क्यासर नसर्ने रोग हो । क्यान्सरलाई घातक रोग भनेर चिनिन्छ । यो रोग सबै उमेर समुहको लाई लाग्न सक्छ । शरीरको जुनसुकै अंगमा प्रभावित पार्छ । "/>

के हो क्यान्सर ? कसरी बच्न सकिन्छ ?

के हो क्यान्सर ? कसरी बच्न सकिन्छ ?

केन्द्रबिन्दु
28
Shares

क्यासर नसर्ने रोग हो । क्यान्सरलाई घातक रोग भनेर चिनिन्छ । यो रोग सबै उमेर समुहको लाई लाग्न सक्छ । शरीरको जुनसुकै अंगमा प्रभावित पार्छ । हाम्रो शरीरमा २ सयभन्दा बढि विभिन्न प्रकारको खर्बौ स–साना कोष र कोषिकाहरु मिलेर बनेको हुन्छ । यसमा कोषिकाहरुको एक समूहको अनियन्त्रित वृद्धि या सामान्य भन्दा धेरै फैलिन्छ । र अरु स्वस्थ कोशिकाहरुलाई पनि क्षति पुर्‍याउँछ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार प्रतिवर्ष विश्वमा करिब १ करोड २० लाख नयाँ क्यान्सरका विरामी देखिन्छन् । भने वर्षेनी ७५ लाख क्यान्सर पिडितको मृत्यु हुने गरेको छ । अहिले विश्वमा फोक्सो, स्तन, पाठेघर, आमाशय र मुखको क्यान्सर हुने धेरै छन् । विश्वमा कुल मृत्यु हुने करिब १३ प्रतिशत कारक तत्व क्यान्सर बनेको छ । यो तथ्यांकले देखाउँछ क्यान्सर मानव मृत्युको भयानक कारण बनिरहेको छ ।

क्यान्सर आफैँमा भनायक रोग हो । तर यो रोग लाग्दैमा आत्तिहाल्नु भने पर्दैन वेलैमा उपचार गरेमा निको हुन्छ । त्यसको लागि नियमित रुपमा जाँच गर्नु र डाक्टरको परामर्श लिनुपर्छ । सुरुवातको चरणमै उपचार गरेमा क्यान्सर पुर्णत निको हुन्छ । खासमा समस्या भएको के हो भने अझै पनि ९० प्रतिशत क्यान्सर रोगी अन्तिम चरणमा मात्र अस्पताल पुग्ने गर्छन् ।

क्यान्सर हुनुको मुख्य कारण
–गलत खानपान र बद्लिदो जीवनशैली नै प्रमुख कारण हो ।
–अखाद्य वस्तुको प्रयोग । जस्तैः किटनाशक औषधि र रसायनिक मलको प्रयोग भएको खानेकुरा, हानिकारक रंग मिसाइएको खानेकुरा, धैरै नुन भएको खानेकुरा, गालेको अचार आदि
–वंशाणुगत भएकोले आफ्नो सन्तानलाई हुने सम्भावना बढि रहन्छ ।
–धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन
–हानिकारक रसायनिक तत्व, विकिरणको सम्पर्कमा रहेमा
–बच्चा धेरै जन्माउने वा कम उमेरमा बच्चा जन्माउने महिलाहरुलाई
–शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएकोलाई
–शरीरको कुनैपनि भागमा लगातार घर्षण भएमा त्यँहाको कोष तथा कोषिकामा असामन्य परिवर्तन भएर क्यान्सर हुन सक्छ ।
–सामाजिक तथा आर्थिक अवस्था कमजोर भएकालाई

नेपालमा पाइने प्रमुख क्यान्सर र त्यसको कारण
स्तन क्यान्सर
शिशुलाई स्तनपान नगराउने महिलाहरुलाई स्तन क्यान्सरको सम्भावना बढि हुन्छ । त्यस्तै, डिम्बाशयबाट निस्कने हर्मोनका कारण पनि स्तन क्यान्सर हुनसक्छ । स्तन क्यान्सर भएमा स्तन तथा स्तन वरिपरि गाँठागुठी देखिने, स्तनको आकार बढ्ने, निप्पलको रंग गाढा हुने, निप्पल भास्सिने, रातो हुने, निप्पलबाट रगत तथा पिप जस्तो तरल पदार्थ निस्कन्छ ।

गर्भाशयको क्यान्सर
सानै उमेरमा विवाह गर्नु, प्रसुती व्यथा लामो समयसम्म लाग्नु, प्रसव व्यथाका क्रममा चोट लाग्नु र त्यो ठिक हुनु अगावै गर्भधारण भएमा गर्भाशयको क्यान्सर हुनुको मुख्य कारण हो । गर्भाशयको क्यान्सर भएमा यौनसम्पर्क गर्दा पिडा हुने, महिनावारीपछि पनि रक्तश्राव हुने, योनीबाट दुर्गन्ध पानी बग्ने, खुट्टा तथा कम्मर दुख्ने, पिसाब गर्दा पिडा महसुस हुने गर्दछ ।

