पानी जीवन हो । पानी विना जीवन सम्भव छैन । खाना विना हामी केही दिन बाँच्न सक्छौ तर पानी विना जीवित रहन मुस्किल हुन्छ । पानीले केवल हाम्रो तिर्खा मात्र मेट्दैन् । "/>

आवश्यकता भन्दा बढि पानी पिएमा के हुन सक्छ ?

आवश्यकता भन्दा बढि पानी पिएमा के हुन सक्छ ?

केन्द्रबिन्दु
0
Shares

पानी जीवन हो । पानी विना जीवन सम्भव छैन । खाना विना हामी केही दिन बाँच्न सक्छौ तर पानी विना जीवित रहन मुस्किल हुन्छ । पानीले केवल हाम्रो तिर्खा मात्र मेट्दैन् । पाचन तन्त्रदेखि मस्तिष्कको विकास सम्म गर्छ । पानी हाम्रो शरिरको लागि एकदमै जरुरी तत्व हो ।

यदि तपाई प्रयाप्त मात्रामा पानी पिउनुहुन्न भने विभिन्न प्रकारको समस्याबाट घेरिनुहुन्छ । धेरै प्रकारको रोग लाग्न सक्छ । स्वस्थ शरिरको लागि गर्मीको समयमा १०–१२ गिलास र जाडोको मौसममा ८–१० गिलास पानी पिउनु उपयुक्त हुन्छ । हाम्रो शरिरमा भएको विषालु पदार्थ बाहिर निकाल्नको लागि र रगत सफा गर्नको लागि पानीको आवश्यक हुन्छ ।

हाम्रो शरिरको ७० प्रतिशत हिस्सा पानीले ओगटेको छ । उदाहरणको लागि तपाईको तौल ५० किलोग्राम छ भने ३५ किलोग्राम तौल पानीको हुन्छ । यसबाट हामीले के अन्दाज लगाउन सक्छौ भने कि पानी हाम्रो शरिरको लागि कत्तिको आवश्यक छ ।

डाक्टरहरुले पनि भनेको सुन्छौः– ‘जति सक्नुहुन्छ त्यति खानुहोस् ।’ तर हाम्रो शरिरमा पानी कति आवश्यक हुन्छ ? भन्ने कुरा बुझदँैनौ या सोध्न जरुरी मान्दैँनौ । हामीले बच्चै देखी सुन्दै आएका छौ पानी पिउनुको फाइदा ।

जुनसुकै रोगमा पानीले रामबाणको काम गर्दै आएको छ । आज हामी हाम्रो शरिरलाई चाहिने भन्दा बढि पानी पिएमा के हुन्छ भन्ने बारेमा चर्चा गर्दैछौ । नँया शोधले पत्ता लगाएका छन् आवश्यकता भन्दा बढि पानी पिएमा ओभरहाइड्रेसनको समस्या हुनसक्छ । ओभरहाइड्रेसनको हाइपोनेट्रीमियाको नामले पनि चिनिन्छ ।

के हो ओभरहाइड्रेसन ?
वैज्ञानिकहरु भन्छन्, जसरी कम पानी पिउँदा डिहाइड्रेसनको समस्या हुन्छ त्यसरी नै धैरै पानी पिउँदा ओभरहाईड्रेसनको समस्या हुन्छ । ओभरहाईड्रेसनको असर सिधा किड्नीलाई पर्छ । त्यसकारण किड्नी फेल हुन सक्ने सम्भावना बढि हुन्छ ।

तिर्खा लाग्दा हाम्रो दिमागको त्यही हिस्सा सक्रिय गर्छ, भोक लागेको र पिसाब लागेको जसले हामीलाई बताउँछ । यसले हामीलाई लगातार संकेत गर्छ कि हामी तिर्खाएर बस्नुहुँदैन । नत्र ज्यान पनि जान सक्छ ।

अमेरिकन कलेज अफ स्पोर्टस् मेडिसिनले गरेको अध्ययनमा विशेषज्ञको अनुुसार हाईपोनेट्रीमिया धेरै पानी या स्र्पीटस, ड्रिंक पिउने मानिसहरुलाई हुन्छ किनभने उनीहरुको रगतमा नुनको स्तर सामान्य भन्दा कम हुन जान्छ । रगतमा नुनको मात्रामा अचानक गिरावट आउँदा शरिरको कोष सुन्निछ ।

हाईपोनेट्रिमिया भएमा दिमाग पनि सुन्निन सक्छ । जसबाट टाउको दुख्ने, वाक वाक लाग्ने जस्ता लक्षण देखा पर्छ । मांसपेशीको कोशिकाहरु सुन्निएर पुरै शरिर बाउँडिन्छ । सबैभन्दा खतरानक कुरा भनेको डिहाईड्रेसन हुँदा पनि यस्तै लक्षण देखापर्छ ।

के हुन्छ खतरा ?
शरिरमा ज्यादा मात्रामा पानी भएमा रगतमा सोडियमको लेबल कम हुन थाल्छ । सोडियमको स्तर घट्दा मस्तिष्क सुन्निन्छ । जुन एक खतरनाक स्टेज हो । सोडियम एक प्रकारको इलेक्ट्रोलाइट हो, जसले हाम्रो शरिरमा पानीको मात्राको नियन्त्रण गर्छ ।

–जरुरत भन्दा पानी पिउँदा खाना पचाउँन सहयोग गर्ने पाचन रसको काम गर्न बन्द गरिदिन्छ । यसकारण खाना ढिलो पच्छ ।
–कहिलेकाही खाली पेटमा पानी पिउँदा रुघाखोकी हुन सक्छ ।
–कहिलेकाही आवश्यक भन्दा बढि पानी पिउँदा हृययघात पनि हुन सक्छ ।
–यदि तपाई आवश्यक भन्दा बढि पानी पिउनुहुन्छ भने किड्नीको समस्या आउन सक्छ । किनभने किड्नीले आफ्नो क्षमता भन्दा बढि काम गर्नुपर्ने हुन्छ ।

 

Logo