यदि एउटा (X) क्रोमोजोममा केहि गडबडी वा खराब भएपनि अर्को क्रोमोजोम शरिर स्वस्थ राख्नको लागि प्रयाप्त हुन्छ ।

उचाई पनि हुन सक्छ
केहि सोधहरुमा पाइएको छ कि लामो शरिर धेरै उर्जा खर्च गर्छ । यसको साथै लामो शरिरमा म्युटेसनको प्रक्रिया पनि धेरै हुने आशंका हुन्छ । त्यसैले उचाई जीवनको कम गरि दिन्छ । धेरैजसो महिलाहरुको उचाई पुरुषको भन्दा कम हुन्छ । त्यसकारण उचाई पनि महिलाहरु धेरै बाँच्ने कारण हुन सक्छ ।

अझै स्पष्ट हुन सकेको छैन कारण
धेरै प्रकारको सोध र अनुसन्धानमा अलग अलग कुरा सामुन्ने आएको छ । तर यसको कुनै स्पष्ट कारण अझैसम्म खुलेको छैन् कि महिलाहरु पुरुषहरुको तुलनामा किन बढि बाँच्छन । अहिलेसम्मको प्राप्त जानकारी अनुसार यसको एकमात्र नभएर धेरै कारणहरु हुन सक्छ ।

वंशाणुगत र हर्मोनले कारणको अलावा जीवनशैली पनि एक कारण हुन सक्छ । सामन्यतया संसारभरी पुरुषहरु महिलाहरुभन्दा धेरै धुम्रपान, मद्यपान गर्छन् । र अनियमित जीवनशैली जिँउछन् । यो पनि एक कारण हुन सक्छ । हालै भएको एक कोरियन वैज्ञानिक हान पाम पार्कले गरेको सोधमा पुरुष र महिलाको भन्दा धेरै औसत आयु ट्रान्सजेन्डर्सको हुन्छ ।

Logo