डा.बालकृष्ण साह । डायबेटिज (मधुमेह) एक किसिमको दिर्धरोग हो, यस अवस्थामा रगतमा चिनी (ग्लुकोज) को मात्रामा सन्तुलन कायम रहन सकेको हुँदैन र चिनीको मात्रा बढि हुन्छ । "/>

जेस्टेसनल डायबेटिजः निको हुन्छ तर सावधानी आवश्यक

जेस्टेसनल डायबेटिजः निको हुन्छ तर सावधानी आवश्यक

केन्द्रबिन्दु
0
Shares

डा.बालकृष्ण साह । डायबेटिज (मधुमेह) एक किसिमको दिर्धरोग हो, यस अवस्थामा रगतमा चिनी (ग्लुकोज) को मात्रामा सन्तुलन कायम रहन सकेको हुँदैन र चिनीको मात्रा बढि हुन्छ । रगतमा चिनीको मात्रा कम गर्ने हर्मोन इन्सुलिनको उत्पादनमा कमी आएर वा प्रभावकारिता कम भएर वा दुबैको कारणले मधुमेह हुन सक्छ ।

समान्यतयाः एक पटक मधुमेह देखिएपछि यसलाई नियन्त्रण गर्न सकिन्छ तर पुर्णरुपले निको बनाउन सकिदैन । तर गर्भावस्थामा देखिने विशेष किसिमको मधुमेह बच्चाको जन्मसँगै निको हुने हुन्छ, जसलाई जेस्टेसनल डायबेटिज भनिन्छ । तर एक पटक जेस्टेसनल डायबेटिज भएका महिलाहरुमा पुनः मधुमेह हुने सम्भावना उच्च रहेको पाईन्छ ।

गर्भावस्थामा मधुमेहको चर्चा परिचर्चा कहिलेदेखि थालेको भन्नेबारेमा ठुलो मतान्तर देखिए पनि सन् १८२३ मा बेरलिन विश्वविद्यालयका एचजी बेनेविच्ले आफ्नो शोधपत्रमा उल्लेख गरेको एक २२ वर्षीया महिलाले गर्भावस्थामा मधुमेहको लक्षण देखाएकोलाई नै पहिलो मानिएको छ ।

सो महिलाले गर्भावस्थामा धेरै तिख्रा लाग्ने, पिसाब लाग्ने तथा धेरै भोक लाग्ने लक्षण देखाएको थियो र उनले १२ पाउण्डको मृत बच्चाको जन्म दिएको थियो । त्यसबेला रगतमा ग्लुकोजको परिक्षण सम्भव नभए पनि पिसाबमा चिनी मापन गर्ने गरेर मधुमेह भएको ठहर गरिएको थियो ।

सन् १८२३ देखि सन् १८९७९ सम्ममा विभिन्न अनुसन्धान, शोध–खोज भए तापनि सन् १९७९ अक्टुबर, चिकागोको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा गर्भावस्थामा देखिने यो विशेष किसिमको मधुमेहलाई जेस्टेसनल डायबेटिजको नाम दिईयो ।

सो सम्मेलनमा डा. नोरर्बट भिरेन्कलले अमेरिकन डायबेटिक एसोसियनको र डा. जोन जोसिमोविच्ले अमेरिकन कलेज अफ अब्सटे«टिसियन एण्ड गाईनोकोलोजिस्टको प्रतिनिधित्व गरेको थियो ।

विश्व स्वास्थ्य संघ (डब्लु एच ओ) को तथ्याङ्ग अनुसार सन् २००० मा विश्वमा सत्र करोड जनसंख्या मधुमेहले प्रभावित थिए र सन् २०३० सम्ममा यो संख्या ३६ करोड पुग्ने अनुमान रहेको छ ।

सोही तथ्यांक अनुसार सन २००० मा नेपालमा यसका रोगीको संख्या चार लाख छतिस हजार थियो भने २०३० सम्ममा यो संख्या १३ लाख २८ हजार पुग्ने अनुमान छ । मधुमेहका रोगीहरुको संख्या बढे जस्तै जेस्टेसनल डायबेटिज हुनेहरुको संख्या पनि बढदो रहेको छ ।

अमेरिकामा मात्र एक देखि चौध प्रतिशत गर्भवतीहरुमा जेस्टेसनल डायबेटिज देखिने गरेको छ । भारतका विभिन्न अस्पतालहरुमा गरिएका अध्ययनहरुले दुई देखि १२.७ प्रतिशत गर्भवतीहरुमा जेस्टेसनल डायबेटिज हुने गरेको देखाएको छ ।

सन् २००५ जुलाई देखि २००७ जुन सम्म पाटन अस्पतालमा डा. पवन कुमार शर्मा र डा. आशिष श्रेष्ठले गरेको अध्ययनले सो अस्पतालमा १३ हजार ३ सय ८२ गर्भवतीहरु मध्ये मात्र ५३ जना (०.४ प्रतिशत) गर्भवतीहरुमा मात्र जेस्टेसनल डायबेटिज पाईयो । २६ देखि ३५ वर्षका गर्भवतीमा यो देखिएको तथा ब्राहमण जातका महिलाहरुमा बढि (४०.४ प्रतिशत) देखिने गरेको सो अध्ययनले प्रष्ट गरेको छ ।

