स्वस्थ जीवनशैली, खानेबानी र व्यायामले पनि प्रेमजीवनमा उत्तिकै भूमीका खेलेको हुन्छ । अनि प्रेमसम्बन्ध जति सुमधुर हुन्छ, यौन जीवन पनि उत्तिकै सन्तोषजनक हुने गर्दछ । "/>

यी खानाले तपाईको यौन जीवन सुखद बनाउँछ

यी खानाले तपाईको यौन जीवन सुखद बनाउँछ

केन्द्रबिन्दु
0
Shares

स्वस्थ जीवनशैली, खानेबानी र व्यायामले पनि प्रेमजीवनमा उत्तिकै भूमीका खेलेको हुन्छ । अनि प्रेमसम्बन्ध जति सुमधुर हुन्छ, यौन जीवन पनि उत्तिकै सन्तोषजनक हुने गर्दछ । फेरि कुनै जीवनपद्दती स्वस्थ भएपनि त्यसले यौन जीवनमा प्रतिकूल असर गरिरहेको हुन्छ।

“खाना र यौनचाहना बीचको सम्बन्ध भनेको काल्पनिक विषय होइन।”, अमेरीकि यौनविशेषज्ञ ‘सिन्थिया सास’ भन्छिन्, “निश्चित खाना र पौष्टिक तत्वले यौन चाहना बढाउने र स्वस्थ यौनजीवनमा मद्दत गर्ने खोजबाटै देखिएको छ।” तपाईको यौन जीवनलाई अझ बढि रोमाञ्चक बनाउन यस्ता खानेकुरालाई बढी खानुहोसः

१. स्ट्रबेरी
‘स्ट्रबेरी सेक्सी हुन्छ।’ किनकी तचबधदभचचथज्ञज्ञ महिला र पुरुष दुवैमा यौनको लागि चाहिने प्रमुख कुरा भनेको ‘सरल रक्तसञ्चार’ नै हो । अनि स्ट्रबेरीमा प्रशस्तै ‘एण्टिअक्सिडेण्ट’ पाइन्छ, जुन मुटुको स्वास्थ्यको लागि एकदमै अनुकूल प्रमाणित भएको छ। यो एण्टिअक्सिडेण्टले पुरुषहरूको शुक्रकीट उत्पादन क्षमतामा वृद्धि गर्ने खोजबाट देखिएको छ।

२. अवोकाडो:
यो सुपरफ्रूटमा प्रशस्तै भिटामिन-ई पाईन्छ । जसमा एण्टिअक्सिडेण्टको विशेषता हुन्छ । साथै यसमा पोटासियम र भिटामिन बी ६ पनि पाइन्छ, जसले मुटुरोगबाट सुरक्षा गर्दछ भने शरीरको रक्तसञ्चारमा पनि सुधार ल्याउँदछ।

३. बदाम:
बदाममा जिङ्क, सेलेनियम र भिटामिन ई पाइन्छ । जुन एकप्रकारको भिटामिन र खनिज पदार्थ हो र मानिसको यौन स्वास्थ्य र प्रजनन स्वास्थ्यको लागि यी पदार्थहरू फाइदाजनक सावित भएको छ ।

सेलेनियमले बाँझोपनाको समस्याबाट राहत दिन्छ भने भिटामिन-ई ले यौनचाहना बढाउँदछ। जिङ्क यस्तो खनिज पदार्थ हो जसले पुरुषहरूमा यौन हरमोनको विकास गराउँदछ।

४. सखरखण्डः
सखरखण्डामा प्रशस्तै पोटासियम पाइन्छ, जसले उच्च रक्तचापसँग लड्न सक्ने क्षमतामा वृद्धि गर्दछ। खोजबाट के पनि देखिएको छ भन्दा उच्च रक्तचाप हुने पुरुष वा महिलाहरूमा बिस्तारै बिस्तारै यौनचाहनामा ह्रास हुँदै आउँदछ। सखरखण्डमा ‘बेटा-क्यारोटिन’ पनि पाइन्छ, जसले शरीरमा भिटामिन-ए को आपूर्ती गर्दछ।

५. खर्बुजा:
गर्मी महिनामा सबैभन्दा मन पराइने यो ‘खर्बुजा’मा क्यालोरीको मात्रा सोँचेको भन्दा कम हुन्छ र यौन क्षमता वृद्धि गर्ने ‘फाइटोन्यूट्रियण्ट्स’ को मात्रा बढि हुन्छ । सन् २००८ मा अमेरिकाको टेक्ससमा भएको एक खोजबाट खर्बुजामा पाइने ‘लाइसोपिन’, ‘साइट्रुलिन’ र ‘बेटा-क्यारोटिन’ जस्ता फाइटोन्यूट्रियण्ट्सहरूले रक्तनली र मुटुमा आराम दिई यौनचाहनामा कुनै बाधा नपुर्याउने नतिजा देखिएको थियो।

 

Logo