पछिल्लो समय महंगी ह्वात्तै बढेको छ । राजधानी काठमाडौंको बसाई त झन दिनानुदिन महंगीले कष्टप्रद बनाउदै लगेको छ । अत्यावश्यक खाद्यन्न सामाग्रीमा भएको मूल्यवृद्धिले काठमाडौंवासीलाई दैनिकी चलाउन समेत हम्मेहम्मे पर्न थालेको छ । "/>

३० रुपैंया प्लेटमा मःम बेच्ने दम्पत्तीका व्यथा

३० रुपैंया प्लेटमा मःम बेच्ने दम्पत्तीका व्यथा

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय महंगी ह्वात्तै बढेको छ । राजधानी काठमाडौंको बसाई त झन दिनानुदिन महंगीले कष्टप्रद बनाउदै लगेको छ । अत्यावश्यक खाद्यन्न सामाग्रीमा भएको मूल्यवृद्धिले काठमाडौंवासीलाई दैनिकी चलाउन समेत हम्मेहम्मे पर्न थालेको छ । यसले उपभोक्तालाई मात्रै होईन ब्यवसायीलाई समेत आफ्नो ब्यवसाय टिकाउन सकस पर्न थालेको छ । त्यसो त ब्यवसायीहरुले पनि आफ्नो उत्पादनहरुमा मूल्यवृद्धि गर्न बाध्य भएका छन् ।

हामीले केही महिनाअघि राजधानीको बसन्तपुरमा २५ रुपैंया प्लेटमा मःम बेच्ने एक जना ब्यवसायीको कथा व्यथा प्रकाशन गरेका थियौ । यस पटक उनै ब्यवसायीको पसलमा पुग्दा मःम को मूल्य बढेर ३० रुपैंया बनाईएको रहेछ । सामान्तः राजधानीमा बफ मःम को बजारमूल्य ८० रुपैंया प्रतिप्लेट पर्छ । यसर्थ अझै पनि अन्यत्र भन्दा उनले ५० रुपैंया सस्तोमा मःम बिक्रि गरिरहेका छन् ।

३ रुपैंया प्रतिप्लेटमा मःम बेच्न थालेका इरी बलामी दम्पत्तीले यो ब्यवसाय थालेको १३ बर्ष भईसकेको छ । उनीहरुले भोगेका तितामिठा पलहरुलाई हामीले ‘जीवन संघर्ष’ मा समेटेका छौ ।

हेर्नुहोस् भिडियो सामाग्री

Logo