गर्भवती महिलाका उमेर ३० वर्ष भन्दा बढि हुनु, शरिरको तौल बढि हुनु वा गर्भावस्थामा धेरै मोटाउनु, धेरै चिल्लो वा बोसो सेवन गर्नु, धेरै बच्चा पाउनु, पहिलेको बच्चाको तौल बढि हुनु जस्ता साना कुराले पनि जेस्टेसनल डायबेटिजको कारण हुन सक्छ । आमा–बुबामा मधुमेह हुनु तथा गर्भवती महिलामा ‘पोलिसिस्टिक ओभरियन सिन्ड्रोम’ देखिनेहरुमा जेस्टेसनल डायबेटिजको सम्भावना बढि रहेको हुन्छ ।

धेरै तिर्खा लाग्ने तथा पानी पिउने भोक लाग्ने, तौल घट्दैं जाने, कमजोरी महशुस गर्ने, निन्द्रा नलाग्ने, हातखुट्टा झमझम गर्ने, घाउ निको नहुने, पिसावको तथा अन्य संक्रमणहरु भईरहने जस्ता मधुमेहका लक्षणहरु जेस्टेसनल डायबेटिजमा नदेखिन पनि सक्छ ।

यस्ता गर्भवतीहरु तौल आवश्यक भन्दा बढि बढ्ने, पेट बढि ठुलो हुने, अल्ट्रासाउण्ड गर्दा पानीको मात्रा बढि देखिन सक्छ । तर यसैका आधारमा जेस्टेसनल डायबेटिज भएको ठहर गर्न सकिदैन । त्यसैले यसको सम्भावना रहेको गर्भवतीहरुलाई रगतमा चिनीको मात्रा परिक्षण गर्नुपर्छ ।

यस्ता गर्भवतीहरुलाई सामान्य ग्लुकोजको परिक्षण मात्र नगरेर ८–१४ घण्टा सम्म केहि नखाएर (खालीपेट भएको अवस्थामा) अनि १०० ग्राम ग्लुकोज खाएर एक घण्टा, दुई घण्टा र तीन घण्टामा गरी चार पटक रगतमा चिनीको मात्राको परिक्षण पनि गर्नुपर्ने हुन्छ । रगतको यस किसिमको परिक्षणलाई ओरल ग्लुकोज टोलरेन्स टेस्ट भनिन्छ र यसै परिक्षणको आधारमा जेस्टेसनल डायबेटिज भएको प्रमाणित गरिन्छ ।

जेस्टेसनल डायबेटिज भएको गर्भवतीहरुमा गर्भको बच्चाको तौल बढि (४ किलोग्राम भन्दा बढि) हुने र त्यसैले गर्दा जन्माउन समस्या हुने, जन्मिने बितिकै चिनी र महत्वपुर्ण तत्वको कमी हुने जस्ता खतराहरु हुन्छन् । यस्ता बच्चा खेर जाने सम्भावना पनि बढि रहेको हुन्छ ।

त्यस्तै गर्भवती महिलाको पनि रक्तचाप बढ्ने, शल्यक्रिया गर्नुपर्ने तथा अन्य मधुमेहका असरहरु हुने भएकाले जेस्टेसनल डायबेटिज भएको पत्ता लाग्ने बितिकै उपचार शुरु गर्नुपर्छ ।

जेस्टेसनल डायबेटिजका उपचारका लागि खानेकुरा तथा दैनिक गतिविधिमा अन्य अवस्था जस्तो धेरै नियन्त्रण गर्न मिल्दैन । धेरै ग्लुकोज भएका खानेकुरा जस्तै चिनि हालेका परिकारहरु, अन्न (भात, रोटी, आलु तथा तरुल र अन्य गुलियो खानेकुरामा) कम सेवन गर्न सकिन्छ ।

यस्ता व्यक्तिले हरियो सागपात धेरै खानुपर्छ । यस्ले भिटामिन र मिनिरलको कमि हुन नदिनुका साथै ग्लुकोजको शोषणमा पनि ल्याउँछ । त्यस्तै गर्भावस्थामा गर्न मिल्ने र गर्भलाई असर नगर्ने हल्का किसिमका शारिरिक व्यायामहरु नियमित गर्नुपर्छ । व्यायामले इन्सुलिनको प्रभावकारिता बढाउनुका साथ साथै रगतमा ग्लुकोजको मात्रामा सन्तुलन ल्याउँछ ।

मधुमेहका रोगीका लागि विभिन्न किसिमका खाने औषधीहरु भएपनि जेस्टेसनल डायबेटिजका लागि खाने औषधिहरु प्रयोग गर्नु नमिल्ने तथा कम प्रभावकारी भएको देखिन्छ । यस अवस्थामा रगतमा चिनीका मात्रा निकै चाडो र प्रभावकारी रुपमा नियन्त्रण गर्नुपर्ने भएकोले इन्सुलिन नै लिनुपर्ने आवश्यक देखिन सक्छ ।

रगतमा चिनीको मात्राको मापन गरेर सोही अनुसार ईन्सुलिनको ईन्जेक्सन आफैले लिन सिक्नुपर्छ । गर्भको बच्चा जन्मिना साथ ईन्सुलिन लिनु नपर्ने हुन सक्छ । तर यस्ता महिलाहरु मध्ये ३५ देखि ५० प्रतिशत महिलालाई २० वर्ष पार नगर्दै मधुमेह हुन सक्ने भएकोले नियमित स्वास्थ्य परिक्षण, स्वस्थ्य खानपान र व्यायाममा ध्यान पुर्‍याउनु पर्छ ।

 

Logo