किशोरावस्थामा हुनसक्ने समस्या र समाधान

किशोरावस्थामा हुनसक्ने समस्या र समाधान

केन्द्रबिन्दु
14
Shares

बच्चा आमा बुवाको जिम्मेवारी हो । बच्चालाई कस्तो संस्कार दिने, कस्तो तरिकाले हुर्काउने, कसरी असल नागरिक बनाउने चिन्ता हुनु स्वभाविकै हो । तर, यो चिन्ता तव झन बढ्छ जब बच्चा किशोरावस्थामा प्रवेश गर्छन् । किशोरावस्था भनेको एउटा यस्तो स्टेज हो । जसमा केटा र केटीहरुमा यौन परिपक्कता आउनु साथै प्रजनन अंगमा पनि परिपक्कता आउँछ । जर्सिल्ड नामको मनोवैज्ञानिकले किशोरावस्थालाई यसरी परिभाषित गरेका छन–‘किशोरावस्था त्यो अवस्था हो, जसमा मनुष्य बाल्यावस्थाबाट परिपक्वता तिर बढ्छ ।’
यो अवस्थामा उनीहरुलाई राम्रो परामर्शको साथै सपोर्टको खाँचो हुन्छ । उनीहरुलाई किशोरावस्थामा राम्रो हेरचाह र राम्रो साथीको आवश्यकता पर्छ । यस्तोमा आमा बनेर भन्दा पनि साथी बन्नु आवश्यक हुन्छ । किशोरावस्थामा यस्ता कमीहरुको धेरै महसुस गर्छन् । यो उमेरमा धेरै प्रकारको शारिरीक तथा मानसिक वदलाव सुरु हुन्छ । मनमा धेरै प्रकारको जिज्ञासा पैदा हुन्छ । त्यस्ता धेरै प्रकारको प्रश्नहरुको लागि आमाले सबैभन्दा महत्वपूर्ण भुमिका निभाउन सक्छिन् । जीवनको अनुभवहरु आफ्नो छोरीसँग साटेर छोरीको समस्या हटाउन सक्छिन् ।
१. शारिरीक विकास
किशोरावस्थामा हर्मोनहरुको धेरै छिटो वदलाव आउँछ । जसकारण केटीहरुमा शारिरीक विकासमा असर पर्छ । उनीहरुको शारिरीक अंगहरुको वृद्धि विकास हुन थाल्छ । यो समयमा उनीहरुलाई सबैभन्दा ठूलो समस्या हुन्छ । आफ्नो छोरीको यो समस्या समाधन गर्न सहयोग गर्नुपर्छ । अनुहारमा आउने डन्डिफोर, मोटोपन, कमजोरी, कपालको रुखोपन, छालामा आउने वदलावको उसलाई जिस्काएर निराश नबनाउनुहोस् । एक साथी बनेर उसलाई सल्लाह सुझाव दिनुहोस् ।
समाधान
छोरीलाई कपडा लगाउँदा आफ्नो राय र उसलाई मनपर्ने कुरा दुवै सामिल गर्नुहोस् । शारिरीक वदलावको लागि डाइटमा ध्यान दिनुहोस् । स्वास्थ्य जीवनशैलीले यस्ता समस्याको कम गर्न सकिन्छ ।
२. महिनावारी
मासिक धर्मको सुरुवातमा मनमा केही प्रकारको गलत धारणा र धेरै प्रकारको प्रश्न आउनु स्वाभाविक हो । उसको जीवनमा भएको सबैभन्दा ठुलो वदलाव हो । आमाको जिम्मेवारी हुन्छ यो अवस्थालाई कुनै झन्झट नमानी जानकारी दिनुपर्छ ।
समाधान
सबैभन्दा पहिला आफ्नो छोरीलाई बुझाउनु जरुरी हुन्छ, महिनावारी एक सामन्य प्रक्रिया हो । यो स्टेजबाट सबै केटीहरु गुज्रनुपर्छ । उसलाई सिकाउनुहोस् । यस्तो समयमा सरसफाईमा विषेश ध्यान दिनुपर्छ ।
३. डेटिङ
यो समयमा युवा युवतीहरु विपरीत लिंगी प्रती आकर्षण बढ्न थाल्छ । केटाहरुलाई साथी बनाउनु, उनीहरुसँग घुम्नु रमाइलो लाग्न थाल्छ । यस्तो अवस्थामा आमा भएको नाताले समझदारीसँग उसको मार्गदर्शन गर्नुपर्छ ।
समाधान
आमाले नै छोरीलाई सम्झाउन सक्छिन् । केटा साथी बनाउनु गलत होइन तर, उसलाई आफ्नो सुरक्षा आफै गर्नुपर्छ भन्ने कुरा सिकाउनु पर्छ । साथै यौन शिक्षा पनि दिन हिचँकिचाउनु हुँदैन् ।

 

Logo