तिहार नजिकिदैंछ । दशैपछि नेपालीहरुको अर्को महान चाड तिहार आउँदैंछ । तिहारमा विभिन्न परिकार बनाएर खाने गरिन्छ । तिहार भन्ने वित्तिकै मिठाई, फलफुल तथा विभिन्न किसिमको पकवानको कुरा आउँछ । "/>

तिहारमा परिवारको खुशीसँगै, स्वास्थ्यको पनि ख्याल गरौं

तिहारमा परिवारको खुशीसँगै, स्वास्थ्यको पनि ख्याल गरौं

केन्द्रबिन्दु
0
Shares

तिहार नजिकिदैंछ । दशैपछि नेपालीहरुको अर्को महान चाड तिहार आउँदैंछ । तिहारमा विभिन्न परिकार बनाएर खाने गरिन्छ । तिहार भन्ने वित्तिकै मिठाई, फलफुल तथा विभिन्न किसिमको पकवानको कुरा आउँछ । तिहारमा यस्ता खानेकुराको विशेष आनन्द लिइन्छ । तर, कहिलेकाहि स्वास्थ्यमा यस्ता परिकारहरु घातक सावित हुन सक्छ ।

यदि खानपान सम्बन्धि विशेष प्रकारको डाईट चार्ट फलो गरिरहनु भएको छ भने त झन सर्तक रहनु आवश्यक हुन्छ । यो दिपावलीमा स्वास्थ्यकर खाना खाएर परिवार नै स्वस्थ भएर यो चाडको आनन्द लिऔँ ।

मिठाईः– तपाई जुन मिठाई खानुहुन्छ, त्यसलाई सानो–सानो टुक्रा बनाएर खानुपर्छ । पुरै स्वाद लिएर । यसबाट मिठाईको अलग्गै टुक्रा लिनबाट सजिलै बच्न सकिन्छ । धेरैजसोले सख्खर र ड्राइ फ्रुट्सबाट बनेको मिठाईलाई प्राथमिकता दिने गरेको पाइन्छ । ध्यान राख्नुहोस्, धेरै मिठाईको सेवनले कलेजोमा असर पार्न ।

सानो प्लेटको प्रयोगः– यो कुरा ध्यान राख्नुहोस्, खानामा कम गर्नको लागि सबैभन्दा राम्रो उपाय हो, सानो प्लेटमा खाना खानु । प्लेट नै सानो प्रयोग गर्नुभयो भने थोरै मात्र खाना अटाउने भयो । यसको साथै मिठाई खाँदा यो निश्चित गर्नुहोस् कि तपाईले खान लागेको मिठाई उच्च गुणवान भएको होस् ।

पानीको मात्राः– शरिरमा पानीको मात्रामा कमि हुन नदिनुहोस् । त्यसको लागि ताजा फलफुलको जुस तथा नरिवलको पानी पिउन सकिन्छ । सादा पानी पिउनुको सट्टा त्यसमा कागती, पुदिना मिलाएर पिउन सकिन्छ । शरिरमा पानीको स्तर बनाइराख्नको लागि काक्रो पनि उपयोगी हुन सक्छ ।

तिहारमा हेल्दी गिफ्ट रोज्नुहोस्ः– तिहारको अवसरमा दाजुभाई र दिदीबहिनी एक आपसमा गिफ्ट साटासाट गर्ने चलन छ । अतः एक आपसमा गिफ्ट आदनप्रदान गर्दा स्वास्थ्यमा ध्यान राख्नुहोस् । स्वस्थ फलफुल, काजु, बदाम, किसमिस, ओखर, पास्ता, छोकडा आदि हुँदा राम्रो हुन्छ ।

किनमेलमा गर्दा पैदल हिडौँः– किनमेलमा जाँदा या आफन्तकोमा जाँदा पैदल हिड्ने बानी गरौं । शरिरको लागि फाइदा त हुन्छ नै साथै पर्यावरणको लागि पनि उपयोगी हुन्छ । यसबाट तिहार खाइने मिठाइ जस्ता खानेकुरा खाएर पैदा हुने एक्स्ट्रा क्यालोरीको पनि कम हुन्छ ।

चिनी र गुलियो खानेकुराको मात्रा कम गर्नुहोसः– धेरै चिनी र नुनको सेवन नगर्नु नै राम्रो हुन्छ । यसको सेवनले शरिर सुन्निने, मोटोपन तथा अन्य प्रकारको बिरामी हुने सम्भावना पनि बढ्छ ।

 

Logo