काठमाडौं । दशैं नजिकीदैं छ । धेरै लामो बिदा हुने हुँदा सबै जना लामो यात्रामा घुमघाम गर्न जाने योजनामा बसिरहेका हुन्छन् । "/>

यात्रा गर्नु अघि यी ३ चीजहरु भुलेर पनि नखानुहोस

यात्रा गर्नु अघि यी ३ चीजहरु भुलेर पनि नखानुहोस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । दशैं नजिकीदैं छ । धेरै लामो बिदा हुने हुँदा सबै जना लामो यात्रामा घुमघाम गर्न जाने योजनामा बसिरहेका हुन्छन् । घुम्न जाने कुरा त रमाईलो नै हुन्छ तर धेरै मानिसहरुलाई यात्राको क्रममा समस्या हुने गर्छ ।

यात्राको क्रममा बान्ता हुने, रिगाटा लाग्ने, शरिर कमजोर हुने आदी समस्या हुन्छ । यात्राको क्रममा यी समस्याहरुबाट बच्न, प्रायले धेरै तरिकाहरु अपनाउने गर्दै आएका हुन्छौं । तर त्यहाँ केही यस्तो चीजहरु छन् जुन यात्रा सुरु गर्नु अघि विर्सेर पनि खान र पिउनु हुँदैन् ।

यात्रा अघि यी तीन चीज खानबाट जोगिनुहोस्ः
१. यात्रा सुरु गर्नु भन्दा पहिले धेरै मात्रामा कार्बोहाईड्रेट भएको चीज नखानुहोस् । जस्तै ब्रेड, पास्ता, चाउचाउ, चामल आदि । यदि तपाई यात्रामा एकै ठाउँमा लामो समयसम्म बस्नुहुन्छ भने यो खाना तपाईको शरिरले पचाउन सक्दैन । अतः तपाईलाई बान्ता र चक्कर आउने समस्या हुनसक्छ ।

२. यात्रा सुरु गर्नुअघि धेरै मात्रामा गुलियो वा नुन भएको चीज नखानुहोस् । जस्तै पकौडा, मिठाई, डीप फ्राई स्न्याक्स आदि । यस्तो खानाले तपाईको शरीरमा फ्ल्युड रिटेन्शनको कारण बन्छ, जसले यात्राको समयमा समस्या उत्पन्न गर्नेछ ।

३. जो मानिसहरुमा मदिरा सेवन गर्ने बानी छ, उनीहरु कुनै पनि समयमा रक्सी र चुरोट सेवन गर्छन् । यदि यात्रा अघि यो सेवन ग¥यो भने गाडीमा बस्दा पेट फुल्ने र डिहाइड्रेशनको कारण बेला बेला तिर्खा लाग्ने समस्या हुनेगर्छ ।

 

Logo