सर्भाइकल (पाठेघरको मुखको) क्यान्सर
सर्भाइकल क्यान्सर भएमा योनीबाट असामान्य रुपमा रक्तश्राव हुन्छ, त्यसको साथै योनीबाट सेतो गन्हाउने पानी बग्छ । त्यस्तै, शरीरमा रगतको कमी हुनुका साथै खान मन नलाग्ने, तौल कम हुने तथा पिसाब सम्बन्धि समस्या हुन्छ ।

फोक्सोको क्यान्सर
धुम्रपान गर्नेमा फोक्सोको क्यान्सर हुने सम्भावना बढि हुन्छ । फोक्सोको क्यान्सर भएमा लामो समयसम्म खोकी लाग्ने, खोकीको साथ रगत वान्ता हुने, आवाज बद्लिने, सास लिनमा कठिनाई हुने हुन्छ । त्यस्तै, श्वास लिँदा सिठी बजेको जस्तो आवाज निस्कने, टाउको दुख्नुका साथै चक्कर आउने, शरीरमा कमजोरी महसुस हुने, निमोनिया तथा सास नली सुन्निने, तौल घट्ने, शरीर दुख्ने तथा खान मन नलाग्ने समस्या हुन्छ ।

आमाशयको क्यान्सर
पेट दुख्नु, भोक नलाग्नु, रगत वान्ता हुनु, शरीरमा रगतको कमी हुनु तथा दिशा गर्दा रगत निस्कनु आमाशयको क्यान्सरको संकेत हो ।

रक्त क्यान्सर
एक्सरे, सिटी स्क्यान लगायतबाट निस्कने विकिरण शरीर भित्र प्रवेश गरेमा यसले शरीर भित्रको हड्डीका साथै रक्तकोषिकालाई समेत प्रभावित गर्छ । मुख तथा नाकबाट रगत बग्नु, शौच गर्दा रगत निस्कनु, जोर्नी तथा हड्डीमा दुखाई महसुस हुनु, लगातार ज्वरो आउनु, निरन्तर पखाला लाग्नु, सास लिनमा कठिनाई हुनु, शरीरमा गाठागुठीका साथै नीलो डाम देखिनु, शरीरमा बारम्बार संक्रमण हुनु पनि रक्तक्यान्सरको प्रमुख लक्षणहरु हुन् ।

मुखको क्यान्सर
सुर्तीजन्य पदार्थको सेवन नै मुख तथा घाँटीको क्यान्सरको प्रमुख कारण हो । मुखभित्र कुनै गाँठो आएमा, घाउ वा पित्त बनेमा, मुखमा सुेतो दाग आएमा, र्‍याल बगेमा, मुखबाट दुर्गन्ध निस्किएमा, मुख खोल्न, बन्द गर्न वा कुनै खानेकुरा निल्नमा समस्या भएमा पनि मुखको क्यान्सर हुनसक्छ ।

ब्रेन क्यान्सर
मस्तिकमा कोषिकाहरुको असामान्य वृद्धिलाई नै ब्रेन क्यान्सर भनिन्छ । ब्रेन क्यान्सर भएमा मस्तिष्कमा गाँठा देखिने गर्दछ । जसका कारण बारम्बार टाउको दुख्ने, चक्कर आउने, याददास कम हुँदै जाने, आँखा धमिलो देखिने, शरीर असन्तुलित हुने, व्यवहारमा परिवर्तन आउने, कुनै कुरा ठम्याउनमा कठिनाई हुन्छ । लक्षणहरु, जसले क्यान्सरको संकेत गर्छः
–शरीरको कुनै पनि अंग वा भागमा निरन्तर दुखाई महसुस भएमा
–यदि शरीरको तौल १ सातामै १० प्रतिशत सम्म कम भएमा
– शरीरमा थकान महसुस भएमा या कमजोरी भएमा
–दिशा पिसावको रंग बदलिएमा
–बेस्सरी ज्वरो आउनु र निको नहुनु
–शरीरमा रगतको कमी हुनु
–घाँटी तथा अन्य अंगमा गाँठागुठी देखिनु
–महिनावारी हुँदा अधिक रक्तस्राब हुनु
–खोक्दा रगत देखा पर्नु
–लगातार खोकी लाग्नु र औषधी खाँदा पनि निको नहुनु

रोकथाम तथा बच्ने उपाय
–यदि घरमा कसैलाई क्यान्सर भएको छ भने क्यान्सर हुने जोखिम बढि हुन्छ त्यसैले नियमित जाँच गर्नुपर्छ ।
–नियमित रुपमा मेमेग्राम गर्नुपर्छ । मेमेग्रामले स्तन क्यान्सर भएको थाहा हुन्छ ।
–अन्य अंगको पनि नियमित जाँच गर्नुपर्छ ।
–शरीरमा अनावश्यक गाठागुडी आएमा, बढेमा, रंग परिवर्तन भएमा जँचाई हाल्नुपर्छ ।
–पेककिलरको प्रयोग धेरै नगर्ने
–स्वास्थ्य जीवनशैली अपनाउने
–शारीरिक व्यायाम, योगा, ध्यान गर्ने
–क्यान्सर गराउने कारक तत्वहरुबाट बच्ने

Logo