काठमाडौं । डिटक्सिफिकेसन (निर्मलिकरण) भनेको एक यस्तो प्रक्रिया हो, जसको माध्यमबाट हाम्रो शरिरको नराम्रो कुरा (विषालु पदार्थ) हरुलाई सफा गरिन्छ । "/>

कतिवेला आवश्यक छ ? शरिरको निर्मलिकरण

कतिवेला आवश्यक छ ? शरिरको निर्मलिकरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । डिटक्सिफिकेसन (निर्मलिकरण) भनेको एक यस्तो प्रक्रिया हो, जसको माध्यमबाट हाम्रो शरिरको नराम्रो कुरा (विषालु पदार्थ) हरुलाई सफा गरिन्छ । यो शरिर र दिमागको स्वस्थ र रिफ्रेस राख्ने एक प्रक्रिया हो । यसबाट मानसिक तनाव र अन्य विकारहरु हटाएर शरिरलाई उर्जा दिन्छ ।

शरिरमा भएको विषालु पदार्थ नै रोगको प्रमुख कारण हो । शरिर डिटक्सिफिकेसन गर्ने धेरै तरिकाहरु छन् । एक स्वस्थ खानपान नै हो । मौसम अनुसार खानपानमा बदलाव गरेर शरिरको शुद्धिकरण गर्न सकिन्छ । यो प्रक्रिया सुरु गर्नको लागि डाक्टरको सल्लाह लिनु आवश्यक छ ।

फोहोर मैला हाम्रो आसपास मात्र होइन, हाम्रो शरिरमा पनि हुन्छ । त्यसकारण धेरै प्रकारको रोग लाग्न सक्छ । तनाव, अनिद्रा, फ्लु, अपच, तौल बढ्नु आदि समस्या आउन सक्छ । समयमै यस्तो समस्याको उपचार गरिएन भने गम्भीर रोग लाग्न सक्छ । त्यसैले यी सामान्य लक्षणहरुको पहिचान गरेर उपचार गर्नुपर्छ ।

अनिद्राः
यदि तपाई मस्तले निदाउन सक्नुहुन्न भने, तपाईको शरिरमा विषालु तत्वको प्रवेश भईसकेको छ । यसलाई तुरुन्तै रोक्नको लागि मस्त निदाउने प्रयास गर्नुहोस् । निद्रा राम्रोसँग लाग्यो भने शरिर दिनभरि स्फुर्त रहन्छ, नत्र भारी लाग्ने, अल्छी लाग्ने हुन्छ ।

आलस्य हुनुः
काम गर्न मन नलाग्ने हुन्छ । कुनैपनि काम गर्ने समयमा शरिरमा उर्जा नभएको आभास हुन्छ । यस्तोमा शरिरमा विषालु तत्वले कब्जा गर्छ । मादकपदार्थ, फ्राईड खाना, चिनी, रिफाइन्ड कार्बोहाइड्रेट्स, प्रोसेस्ड फुड आदि नखानु नै राम्रो हुन्छ । धेरै पानी पिउनु र हरियो साग सब्जी खाने र नियमित व्यायाम गर्ने ।

तनावः
विषालु तत्वको कारण तनाव बढ्छ । तनाव रहँदा शरिरको क्रियाकलाप प्रभावित पार्छ । पर्यावरण प्रदुषण, किटनाशकको प्रयोगले दुषित भोजन र जंक फुडले तनाव बढाउँछ । जसले शरिर र दिमाग दुवै प्रभावित पारिदिन्छ । तनावले शरिरमा विषालु तत्वको झन जम्छ, जसलाई टक्सिक फ्रि रेडिकल्स भनिन्छ । यी विषाक्त तत्वहरुको सञ्चय भएर हुने तनावलाई अक्सिडेटिव स्ट्रेस भनिन्छ ।

तौल बढ्नेः
तौल बढ्नु भनेको शरिरमा विषालु पदार्थको जम्मा भएको संकेत हो । सामान्यतया अस्वस्थ र खराव खानेकुराको बानीले मानिसहरु यो समस्याबाट पिडित भएका छन् । यस्ता मानिसहरुको धेरै खाने बानी हुन्छ । उनीहरुले जति क्यालोरी भएको खानेकुरा खान्छन्, त्यती क्यालोरी खर्च गर्न पाउँदैनन् । ती क्यालोरी जम्मा भएर मोटोपन बढ्छ । त्यती नै खानुपर्छ, जति शरिरले खर्च गर्न सक्छ । अनावश्यक खानेकुराको नियन्त्रण गर्नुहोस् ।

पाचन प्रणाली विग्रिनुः
पेट दुख्यो वा विग्रियो भने हामी पेटलाई दोष दिन्छौ, तर पेटले हामीलाई दोष दिन्छ । किनभने हामी जिब्रोलाई मात्र ध्यान दिन्छौं । पेटको बारेमा सोच्दैनौं । पाचन प्रणाली बिग्रिएमा पेटमा ग्याँस जम्मा हुनु, अपच, डकार, पेट पोल्नु, दुख्नु, उल्टी हुनु जस्ता लक्षण देखिन्छ ।

यस्तो लक्षण देखिनु भनेको शरिरमा विषालु पदार्थ जम्मा हुनु हो । खराब आहार र खराब बानीले गर्दा हाम्रो शरिरमा विषालु पदार्थ जम्मा हुन्छ । सबै रोगको जड नै यही हो, पाचन प्रणाली विग्रिनु । राम्रो खानेकुरा खाने वानी बसाल्नुपर्छ । रातको खाना हल्का खानुपर्छ ।

डिप्रेसन:
विषालु तत्वले शरिरको क्रिया नै अवरोध गर्दिन्छ । चिन्ता स्वास्थ्यको लागि एकदमै खतरनाक हुन्छ । यसले शरिरको सबै अंगलाई असर गर्छ । पेट, छाला, फोक्सो, कलेजो, मुटु, मांसपेसीको साथै दाँत पनि नष्ट गर्न सक्छ । चिन्ताको समयमा शरिरमा तनाव बढाउने हर्मोन कर्टिसलको मात्रा धेरैमात्रामा बढ्छ ।

कसरी गर्ने निर्मलिकरण ?
–सबैभन्दा पहिला शरिरमा पानीको मात्रा बढाउने । यसको लागि सादा पानी, जुस, कागती पानी, नरिवल पानी आदि प्रशस्त मात्रामा पिउने ।
–खानपानमा रेशादार र पानीको मात्रा धेरै भएको खानेकुरा सामिल गर्ने ।
–ताजा र हरियो सागसब्जी प्रशस्त मात्रामा खाने ।
–मौसम अनुसारको फलफुलको सेवन गर्ने ।

यी खानाबाट टाढा हुनुहोस्:
धेरै तारेको, भुटेको, फ्राईड, डढेको, फास्ट फुड आदि खानेकुरा नखाने । यदि मांसाहारी भोजन खानुहुन्छ भने रोस्टेड र ग्रिल्ड गरेका खान सकिन्छ । खुल्ला ठाउँमा राखिएको खानेकुरा नखाने । प्रदुषित खानाले शरिरमा विषालु तत्व बढाउछ ।

Logo