दशैं भनेको मिठो खाने र राम्रो लाउने चाडको रुपमा चिनिन्छ । हुन त अहिलेको समयमा मिठो खान या मासु खान दशैं नै कुर्नु पर्छ भन्ने छैन । "/>

यसरी हुन सक्छ फुड प्वोइजनिङ, याद गर्नुहोस

यसरी हुन सक्छ फुड प्वोइजनिङ, याद गर्नुहोस

केन्द्रबिन्दु
0
Shares

दशैं भनेको मिठो खाने र राम्रो लाउने चाडको रुपमा चिनिन्छ । हुन त अहिलेको समयमा मिठो खान या मासु खान दशैं नै कुर्नु पर्छ भन्ने छैन । गर्मीको मौसम पनि छ । यो सिजनमा विभिन्न किसिमका रोगको संक्रमण बढ्छ । एकातिर खानेकुरा चाडै गल्ने, सड्ने, कुहिने हुन्छ ।

अर्कोतिर झिँगा, साङ्ला लगायत फैलिने भएकाले पनि खानेकुरा दुषित हुन्छ । कतिपय खानेकुरा एकसाथ खानु राम्रो मानिदैन । दशैंमा हाम्रो भान्सामा विभिन्न किसिमको खानेकुरा एकैसाथ पाक्छ । कमैलाई मात्र थाहा हुन्छ त्यस्ता विजातीय खानेकुरा खाँदा पाचन प्रक्रियामा समस्या हुन्छ । यस्तो अवस्थामा खाना अपच हुने त छदैंछ, फुड प्वोइजनिङको समस्या पनि हुनसक्छ ।

कसरी हुन्छ फुड प्वोइजनिङः
कुनै पनि खानेकुरा खाँदा आपसमा पाच्य हुनुपर्छ । खानपानको माध्यमबाट जब शरिरमा ब्याक्टेरिया आदि प्रवेश गर्छ तव फुड प्वोइजनिङ हुन्छ । तर, यो हाम्रो शरिरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको बेला मात्र हुन्छ । यसबाट बच्नको लागि खानपानमा विशेष ध्यान दिनुपर्छ ।

खुल्ला ठाउँमा राखेको खाना, फोहोर पानीले बनेको खाना खानबाट बच्नुपर्छ । कुनैबेला फुड प्वोइजनिङ भइहाले त्यसबाट बच्न घरेलु उपचार गर्न सकिन्छ । विजातिय खानेकुरा सेवन गर्दा पाचन प्रक्रियामा समस्या हुन्छ । दुषित, विषाक्त वा विजातिय खानेकुराको सेवनबाट समस्या पैदा हुन्छ ।

यस्तो लक्षण देखिन्छ
फुड प्वोइजनिङ पाचन प्रक्रियासँग सम्बन्धित समस्या भएकोले यसको असर पेटबाट सुरु हुन्छ । निरन्तर वान्ता हुनु, पखाला लाग्नु, टाउको दुख्नु, चक्कर लाग्नु, हल्का ज्वरो आउनु मांसपेशी दुख्नु जस्ता लक्षण देखिन्छ । यस्तो समस्या खाना खाएको २ घण्टा देखी ७२ घण्टासम्म रहन सक्छ । यस्तो बेला शरीरमा पानीको मात्रा कम हुन सक्छ । त्यसको लागि प्रशस्त मात्रामा झोलिलो खानेकुरा खानुपर्छ र जीवनजल तथा इलेक्ट्रोवियनको सेवन गर्नुपर्छ ।

कसलाई हुन्छ बढि खतरा ?
फुड प्वोइजनिङको खतरा बच्चा, रोगी, बृद्धबृद्धा, गर्भवतीमा बढी हुन्छ । किनभने उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । गर्भवतीको पाचन प्रणालीमा परिवर्तन हुन्छ, जसले गर्दा फुड प्वाइजनिङको सम्भावना बढि रहन्छ । साथै बृद्धबृद्धामा पनि यस्तो समस्या देखिन सक्छ ।

