प्राकृतिक रुपमा वा कुनै बाह्य सहयोग विभिन्न औजारहरुको सहायताविना नै बच्चा जन्माउनुलाई नर्मल डेलिभरी भनिन्छ । धेरै जसोको नर्मल डेलिभरी नै हुुन्छ । "/>

सिजेरियन डेलिभरीको भ्रम र तथ्य

सिजेरियन डेलिभरीको भ्रम र तथ्य

केन्द्रबिन्दु
0
Shares

प्राकृतिक रुपमा वा कुनै बाह्य सहयोग विभिन्न औजारहरुको सहायताविना नै बच्चा जन्माउनुलाई नर्मल डेलिभरी भनिन्छ । धेरै जसोको नर्मल डेलिभरी नै हुुन्छ । तर पनि कतिपय अवस्था सिजेरियन डेलिभरी (अप्रेशन गरेर) नै गराउनुपर्ने वाध्यता हुन्छ ।

नर्मल डेलिभरी गराउन नसकिएमा, तुरुन्तै गर्भमा रहेको शिशुलाई बाहिर ननिकालिएमा आमा र बच्चा दुवैको ज्यानलाई खतरा हुने भएकाले सिजेरियन डेलिभरी गर्नुपर्छ ।

आमाको पेल्भिस सानो छ र बच्चाको टाउको ठूलो छ भने या आमाको पेल्भिसको साइज ठिकैको भएतापनि बच्चाको टाउको निकै ठूलो भएको अवस्थामा, प्रसव पिडा लामो भएको अवस्थामा, डेट नाघेमा, बच्चा उल्टो, तेर्सो र नमिलेको अवस्था भएमा, बच्चाको मुटुको धड्कन सामान्य भन्दा कम वा बढी भएमा, सालनाल पहिला निस्किएमा, बच्चाले पेटभित्रै दिशा खाएमा बच्चाको ज्यान जान सक्ने भएकोले यस्ता अवस्थाहरुमा सिजेरियन डेलिभरी गरिन्छ ।

आजको समयमा सिजेरियन डेलिभरी गर्नेको संख्या बढ्दो छ । हरेक महिलाको चिन्ताको विषय बनिरहेको छ, सिजेरियन डेलिभरी । धेरैजसो गर्भवती महिला चाहन्छिन् कि नर्मल डेलिभरी होस् । तर सबैले सोचेजस्तो नहुन सक्छ, विभिन्न कम्लिकेसन्स र मेडिकल कन्डिसनको कारणले गर्दा डाक्टरले सिजेरियन डेलिभरी गर्न सल्लाह दिन्छन् ।

गर्भवती महिलामा सिजेरियन डेलिभरीलाई लिएर विभिन्न भ्रम हुन सक्छ जसले गर्दा गर्भवती महिला र बच्चाको स्वास्थ्यमा नै नकारात्मक असर परिरहेको हुन्छ । यस्ता छन् केही भ्रमहरुः

सिजेरियन डेलिभरीको समयमा पिडाः
यो गलत हो । सिजेरियन डेलिभरीको दौरान कुनै प्रकारको पिडा हुँदैन् । अप्रेशन गर्नुभन्दा अगाडि एनेस्थिेसिया (लट्याउने सुई) दिइन्छ, जसले गर्दा पिडा महसुस हुँदैन । तर त्यसको असर सकिएपछि पिडा या अहसज १०–१५ दिन सम्म रहन्छ ।

सिजेरियन डेलिभेरी सुरक्षित हुँदैनः
सिजेरियन डेलिभरी एक मेजर अप्रेशन भित्र नै पर्छ । तर यो असुरक्षित हुन्छ भन्ने हँदैन । अहिलेको समययमा पहिलेको भन्दा झन सुरक्षित भएको छ ।

बच्चा र आमाको स्वास्थ्यलाई प्रभावितः
सिजेरियन डेलिभेरी गर्दा बच्चा र आमाको स्वास्थ्यमा केहि पनि असर गर्दैन तर सिजेरियन डेलिभेरी पश्चात् आमा र बच्चाको राम्रोसँग देखभाल, स्याहार सुसार गरिएन भने विभिन्न समस्या हुन सक्छ ।

सिजेरियन डेलिभरीबाट जन्मेको शिशुलाई स्तनपान गराउन मुस्किलः
शिशुको जन्म कुन तरिकाले भयो भन्ने कुरासँग स्तनपानको केहि सम्बन्ध हुँदैन् । तर पनि सिजेरियन डेलिभरी गर्दा धेरै आराम गर्नुपर्ने र सजिलोसँग बसेर बच्चालाई दुध खुवाउन भने गाह्रो हुन्छ । र अलिक समय लाग्छ । त्यसो भन्दैमा सिजेरियन डेलिभरी गर्दा स्तनपान गराउन सकिँदैन भन्न मिल्दैन ।

दोस्रो बच्चा जन्माउन चाहेमा नर्मल डेलिभरी हुँदैन वा सिजेरियन डेलिभरी गर्नुपर्छः
धेरैजसो महिलालाई लाग्न सक्छ कि एक पल्ट सिजेरियन डेलेभरी गरेपछि अर्को बच्चा जन्माउँदा पनि अप्रेशन नै गर्नुपर्छ । तर यो सोच्नु गलत हुन सक्छ । सिजेरियन डेलिभरी गरेपछि पुनः दोस्रो बच्चा जन्माउँदा दोस्रो डेलिभरीलाई प्रभावित पक्कै गर्छ, तर नर्मल डेलिभरी गर्नै सकिँदैन भन्ने चाँही गलत हो ।

Logo