हाम्रो शरिरलाई स्वस्थ राख्न स्वच्छ भोजनको आवश्यकता पर्छ । शरिरलाई शक्तिको आवश्यकता पर्छ । सहि तरिकाले खाना खाएमा शरिर तन्दुरुस्त र फुर्तिलो हुन्छ । "/>

के तपाई खाली पेटमा यी खानेकुरा खादैं हुनुहुन्छ ? हो भने एक पटक यो पढ्नुहोस !

के तपाई खाली पेटमा यी खानेकुरा खादैं हुनुहुन्छ ? हो भने एक पटक यो पढ्नुहोस !

केन्द्रबिन्दु
0
Shares

हाम्रो शरिरलाई स्वस्थ राख्न स्वच्छ भोजनको आवश्यकता पर्छ । शरिरलाई शक्तिको आवश्यकता पर्छ । सहि तरिकाले खाना खाएमा शरिर तन्दुरुस्त र फुर्तिलो हुन्छ । तर, यसको लागि सहि भोजन सहि समयमा हुनु जरुरी हुन्छ ।

धेरैलाई थाहा नहुन सक्छ, हाम्रो भान्सामा भएका खानेकुराको सेवन गलत समयमा सेवन गरियो भने शरिरलाई फाइदाको ठाउँमा नोक्सान पु¥याउँछ । साथै यी खानेकुराको गलत तरिकाले सेवन गरिएमा धेरै प्रकारका रोगको शिकार बन्न पुगिन्छ ।

यस्ता खाद्यपदार्थको सेवन खाली पेटमा गरियो भने पेट बटारिनुको साथै पेट दुख्छ । हेरौँ, कुन–कुन खानेकुराको सेवन खाली पेटमा गरियो भने शरिरमा नकारात्मक असर गर्छ ?

केराः– केरामा धेरै किसिमको तत्व पाइन्छ, जसले शरिरलाई धेरै फाइदा गर्छ । तर, केरा खाली पेटमा खानु भने हुँदैन् । केराको सेवन खाली पेटमा गर्दा शरिरमा म्याग्नेसियमको मात्रा बढ्छ । रगतमा क्याल्सियम र म्याग्नेसियम अचानक असन्तुलन हुन्छ । जसकारण शरिर दुख्ने, टाउको दुख्ने जस्ता समस्या हुन सक्छ ।

चिया र कफीः– चियामा थिन र कफीमा कफिन हुन्छ । चिया र कफीको सेवन खाली पेटमा गर्दा हाम्रो स्वास्थ्यलाई नकारात्मक असर गर्छ । यदि बिहान चिया पिउन चाहनुहुन्छ भने खाली पेटमा एक गिलास मन तातो पानी पिउनुपर्छ ।

अमिलो पिरो खानेकुराः– धेरैजसोलाई अमिलो, पिरो, मसला भएको खानेकुरा मनपर्छ । खाली पेटमा यस्तो खानेकुराको सेवन गर्दा पाचन प्रक्रियामा असर गर्छ । पचाउन पनि गाह्रो हुन्छ । शरिरमा भएको एसिडलाई फरक पार्छ र पेटमा एसिडिक रियाक्सन हुन्छ । जसले गर्दा पेट बाउँडिन्छ ।

टमाटरः– टमाटरमा एसिड प्रयाप्त मात्रामा हुन्छ । यदि खाली पेटमा टमाटर सेवन गरेमा यसमा पाइने एसिडले पेटमा असर गर्छ । पेटमा पहिल्यै देखि नै रहेको रसायनको साथ प्रतिक्रिया हुँदा एसिडले त्यस्तो तत्व बनाउँछ, जसका कारण पत्थरी हुन सक्छ । टमाटरमा पाइने कोलेस्ट्रोल, क्यालोरी र सोडियमले पनि पेटलाई नोक्सान पु¥याउँछ ।

औषधीः– प्रायजसो डाक्टरले भन्ने गरेको सुन्नुभएको नै होला केही खाएर मात्र औषधी खानुहोला । खाली पेटमा नखानुहोला । खाली पेटमा औषधीको सेवन गर्दा पेटमा एसिडको समस्या आउँछ, जसले गर्दा शरिरमा असन्तुलन पैदा हुन्छ । साथै पेटमै हुने एसिडले गर्दा औषधी सेवन गर्दा रियाक्सन हुने डर पनि हुन्छ । भने, कुनै औषधी खाली पेटमा सेवन गर्ने पनि हुन्छ । डाक्टरको सल्लाह लिनु आवश्यक हुन्छ ।

Logo