एजेन्सी । अबदेखि मलेरिया रोगको पहिचान कुकुरले पनि गर्ने भएको छ । ब्रिटेन र गाम्बियाका वैज्ञानिकहरुको अनुसन्धानले पहिलो पटक यस्तो तथ्य पत्ता लगाएका हुन् । "/>

अब मलेरिया रोगको पहिचान कुकुरले पनि गर्न सक्ने

अब मलेरिया रोगको पहिचान कुकुरले पनि गर्न सक्ने

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । अबदेखि मलेरिया रोगको पहिचान कुकुरले पनि गर्ने भएको छ । ब्रिटेन र गाम्बियाका वैज्ञानिकहरुको अनुसन्धानले पहिलो पटक यस्तो तथ्य पत्ता लगाएका हुन् । जहाँ कुकुरको मद्दतले मलेरिया जस्तो रोग पत्ता लगाउन सकिनेछ ।

वैज्ञानिकहरुका अनुसार कुकुरले संक्रमित व्यक्तिको कपडा सुंघेर मलेरिया रोगको पत्ता लगाउने प्रशिक्षत गरिँदैछ । वास्तवमा ब्रिटेनको डर्हम विश्वविद्यालयले केही कुकुरहरुलाई मलेरिया पत्ता लगाउने प्रशिक्षण गरेको छ ।

जनावरको मद्दतले मलेरिया जस्तो विमारी रोक्न वा निवारणमा गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । यद्दपी यो अनुसन्धान अझैं यसको सुरुवाती चरणमा रहेको छ । तर विशेषज्ञले यसको परिणामबाट विमारी पत्ता लगाउने कुनै नयाँ तरिका बाहिर आउने विश्वास व्यक्त गरेका छन् ।

जब कोही व्यक्तिलाई मलेरिया हुन्छ, तब उसको शरीरको गन्ध थोरै अलग हुने गर्छ । त्यस्तो अवस्थामा, कुकुरको मद्दतले व्यक्तिको शरीरमा भएको मलेरिया पहिचान गर्न सकिन्छ ।

अनुसन्धान, दुर्गन्धित मोजा
पश्चिमी अफ्रिकी देश गाम्बियाको एक क्षेत्रमा बच्चाहरुलाई पुरै रात मोजा लगाएर राखे । त्यसपछि त्यो मोजा ब्रिटेन पठाइएको थियो । पठाईएको १७५ जोडी मोजा मध्ये ३० जना बच्चाको मोजामा संक्रमण पाईएको थियो । दुर्गन्धित मोजा इंग्ल्यान्डको मिल्टन केनेस सहरमा रहेको मेडिकल डिटेक्शन डग्स च्यारिटी पुर्‍याईएको थियो ।

कुकुरको सुघ्ने तागत धेरै हुनेगर्छ । यो कुकुर पहिलेदेखि नै क्यान्सर र पार्किन्सन जस्ता रोगको लक्षण पत्ता लगाउन प्रशिक्षण दिइएको थियो । अमेरिका सोसाइटी अफ ट्रपिकल मेडिसिन एन्ड हाईजीनको वार्षिक सम्मेलनमा प्रस्तुत गरिएको परिणामले यो पत्ता लागेको थियो कि कुकुरले मलेरियको पनि पहिचान गर्न सक्नेछ ।

यी कुकुरहरुले १० मध्येका ७ संक्रमित स्याम्पलमा मलेरिया भएको सही पहिचान गरेको थियो । यस अनुसन्धानको नेतृत्व गरेका डर्हम विश्वविद्यालयका प्रोफेसर स्टीव लिंड्सेले आएको परिणामसँग उत्साहित भएको तर नियमित प्रयोगको लागि ती कुकुरहरु अहिले पनि तयार नभएको बताएका छन् ।

 

Logo