काठमाडौं । विश्व एकदमै रफ्तार गतिमा दौडिरहेको छ भने हामी अधिकांश त्यसमै कदममा कदम मिलाएर भागिरहेका छौं । यहि दौडमा हामीले आफुलाई प्रयाप्त समय दिन पाइरहेका छैनौ । "/>

अफिसमा लगातार बसेर काम गर्दा समस्या हुन्छ ? यसरी बच्नुहोस

अफिसमा लगातार बसेर काम गर्दा समस्या हुन्छ ? यसरी बच्नुहोस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विश्व एकदमै रफ्तार गतिमा दौडिरहेको छ भने हामी अधिकांश त्यसमै कदममा कदम मिलाएर भागिरहेका छौं । यहि दौडमा हामीले आफुलाई प्रयाप्त समय दिन पाइरहेका छैनौ ।

व्यस्तताको कारण हाम्रो जीवनशैली एकदमै तनावपुर्ण बितिरहेको छ । यहि चक्करमा हामी लामो समयसम्म एकै ठाँउमा बसेर काम गर्छौ । हामी हाम्रो स्वास्थ्यको ख्याल राख्न पाउँदैंनौं, र विभिन्न समस्याको शिकार बन्न पुग्छौ ।

यदि तपाई लामो समयसम्म एकै ठाँउमा बसेर अफिसमा काम गर्नुहुन्छ भने तपाईलाई ढाड दुख्ने, गर्दन दुख्ने, थकान या तनाव जस्ता समस्या आउन सक्छ । एकै ठाउँमा बस्दा बस्दा तपाईको मेरुदण्डको हड्डीमा दबाव पर्न जान्छ । र दुख्न थाल्छ ।

सुरुवातमा हल्का फुल्का दुखाई सम्झेर वेवास्ता गर्ने गर्नुभयो भने पछि गएर झन ठूलो समस्यामा फस्नुहुन्छ । ढाड र कम्मर दुखाईपछि गएर गम्भीर समस्या पर्न सक्छ । यसको कारण सरभाइकल स्पन्टलाइटिस, स्लिप डिस्क, मांसपेसी सुन्निने आदी हुन सक्छ ।

यस्तो समस्याबाट बच्नको लागि अफिसमा थोरै समय निकालेर केहि आसन, योगासान गर्न सकिन्छ । जसले गर्दा मेरुदण्ड लचिलो हुनुको साथै स्ट्रेच गर्नमा मद्दत गर्छ ।

हस्तोत्तन आसन
लगातार एउटै पोजिसन र एक समान उचाईमा बस्दा नशामा तनाव हुन्छ । जसकारण रक्तसञ्चार ठिकसँग हुन पाउँदैन् । यसको अलवा बसेर काम गर्दा शरिरको माथिल्लो हिस्साको पुरै भार मेरुदण्डमा पर्न जान्छ, र लामो समयसम्म एकै पोजिसनमा बसेर काम गर्दा ढाड दुख्छ ।

यस्तोमा आफ्नो कुर्सीबाट उठेर २–३ पटक २ मिनेट समय निकालेर हस्तोत्तासन गरेमा शरिरमा रक्त प्रवाह राम्रोसँग हुन्छ । र मेरुदण्डमा स्ट्रेच हुन्छ । शरिरको तल्लो भागमा पनि लचिलोपन बढ्छ । र ढाड र कम्मर दुखाईमा राहत मिल्छ ।

कसरी गर्ने हस्तोत्तान आसान ?
–यो आसान तपाई जँहा पनि जतिखेर पनि गर्न सक्नुहुनेछ ।
–यो आसान गर्नको लागि सबैभन्दा पहिला सिधा उभिनुहोस् । र हातलाई माथि आकाश तिर उठाउनुहोस् ।
–दुवै हातको पञ्जालाई मिलाएर कुर्कुचा उठाएर खुट्टाको साहयताले सिधा उभिने ।
–त्यसपछि कुर्कुचा जमिनमा बिस्तारै राख्ने ।
–अब हात माथि नै उठाएर दाँया पट्टि आफनो क्षमता अनुसार स्ट्रेच गर्ने ।
–फेरि बाँया पट्टि पनि स्ट्रेच गर्ने ।
–हरेक ३ घन्टाको अन्तरालमा २–३ पटक गर्ने । यसो गर्नाले ढाड र कम्मरको समस्या हुँदैन् ।

अफिसमा यो आसन गर्नुको फाइदाः
यदि यो आसान अफिसमा गर्ने हो भने धेरै फाइदा पुग्छ । शरिरमा रक्तसञ्चार बढ्छ । जो लगातार बसेर कम भइरहेको छ । र दोस्रो फाइदा भनेको आँखाको पनि आराम मिल्छ । अहिले अफिसमा धेरैजसो काम कम्युटरमा नै गर्नुपर्ने हुन्छ ।

यसबाट आँखामा पर्ने स्क्रिनको लाईटले असर गरिरहेको हुन्छ । यदि तपाई बेला बेलामा स्क्रिनबाट आँखा हटाएर एकैछिन योगासान गर्ने गरेमा आँखालाई पनि फाइदा पुग्छ ।

रिफ्रेस योगाले रिफ्रेस गर्छः
यो योग अफिस मै बसेर आरामसँग गर्न मिल्छ । रिफ्रेस योग अंग सञ्चालन र प्राणायमको हिस्सा हो । यसले दिमाग शान्त र मन एकाग्र बनाउँछ । यो योगा गर्नको लागि आँखा, जिब्रो, हातको औला, कम्मर, गर्दनको दाँया बाँया तल माथि गर्दै सर्कुलर मोसनमा घुमाउनुहोस् । यसै गरी खुट्टाको औला चलाउनुहोस् । कानलाई पनि चलाउनुहोस् ।

पुरा मुख खोलेर बन्द गर्ने । दाँयाबाट बाँया र बाँयाबाट दाँया काँधको घुमाउनुहोस् । यो क्रिया १० देखि १५ मिनेट सम्म गर्ने । यसबाट शरिरको दुखाई, तनाव, टाउकोको दुखाई, गर्दन र कम्मरको दुखाई, ढाडको दुखाई, आलस्य, कब्जियत र ग्याष्ट्रिकको समस्यामा राहत मिल्छ ।

Logo