यदि वाइनको सेवनले तपाईको स्वास्थ्यमा नराम्रो असर गर्छ भन्ने लाग्छ भने तपाईको सोचाई शत प्रतिशत सत्य नहुन सक्छ । हालै भएको एक अनुसन्धानले पत्ता लगाए अनुसार रेड वाइन सेवन नगर्ने मानिसको तुलनामा सेवन गर्ने मानिस धेरै बाँच्छ र स्वस्थ्य पनि रहन्छ । "/>

रेड वाइनले आयु र स्मरण शक्ति बढाउँछः अनुसन्धान

रेड वाइनले आयु र स्मरण शक्ति बढाउँछः अनुसन्धान

केन्द्रबिन्दु
0
Shares

यदि वाइनको सेवनले तपाईको स्वास्थ्यमा नराम्रो असर गर्छ भन्ने लाग्छ भने तपाईको सोचाई शत प्रतिशत सत्य नहुन सक्छ । हालै भएको एक अनुसन्धानले पत्ता लगाए अनुसार रेड वाइन सेवन नगर्ने मानिसको तुलनामा सेवन गर्ने मानिस धेरै बाँच्छ र स्वस्थ्य पनि रहन्छ । वैज्ञानिकहरुले पत्ता लगाए अनुसार रेड वाइनमा पाइने रेसवेराट्रोलले शरिर सुन्निएको कम गर्छ ।

अरोडा न्युरो र हार्ट सेन्टरको कन्सलटेन्ट मेडिसिन डा. दिपक अरोडा भन्छन्, ‘रेड वाइन मुटुको बिरामी र टाइप–२ मधुमेह हुने खतरा कम गर्छ ।’ बफेलो विश्वविद्यालयको इन्डाक्रिनोलोजी विभागको प्रमुख परेश डानडोनाको नेतृत्वमा गरिएको सोधमा आधा प्रतियोगीहरुलाई रेसवेराट्रोल युक्त ४० मिलीग्राम रेड वाइन दिइएको थियो भने आधा प्रतियोगीहरुलाई एक औषधी दिइएको थियो जसमा कुनै सक्रिय घटक थिएन । प्रतियोगीहरुले ६ हप्तासम्म एक गोली लिनुपर्ने थियो ।

स्मरण शक्ति बढाउनुको साथै अल्जाइमर जस्तो मानसिक रोगबाट बच्नको लागि रेड वाइनको सेवन फाइदाजनक हुन्छ । हालै भएको एक अनुृसन्धानमा रेड वाइनमा पाइने एन्टिएजिङ प्रोटिन रिजर्वेराट्रल एपोई–४ र सरटी–१ नामक तत्वबाट अल्जाइमर या स्मरण शक्तिसँग सम्बन्धित समस्याबाट मुक्त हुने उल्लेख छ ।

Logo