बच्चालाई पटक पटक कपडा चेञ्ज गर्नुको झन्झटबाट बच्नको लागि आजकल धेरैजसो अभिभावक डाइपर लगाइदिने गर्छन । सुतीको कपडाबाट बनेको नेपकिनको सट्टा बजारमा पाइने डाइपरको प्रयोग बढि गरिन्छ । "/>

डाइपरः बच्चाको स्वास्थ्य कि सुविधा ?

डाइपरः बच्चाको स्वास्थ्य कि सुविधा ?

केन्द्रबिन्दु
0
Shares

बच्चालाई पटक पटक कपडा चेञ्ज गर्नुको झन्झटबाट बच्नको लागि आजकल धेरैजसो अभिभावक डाइपर लगाइदिने गर्छन । सुतीको कपडाबाट बनेको नेपकिनको सट्टा बजारमा पाइने डाइपरको प्रयोग बढि गरिन्छ ।

लिकप्रुफ डाइपर कतै बाहिर निस्कँदा या राती सुत्दा लगाउँदा सजिलो हुने भएकोले धेरैजसो महिलाहरुले यसको प्रयोग गर्ने गर्छन् । तर, धेरैजसोले बच्चालाई लामो समयम्म दिनभरी या पुरै रात डाइपर लगाइदिने गरेको पाइन्छ । यसो गर्दा बच्चाको स्वास्थ्यलाई असर गर्छ ।

बच्चाले घरमा जुनसुकै ठाउँमा जुनसुकै बेला दिशा पिसाब गरेर फोहर गर्ने भएकोले र राती बच्चाको निद्रा नबिग्रियोस भनेर लगाइदिईन्छ । घरमै बनेको सुतीको कपडाबाट यो सुविधा पाइदैन् । राती बच्चाको निद्रा विग्रियो भने आमा–बुवाको पनि निद्रा बिग्रिने भयो । यसले गर्दा स्वास्थ्यमा पनि असर गर्ने ।

यी सुविधाको लागि डाइपरको प्रयोग गर्दा सावधानी र सर्तकता अपनाउनुपर्छ । बच्चाको स्वास्थ्यमा असर नगर्ने र पर्यावरण पनि सुरक्षित राख्नको लागि बच्चालाई डाइपर प्रयोग गर्दा ध्यान राख्न जरुरी छ ।

–यदि बच्चालाई पुरै दिन डाइपर लगाइदिनुहुन्छ भने, आधा आधा घन्टामा चेक गर्ने वानी बसाल्ने । लामो समयसम्म लगाइदिँदा बच्चालाई युरिनरी ट्रेक इन्फेक्सन र अन्य बिरामीको खतरा हुन सक्छ ।

–प्लास्टिकको अलवा डाइपरमा अन्य टक्सिन्स जस्तैः कृत्रिम रंग, वास्नाको लागि केमिकल्स, सोडियम पोलिक्राइलेट, डाइअक्सिन्स तथा फेथलेट्स हुन्छ । जसको कारण बच्चालाई दम, हर्मोनल असन्तुलन र क्यान्सर हुन सक्छ । डाइपरमा भएको कृत्रिम रंगले बच्चालाई एलर्जी हुन्छ ।

–कुनै डाइपरमा इथाइलबेन्जीन, टल्युइन र जाइलिन जस्ता वोलेटाइल अर्गानिक कम्पाउन्ड हुन्छ । यानी वातावरणमा हानीकारक बाफ बन्ने जैविक तत्वहरु उत्पादन गर्न सक्छ । जसबाट न्युरोलोजिकल समस्या, आँखाको समस्या र इम्युनिटी कमजोर हुने खतरा हुन सक्छ ।

–बच्चाको स्वास्थ्यका साथै पर्यावरणलाई पनि हानी पुर्‍याउँछ ।

–डाइपरको कारण हुनेर्‍यासेजले बच्चाको कोमल छालामा हानी पुर्‍याउँछ । यसले गर्दा बच्चाको संवेदनशिल अंगमा पनि क्षति पु¥याउन सक्छ ।

–डाइपर बनाउनको लागि ग्रेन्युल्सको प्रयोग गरिन्छ । यो एकदमै हानिकारक केमिकल्सबाट बनेको हुन्छ ।

–लामो समयसम्म प्रयोग गर्दा बच्चालाई उल्टी हुने, खोकी लाग्ने, ज्वरो आउने हुन सक्छ ।

–बच्चालाई लामो समयसम्म डाइपर लगाइदिँदा पिसाब जम्मा भएर गाह्रो हुन्छ । उसले भन्न सक्दैन र झगडा गर्ने हुन्छ ।

 

Logo