काठमाडौं । आज विश्व मानसिक स्वास्थ्य दिवस । विश्व मानसिक स्वास्थ्य महासंघले सन् १९९२ देखि हरेक वर्ष अक्टोवर १० का दिन विश्व मानसिक स्वास्थ्य दिवस मनाउँदै आएको छ । "/>

देशभर झण्डै ७० लाख मानसिक रोगी

देशभर झण्डै ७० लाख मानसिक रोगी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आज विश्व मानसिक स्वास्थ्य दिवस । विश्व मानसिक स्वास्थ्य महासंघले सन् १९९२ देखि हरेक वर्ष अक्टोवर १० का दिन विश्व मानसिक स्वास्थ्य दिवस मनाउँदै आएको छ । यस वर्ष पनि २६ औं विश्व मानसिक स्वास्थ्य दिवसको मूल नारा ‘बदलिदो विश्व परिवेशमा युवा र मानसिक स्वास्थ्य’ रहेको छ ।

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा मानसिक स्वास्थ्य सम्वन्धि विभिन्न विषय वा क्षेत्रलाई समेट्दै यस क्षेत्रमा जनचेतना जगाउनुका साथै यसको प्रवर्धनको लागि पैरवी समेत गर्दै आएको छ । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, ईपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्व र यस क्षेत्रमा काम गर्ने संघ संस्थाको प्रत्यक्ष सहभागितामा यो दिवस मनाइएको छ ।

नेपालमा प्रत्येक ४ जनामध्ये १ जनामा मानसिक समस्या रहेको विभिन्न अध्ययनले देखाएको छ । त्यस्तै प्रत्येक ५ जना बालबालिका तथा किशोरकिशोरीहरु मध्ये १ जनामा मानसिक समस्या छ । महिलाहरुको मृत्युको कारण खोज्ने हो भने प्रत्येक ६ मध्ये १ जना आत्महत्याको कारणले मृत्यु भईरहेको छ । आत्महत्या गर्ने महिलाहरुमध्ये प्रजननसँग सम्बन्धित १२ प्रतिशत रहेका छन् भने १६ प्रतिशत मानसिक समस्या रहेको छ ।

३ करोड जनसंख्या रहेको नेपालमा करिब ६० देखि ७० लाख मानिसमा मानसिक समस्या छ । ५ हजार भन्दा बढी नेपाली आत्महत्याको कारण मृत्यु भएको छ । त्यसमा ९० प्रतिशत भन्दा बढी आत्महत्याको कारण मानसिक स्वास्थ्यसँग जोडिएको छ । त्यसमा ८० प्रतिशत उदासिनताको समस्यासँग जोडएको छ ।

सम्पुर्ण रोगको स्ट्याटस हेर्दा ३५ प्रतिशत भन्दा बढी नसर्ने रोग छ जसको १८ प्रतिशत मानसिक स्वास्थ्यको कारणले हुने गरेको छ । जो मानिस मानसिक समस्या छन् ति मध्ये ८५ प्रतिशतले स्वास्थ्य सेवा पाएका छैनन् ।

साईक्याट्रिक एशोसियसन अफ नेपालका अध्यक्ष डा. अरुण राज कुँवरले यो वर्ष गतिलो परिवेशमा युवाहरु मानसिक रहेको बताउँदै मानसिक स्वास्थ्यको लागि स्वास्थ्य मन्त्रालयले जति कार्यक्रम ल्याएपनि कार्यान्वयनमा एकदमै कम्जोर भएको बताए ।

सरकारले एक त स्वास्थ्य क्षेत्रमा नै कम बजेट खर्च गरेको र त्यसमध्ये पनि करिब १ प्रतिशत मानसिक स्वास्थ्यमा खर्च गरिन्छ । त्यो १ प्रतिशत पनि एउटा मानसिक अस्पतालमा लाग्छ भने अन्यमा नेपाल सरकारको पहुँच छैन ।

जनसंख्याको ४० प्रतिशत भन्दा बढी मानिस १८ वर्ष भन्दा तल उमेरका छन् । मानसिक स्वास्थ्यको लागि जति प्रतिशत बजेट छुटाइन्छ त्यस्को ४० प्रतिशत बालबच्चालाई पनि छुट्याउन पर्ने कुँवरको भनाई छ । बच्चामा २० प्रतिशत मानसिक समस्या हुने हुँदा यसलाई ध्यान दिनपर्ने उनले बताए ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र कुमार यादवले आजको बदलिदो विश्वको परिवेशमा पनि नेपालमा बालबालिकाको मृत्युदर बढिरहेको बताए । यस्तो अवस्थामा मानसिक रोगको सम्भावना अझ धेरै बढिरहेको उनले बताए ।

डब्लुएचओले स्वास्थ्य सम्बन्धि योजनाहरु बनाएपनि आर्थिक स्थिति, सम्भावना र बजेटको विषयमा कहिले पनि ध्यान नगएको उनको भनाई छ । सरकारले अब प्रत्येक प्रदेशमा सुविधासम्पन्न मानसिक अस्पताल खोल्ने राज्यमन्त्री यादवले घोषणा गरे ।

Logo