श्रीमान्को रक्सी खाने लतले गर्दा प्रायः महिलाहरुलाई बच्चा र आफ्नो परिवारको सुरक्षा र भविष्यको चिन्ताले सताउने गर्छ । रक्सीको लतले धेरैको घरपरिवार नाश भइरहेका छन् । "/>

श्रीमान् अल्कोहोलिक भए के गर्ने ?

श्रीमान् अल्कोहोलिक भए के गर्ने ?

केन्द्रबिन्दु
0
Shares

श्रीमान्को रक्सी खाने लतले गर्दा प्रायः महिलाहरुलाई बच्चा र आफ्नो परिवारको सुरक्षा र भविष्यको चिन्ताले सताउने गर्छ । रक्सीको लतले धेरैको घरपरिवार नाश भइरहेका छन् । घरपरिवरमा झगडा हुने, कलह हुने हुन्छ । यस्तोमा धेरैजसो महिलाहरुले हिम्मत हार्ने गर्छन् । एउट सिमामा बसेर रक्सी पिउँदा स्वास्थ्यमा धेरै नकारात्मक असर गर्दैन तर लत नै लाग्नु भनेको आफ्नो जीवननै संकटमा निम्त्याउनु हो ।

वैवाहिक जीवनको सबैभन्दा ठुलो चुनौती मध्ये एक हो, अल्कोहोलिक श्रीमानसँग बस्नु । जसकारण वैवाहिक जीवन नै धरापमा पर्न सक्छ । यस्तोमा धैर्य र सतर्कताबाट यो समस्याको हल निकाल्नुपर्छ । अल्कोहलिज्म एक बिरामी हो, जुन समयसँगै ठिक हुन्छ ।

विश्वमै मृत्यु हुनेको कारण मध्ये रक्सी पनि एक हो, मादक पदार्थको सेवनको कारणले सडक दुर्घटना हुनेको सङख्या पनि दिन प्रतिदिन बढ्दो छ । विश्व स्वस्थ्य संगठनको तथ्यांक अनुसार रक्सीको कारण हरेक १ सेकेण्डमा एक जना मानिसको मृत्यु हुन्छ । वैज्ञानिकका अनुसार २ सय भन्दा बढि बिरामी रक्सीको सेवनले गर्दा हुन्छ । यि हुन,्

छुटकारा पाउने उपायहरु  

आफ्नो व्यवहार शान्त राख्नुहोस्  

तपाईको श्रीमान रक्सीको नशामा भएको अवश्थामा कराउने गाली गर्ने नगर्नुहोस् । स्थिती झन बिग्रन सक्छ । यस्तोमा संयमित भएर निर्णय लिनु आवश्यक हुन्छ । यदि तपाई शान्त रहनुभयो भने तपाईको श्रीमानमा राम्रो प्रभाव पर्छ । समयको साथ–साथै गल्ती महसुस गर्नेछ । यस्तो स्थितीमा पनि तपाई धैर्य र शान्त रहनु भएमा, तपाईको बच्चाको जीवनको लागि राम्रो हुनेछ ।

आफँैमा फोकस हुने

यदि तपाई सारा दिन आफ्नो श्रीमानको रक्सीको लतको बारेमा सोचिरहनु हुन्छ भने तपाईको जीवनमा ग्रहण लाग्न सक्छ । जहिल्यै पनि आफ्नो श्रीमानको बारेमा नसोच्नुहोस् । आफ्नो लागि पनि समय निकाल्नुहोस् । परिवार र साथीहरुसँग कतै बाहिर घुम्न निस्कनुहोस् । मनपर्ने फिल्म हेर्न जानुहोस् । बाहिर खाना खान जानुहोस् । यसो गर्दा तपाईको स्ट्रेस लेबल पनि कम हुन्छ । स्टामिना पनि बढ्छ र समस्याको राम्रोसँग हल निकाल्न सकिन्छ ।

परामर्शको जरुरी हुन्छ

यस्तोमा मनेचिकित्सकसँग परामर्श लिनु आवश्यक हुन्छ । परिवारको सदस्य या अरु नै कोही जो यो समस्याबाट गुज्रिसकेका हुन्छन्, उनीहरुसँग कुरा गर्न सकिन्छ । परामर्शबाट पनि सकारात्मक परिणाम आउन सक्छ ।

सम्झाउनुहोस्

जब तपाईको श्रीमान रक्सीको लतमा फसिसकेका छन् भने उसँग विभिन्न कुरामा खुलेर गर्नसक्नुहुनेछ । सम्झाउनुहोस कि, रक्सीको लतमा फसेर कसरी उसले तपाई र परिवारको जीन्दगी नै प्रभावित बनाएका छन् । भविष्यको बारेमा कुरा गर्नुहोस्, रक्सीको लतले तपाईको बच्चालाई कस्तो असर गर्नेछ ? कस्तो गलत प्रभाव पर्छ ? यस्तै चल्दै गयो भने बच्चाले आफ्नो बुवालाई सम्मान गर्दैन ।

स्वास्थ्यसँग जोडीएको डर पैदा गर्नुहोस्

स्वास्थ्यसँग जोडेर तपाईको श्रीमानको मनमा डर पैदा गर्नुहोस् । आफ्नो वरिपरि भएको उदाहरण दिएर बताउन सक्नुहुन्छ । कसरी रक्सीको कारणले स्वास्थ्यलाई असर गर्छ भन्ने कुरा लगातार सम्झाउनु भएमा एक न एक दिन सोच्न वाध्य हुनेछ, र साच्चैँ नै उनको स्वस्थ्यमा रक्सीले कतिको असर पारिरहेको छ ।

मोटिभेट गर्नुहोस्

 योगा या शारिरीक कसरतको लागि लैजानुहोस् । यसबाट शारिरीक रुपमा स्ट्रङ हुनुका साथै यसबाट बाहिर निस्कन सहयोग हुन्छ । मोटिभेसनल क्लासहरुमा लैजादाँ ज्ञान बढ्नुको साथै आफ्नो जीन्दगीको बारेमा सोच्नेको नजर नै बदलिन्छ । यसको साथै इन्टरनेटमा पनि मोटिभेसनल भिडियो देखाउन सक्नुहुन्छ ।

खराब संगतबाट टाढा राख्नुहोस्

आफ्नो श्रीमानको खराब साथी या परिवारको सदस्यबाट टाढा राख्नुहोस,् जसले रक्सी पिउनको लागि उक्साउँछ । आफ्नो श्रीमानलाई पनि सम्झाउनुहोस्, त्यस्ता साथीहरुको संगतबाट टाढा रहँदा कसरी निजी जीवन र परिवारलाई फाइदा हुन्छ ।

केही समय अलग्गै बस्नुहोस्

बच्चालाई लिएर केही समयको लागि माइत या कोही आफन्तकोमा जानुहोस् । फोन पनि नगर्नुहोस् । आफ्नो श्रीमानलाई महसुस गराउनुहोस् । उनको रक्सीको लतको कारणले परिवारलाई कस्तो असर गरिरहेको छ । श्रीमानलाई तपाईको आवश्यकता र महत्वको बारेमा महसुस गराउनुहोस् ।

Logo