फुड प्वोइजनिङ भएमा यी घरेलु विधिबाट उपचार गर्न सकिन्छः
भातको माडः– शरीरमा पानीको मात्रा कमी हुने भएकोले कमजोरी हुन्छ । यस्तोमा भातको माड खाएमा शरीरमा तागत आउँछ । साथै निद्रा पनि लाग्छ । फुड प्वोइजनिङ भएको बिरामीलाई निद्राको बढि आवश्यक पर्छ ।

अदुवाः– पाचन प्रणालीको हरेक समस्याको लागी अदुवा एक प्रभावकारी औषधी मानिन्छ । फुड प्वोइजनिङबाट छुटकारा पाउनको लागि अदुवाको चिया बनाएर पिउन सकिन्छ । काँचो अदुवा कुटेर या यसको चूर्ण बनाएर पनि सेवन गर्न सकिन्छ ।

जीराः– जिरा खानाको सुगन्धित र स्वादिष्ट बनाउको लागि मात्र प्रयोग गरिदैंन यो एक औषधीय गुणले पनि भरिपूर्ण हुन्छ । एक चम्चा जीरा पिसेर खानामा प्रयोग ग¥यो भने फुड प्वोइजनिङबाट छुटकारा पाउन सकिन्छ । यसको सेवनले आन्द्रा सुन्निएको पनि ठिक हुन्छ । साथै कलेजो र पाचन प्रक्रियालाई पनि मजबुत बनाउँछ ।

केराः– फुड प्वोइजनिङमा काँचो या पाकेको केराको सेवन एकदमै लाभदायक मानिन्छ । पाकेको केरामा भिटामिन, क्यालसियम र खनिज पाइन्छ । पाकेको केराको सेवनले शरीरमा पानीको मात्रा पुरा गर्छ । भने काँचो केरा सुपाच्य हुन्छ । झाडापखला र कब्जियतमा पनि केराको सेवनले फाइदा गर्छ । तर दुई ओटा भन्दा बढि केरा सेवन गर्दा डाइरिया बढ्न सक्छ ।

पानीः– फुड प्वोइजनिङ हुँदा शरीरमा पानीको मात्रा कम भएर डिहाइड्रेसन हुन सक्छ । पानीको सेवन बढि मात्रामा गर्दा फाइदा हुन्छ । पानीले शरिरमा भएको विषाक्त तत्व बाहिर निकाल्न मात्र होइन शरिरमा हुने असर पनि कम गर्न सहयोग गर्छ । यसको अलवा कालो चिया पनि लाभदायक हुन्छ । फलफुलको जुस पनि पिउन सकिन्छ । जुसमा भिटामिन र खनिज पाइने भएकोले डिहाइड्रेसन हुनबाट बच्न सकिन्छ ।

स्याउः– फुड प्वोइजनिङ हुदाँ स्याउको सेवन गर्दा धेरै राहत मिल्छ । फुड प्वोइजनिङको समयमा हुने छातीको दुखाईलाई पनि कम गर्छ ।
विशेष सावधानी
– मासुबाट ब्याक्टेरिया छिटो फैलने भएकोले मासु राम्रोसँग पकाएर मात्र खानुहोस् ।
– यदि मासु बाहिरबाट किनेर ल्याउदैँ हुनुहुन्छ भने ध्यान दिनुहोस् । ताजा र स्वस्थ फ्रोजन गरेको मासु किन्नुहोस् । ताजा मासुको रंग रातो हुन्छ ।
– सफा र सुरक्षित खानेकुरा मात्र सेवन गर्नुहोस् ।
– खाना खाने र पकाउने भाडा राम्रोसँग सफा गरेर मात्र प्रयोग गर्नुहोस् ।
– धेरै मसलायुक्त, पचाउन गाह्रो हुने, राम्ररी नपाकेको, बासी, दुषित खानेकुराको सेवन नगर्नुहोस् ।
– फुटपाथको खानेकुरा भरसक सेवन नगर्नुहोस् ।
– एकसाथ धेरैथरी खानेकुरा मिसाएर सेवन नगनुहोस् ।

Logo