जो तनाव र मानसिक रोगबाट पिडित छन् । उनीहरुको लागि सोयाबिनको सेवन फाइदाजनक हुन्छ । यसको नियमित सेवनले दिमाग पनि तेज हुन्छ । "/>

सोयाबिन एक फाइदा अनेक

सोयाबिन एक फाइदा अनेक

केन्द्रबिन्दु
0
Shares

जो तनाव र मानसिक रोगबाट पिडित छन् । उनीहरुको लागि सोयाबिनको सेवन फाइदाजनक हुन्छ । यसको नियमित सेवनले दिमाग पनि तेज हुन्छ । साथै एसिडिटिको समस्याबाट पनि छुटकारा मिल्छ । सोयाबिनमा प्रोटिनको मात्रा धेरै हुन्छ साथै ‘भिटामिन बी’, ‘भिटामिन ई’ को मात्रा प्रचुर मात्रामा हुन्छ । जसले शरिरमा भएको आवश्यक एमिनो एसिडको कमी पुरा गर्छ । सोयाबिनमा आइसोफ्लेवस नामक तत्व पाइन्छ, जसले गर्दा हड्डी पनि बलियो हुन्छ । सबै समस्याबाट मुक्त हुन, सोयाबिन एक अचुक उपाय हुन सक्छ ।

चिल्लो छाला

चिल्लो छाला भएकोले नियमित सोयाबिनको सेवन गरेमा फाइदा हुन्छ । यसको सेवनले चिल्लो छालामा आउने डन्डिफोर र अन्य समस्याबाट छुटकारा मिल्छ ।

चाउरीपन

हरेकको चाहाना हुन्छ, आफ्नो अनुहार फ्रेस र जवान दखियोस् । तर, अहिलेको खानपानको कारणले गर्दा उमेरभन्दा चाँडै अनुहारमा चाउरीपन देखिन थालेको छ । सोयाबिनको नियमित सेवनले यस समस्याबाट बच्न सकिन्छ । हाम्रो शरिरमा सोयाबिनको सेवनले एस्ट्रोजन हर्मोन बन्न थाल्छ । जसले गर्दा अनुहारमा दाग धब्बा र चाउरीपन आउन दिदैन् ।

नङ बलियो हुन्छ

धेरैजसोको नङ भाच्चिने या ढिलो बढ्ने समस्या हुन्छ । सोयाबिनको नियमित सेवनले नङसँग जोडिएको समस्याबाट मुक्त हुन सहयोग गर्छ । साथै नङमा चमक पनि आउँछ ।

बाक्लो र चमकदार कपाल

अहिले सबैको कपाल झर्ने र टुक्रने समस्या मुख्य भइसकेको छ । कपाल बिग्रनुमा हाम्रो खराब जीवनशैली नै हो । यदि तपाई कपाल लामो, बाक्लो र चमकदार चाहनुहुन्छ भने आज देखि नै सोयाबिनको सेवन सुरु गर्नुहोस् । सोयाबिनमा प्रचुर मात्रामा प्रोटिन हुन्छ ।

दाग र धब्बाबाट छुटकारा

सोयाबिनले शरिरको भित्री अंगलाई मात्र नभएर बाहिरी समस्यालाई पनि भगाउँछ । सोयाबिनको पेस्ट बनाएर अनुहारमा लगाउँदा छालाको दाग धब्बा हट्छ । पहिला सोयाबिनलाई पानीमा भिजाएर पिस्ने र पिसेर यसलाई मसिनो बनाउने । यस पेस्टलाई अनुहारमा लगाएर १५–२० मिनेटसम्म छोड्ने । त्यसपछि मनतातो पानीले सफा गर्ने गर्नुपर्छ ।

कमजोरीबाट छुटकारा

यदि तपाईलाई हिड्दा हिड्दै चक्कर आउँछ या कमजोरी महसुस हुन्छ भने सोयाबिनको नियमित गर्दा फाइदा हुन्छ ।

Logo