हाम्रो जीन्दगीमा बच्चाको रुपमा आउने खुशी अनमोल हुन्छ । तैपनि कहिलेकाही कुनै चिकित्सकीय कारण या दुर्घटनाको कारणले गर्दा गर्भपतन जस्तो स्थितिबाट गुज्रनु पर्ने हुन्छ । "/>

गर्भपतनपछि पोषणका यी कुरा ध्यानमा राखौँ

गर्भपतनपछि पोषणका यी कुरा ध्यानमा राखौँ

केन्द्रबिन्दु
0
Shares

हाम्रो जीन्दगीमा बच्चाको रुपमा आउने खुशी अनमोल हुन्छ । तैपनि कहिलेकाही कुनै चिकित्सकीय कारण या दुर्घटनाको कारणले गर्दा गर्भपतन जस्तो स्थितिबाट गुज्रनु पर्ने हुन्छ ।

यसबाट सबैभन्दा असर आमालाई परेको हुन्छ । गर्भपतनको प्रक्रिया स्वास्थ्यको लागि पिडा र समस्याले भरिएको हुन्छ । आपतको स्थितिमा यसको उपयोग जायज हो तर लिंग विशेषले हुने गर्भपतनलाई गैरकानुनी मानिन्छ ।

अहिले मेडिकल साइन्सले धेरै तरक्की गरिसकेको छ । गर्भमा भएको बच्चाको भविष्यमा आउन सक्ने खतराको बारेमा सबै जाँच गर्न सकिन्छ । यस्तोमा धेरै जसो गम्भीर समस्या गर्भमै उपचार गर्न सकिन्छ या सम्भव हुन्छ । यस सन्दर्भमा अझै प्रयोग तथा शोध निरन्तर जारी छ । त्यसकारण गर्भवती महिलाको समय समयमा जाँच र स्वास्थ्यको पुरा ख्याल राख्नुपर्छ ।

कारण
कुनै पनि महिलाको लागि गर्भपतनको विकल्प अपनाउनु केवल शारीरिक रुपमा मात्र होइन मानसिक रुपमा पनि पीडादायी हुन्छ । बच्चाको हुने आगमनसँगै आमा र पुरै परिवार भविष्यको कल्पना सजाएको हुन्छन् । यस्तोमा कुनै दुर्घटना, बिरामी या अन्य चिकित्सकीय कारणले गर्दा गर्भपतन गराउनुपर्ने हुन्छ । गर्भपतन गराउनुपर्ने कारणहरु:- 
–कुनै दुर्घटनाको कारणले गर्भवती महिलाको चोट लाग्नु,
–बच्चाको विकास गर्भमा ठिकसँग नहुनु,
–गर्भमा रहेको बच्चाको कुनै पनि अंगको ठिकसँग विकास नभएकोले बच्चाको आयु धेरै लामो समयसम्म नहुने आंशका भएमा या असामन्य र अपांगता हुने देखिएमा,
–आमालाई कुनै प्रकारको गम्भीर रोगको कारण गर्भमा रहेको बच्चालाई खतरा हुने देखिएमा,
–आमाले धुम्रपान, मद्यपान, ड्रग्सको प्रयोग गर्ने भएमा बच्चाको र आमाको जीवनको हुने खतराबाट बचाउनको लागि,

कसरी गर्ने हेरचाहः
१. सबैभन्दा पहिला यस्तो स्थितिमा महिलालाई पुरै परिवारको साथ आवश्यक हुन्छ । मानसिक रुपमै सबल हुनु जरुरी हन्छ ।

२.गर्भपतनपछि तिन चार दिनसम्म गाह्रो हुन्छ । यस अन्तर्गत पीडा र रक्तश्राब हुने भएकाले डाक्टरको सल्लाह लिँदै गर्नुपर्छ ।

३.पेन किलर या अन्य कुनै औषधी डाक्टरको अनुमति विना खानु हुँदैन । डाक्टरले दिएको औषधी र सप्लिमेन्ट नियमित रुपमा सेवन गर्ने । यसले शरिर मजवुत बनाउनुको साथै शरिरमा हुन सक्ने क्षतिको रिपेयर गर्छ ।

४.खानामा पौष्टिकताको पुरा ख्याल राख्ने ।

५.गर्भपतनको केहि समयपछि सम्म हर्मोेनको उथलपुथल भएकोले रिस, चिडचिडाहाट, निराशा जस्ता भाव आउँछ । त्यसको लागि औषधी र काउन्सिलिङमा ध्यान दिनुपर्छ ।

६.मर्निङ सिकनेस (बिहान उठ्ने वित्तिकै वाक वाक लाग्नु) र स्तनमा असहजताको अनुभुति हुन्छ । र विस्तारै सामान्य हुँदै जान्छ । यदि लामो समयसम्म पनि निको नभएमा डाक्टरको सल्लाह लिनुपर्छ ।

७.गर्भपतनपछि केहि समयसम्म ड्राइभिङ, गह्रौ चिज उठाउनु, कडा एक्सरसाइज गर्नु हुँदैन् ।

८. यदि गर्भपतनपछि १००.३ डिग्री फरेनहाइट या त्यो भन्दा बढि ज्वरो आएमा इनफेक्सन भएको बुझ्नुपर्छ । तुरुन्त डाक्टरसँग परामर्श लिनुपर्छ ।

९.डाक्टरद्धारा दिईएको निर्देशन पालना गर्नुपर्छ ।

Logo