तौल कम गर्ने चक्करमा कतिपय भोकै बस्ने गरेको पाइन्छ । जसका कारण शरिरलाई चाहिने पौष्टिक तत्वको कमि भएर विभिन्न रोगको सिकार बनिन्छ । "/>

के तपाई तौल कम गर्न चाहनुुहुन्छ ? यी ७ टिप्स पालना गर्नुहोस

के तपाई तौल कम गर्न चाहनुुहुन्छ ? यी ७ टिप्स पालना गर्नुहोस

केन्द्रबिन्दु
0
Shares

तौल कम गर्ने चक्करमा कतिपय भोकै बस्ने गरेको पाइन्छ । जसका कारण शरिरलाई चाहिने पौष्टिक तत्वको कमि भएर विभिन्न रोगको सिकार बनिन्छ । हाम्रो शरिरको कार्य सम्पादनको लागि विभिन्न किसिमको तत्व जस्तै– प्रोटिन, फ्याट, मिनिरल्स, भिटामिन, कार्बोहाइड्रट जस्ता तत्वहरुको आवश्यक पर्छ ।

धेरैजसोलाई खाना कम खाए स्लिम हुन्छ भन्ने भ्रम छ । जुन गलत हो । टन्न खाना खाएर पनि तौल नियन्त्रण गर्न सकिन्छ तर यसको लागि केहि उपाय अपनाउन जरुरी छ । जसले गर्दा स्वस्थ, स्लिम र फिट रहन सकिन्छ ।

फिस डाइट चार्ट
तौल कम गर्नको लागि फिस डाईट चार्टको नियम अपनाउन सकिन्छ । यो एक उत्तम उपाय हो । नियमित माछाको सेवनले तौल कम गर्नुको साथै यसमा पाइने पौष्टिक तत्वले तपाईलाई स्वस्थ राख्छ । तौल कम र बढाउनको लागि फिस डाईट चार्टको पालन गर्न सकिन्छ ।

यो बाट तौल कम गर्नको लागि मात्र नभई धेरै प्रकारको रोग लाग्नबाट पनि बचाउँछ । यसमा पाइने ओमेगा–३ फ्याटी एसिडले तौल कम गर्नका साथै शरिर सुन्निएको कम गर्छ र मुटु स्वस्थ राख्न पनि मद्दत गर्छ । यसको अलवा माछा एक राम्रो प्रोटीनको स्रोत भएकाले मांसपेसी मजबुत राख्छ । र शरिरमा भएको मेटाबोलिजमलाई एक्टिभ गर्छ ।

बिहान के खानेः
सानो चम्चाको २ चम्चा मेथीको दानालाई राती सुत्ने बेलामा भिजाएर राख्ने र बिहान उठ्ने बित्तिकै खाली पेटमा खादा तपाईको तौल कम हुन्छ ।

ब्रेक फास्टमा के खानेः
सातुसँग एक कप अंगुरको जुस अथवा २ वटा उसिनेको अण्डा र एक कप दूधसँग चार वटा हाँडे बदाम खाँदा पनि तौल कम गर्न सकिन्छ ।

मिड मर्निङमा के खानेः
स्वास्थ्यलाई ख्याल गर्दा तपाईले मिड मर्निङलाई समेत ध्यानमा राख्नुपर्ने हुन्छ । त्यसको लागि मिड मर्निङमा एक कप ग्रिन टी पिउनुहोस् ।

दिउँसोको खानाः
दिउँसोको खानामा सलाद र एक कप दही खान खाँदा तपाईको तौल नियन्त्रणमा रहन्छ । ग्रिन भेजिटेबलसँग एउटा माछापनि खाँदा फरक पर्दैन् । यसले तपाईको शरिरलाई थप उर्जा पैदा गर्दछ ।

लन्च पछि के खानेः
लन्चपछि एक कप नरिवल पानी अथवा गाजर खानुहोस् ।

डिनरमा के खानेः
ग्रिन भेजिटेबलसँग एक कचौरा ब्राउन राइस र माछा खानुहोस् ।

सुत्नु भन्दा अघि के खानेः
राती सुत्नुभन्दा अगाडी एक कप मनतातो दुधसँग बेसार मिसाएर खानुहोस् ।

डाइट चार्ट पालना गर्दा ध्यान दिनुपर्ने कुराहरुः
–दैनिक ३–४ प्रकारको तरकारी र ३ प्रकारको फलफुल खाने ।
–अन्न र स्वस्थकर फ्याटको खानामा प्रयोग गर्ने ।
–दिनमा ५–६ पटक खाने ।
–प्रशस्त पानी पिउने ।
–पर्याप्त आराम गर्ने, कम्तिमा ६–७ घन्टा सुत्ने ।
–शारिरिक व्यायाम गर्ने ।
–योगा र ध्यानको अभ्यास गर्ने ।
–लिफ्टको सट्टा सिँढीको प्रयोग गर्ने ।

Logo