दुधको सट्टा दही खानु स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । दुधमा पाइने 'फ्याट' शरिरलाई एक उमेरमा गएपछि हानी गर्छ । "/>

दही खाँदा दर्जनौ फाइदा

दही खाँदा दर्जनौ फाइदा

केन्द्रबिन्दु
0
Shares

दुधको सट्टा दही खानु स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । दुधमा पाइने ‘फ्याट’ शरिरलाई एक उमेरमा गएपछि हानी गर्छ । दहीमा पाइने फोस्फोरस र भिटामिन डी शरिरको लागि लाभकारी हुन्छ ।

दैनिक ३ सय मिलीलीटर दही खाने गरेमा ओस्टियोपोरोसिस, क्यान्सर, हार्टअट्याक र अन्य पेटको विकार विरुद्ध सुरक्षा गर्छ । दहीको सेवनले शरिरलाई शितलता प्रदान गर्छ । तौल घटाउनको लागि पनि उपयोगी हुन्छ । दहीमा कन्जुगेटिड लिनोलेइक एसिड (सिएलए) हुन्छ ।

सिएलएले फ्री रेडिकल्स सेल्सको बन्नबाट रोक्छ । यो सेल्सले शरिरको विकास रोक्छ । धेरैजसोलाई लाग्छ दही चिसो हो । यसको सेवनले चिसो लाग्ने, रुघाखोकी लाग्ने, ज्वरो आउने हुन्छ । तर, यो सहि होइन । छिट्टो चिसो लाग्नेले दिनको खानापछि यसको सेवन गर्नु उत्तम हुन्छ । फ्रिजमा राखेको दही नखानु नै राम्रो हुन्छ । दहीको सेवन जहिल्यै पनि ताजा गर्नु राम्रो हुन्छ ।

दहिको नियमित सेवन गर्नाले धेरै प्रकारको बिरामीबाट मुक्त गर्छ । दहीमा पाइने फोस्फोरस र भिटामिन डीको साथ क्याल्सियमको एसिडमा परिणत गर्छ । जसले बच्चा देखि नै दहीको भरपुर मात्राम सेवन गर्छ, उसलाई बुढेसकालमा हुने ओस्टियोपोरोसिस जस्तो रोग लाग्नबाट बचाउँछ ।

दहीमा शरिरलाई फाइदा गर्ने खालको ब्याक्टेरिया पाइन्छ । हाम्रो आन्द्रामा राम्रो खालको ब्याक्टेरियाको अभाव हुँदा भोक नलाग्ने जस्ता धेरै बिरामी पैदा हुन्छ । विरामी भएको वेला या एन्टिवायोटिक खाइरहेको वेला खानामा भएको भिटामिन र खनिज पचाउदैन । यस्तो अवस्थामा दहीको सेवन राम्रो हुन्छ ।

दहीले खाना पचाउन सहयोग गर्छ र पेटको बिरामी हुनबाट बचाउँछ । इन्फेक्सनबाट बचाउँछ दैनिक ३ सय मिलीलीटर दहीको सेवन गरेमा मुखमा हुने इन्फेक्सनबाट बचाउँछ । शरिरमा भएको ब्लड सिस्टममा हुने इन्फेक्सन कन्ट्रोल गर्नमा ह्वाइट ब्लड सेलको योगदान सबैभन्दा धेरै हुन्छ । दही खाँदा ह्वाइट ब्लड सेल बलियो हुन्छ र शरिरमा रोग प्रतिरोधात्मक क्षमता पनि बढाउछ ।

उमेर बढेसँगै दहीको सेवन गर्नुपर्छ । जुन मानिस लामो समय देखी रोगसँग लडिरहेको हुन्छ, उनीहरुको लागि धेरै उपयोगी हुन्छ । दहीको सेवन गर्दा रगतमा कोलेस्ट्रोलको मात्रा कम गर्न सकिन्छ । जसबाट मुटुमा हुने कोरोनरी आर्टरी रोगबाट बचाउन सजिलो हुन्छ ।

Logo