काठमाडौं

मनसुन बढेसँगै मौसमी आँखा पाक्ने रोग फैलिएको छ । मनसुनसँगै आँखा पकाउने भाइरस सक्रिय हुँदा आँखा पाक्ने संक्रमण फैलिएको आँखा विशेषज्ञहरुले बताएका छन् । "/>

गर्मी वढेसँगै भाइरसले आँखा पाक्ने प्रकोप फैलियो

गर्मी वढेसँगै भाइरसले आँखा पाक्ने प्रकोप फैलियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

मनसुन बढेसँगै मौसमी आँखा पाक्ने रोग फैलिएको छ । मनसुनसँगै आँखा पकाउने भाइरस सक्रिय हुँदा आँखा पाक्ने संक्रमण फैलिएको आँखा विशेषज्ञहरुले बताएका छन् ।

काठमाडौंमा जनघनत्व बढी भएकाले समुदायमा आँखा पाक्ने रोग छिटो फैलिरहेको चिकित्सकहरुले बताएका हुन् । आँखा पाक्ने रोग मनसुन नसकिए सम्म जारी रहने पनि चिकित्सकले जनाएका छन् । तिलगंगा आँखा अस्पतालमा दैनिक आउने कुल बिरामी मध्ये ३० देखि ४० प्रतिशत आँखाको संक्रमण भएका बिरामी छन् । उक्त अस्पतालको आकश्मिक कक्षमा दैनिक ८० जना बिरामी आउँछन् । अस्पतालको बहिरंग विभागमा आउने औसत ७ सय बिरामी मध्ये ३० प्रतिशत मौसमी आँखा पाक्ने रोगकै रहेका छन् ।

विपी कोइराला नेत्र अध्ययन प्रतिष्ठानमा दैनिक औसत ७ सय आँखा पाकेका बिरामी पुगिरहेका अस्पतालले जनाएको छ । अस्पतालमा साउन महिनामा आँखा पाकेका बिरामी बढेका हुन् । ‘कतिपय भाइरसले आँखाको समस्या जटिल बनेपछि बिरामी आउन थालेका छन्,’ प्रतिष्ठानकी जलविन्दु विशेषज्ञ डा मधु थापाले भनिन् । चिकित्सकका अनुसार ‘एडिनो’ नामक भाइरस आँखामा प्रवेश गरेपपछि आँखा पाक्छ । सो भाइरसको संक्रमण भएपछि आँखा रातो हुने, आँखाबाट रगत मिसिएको आँसु बग्ने, आँखा चिलाउने समस्या हुन्छ । साथै घाँटी दुख्ने, ज्वरो आउने, स्वर भासिने समस्या पनि हुन्छ । संक्रमित बिरामीमा यस्तो समस्या करिब दुई साता सम्म रहन्छ । ‘आँखा पाक्ने संक्रमण मौसमी भाइरसका कारणले देखिन्छ,’ नेत्रविशेषज्ञ डा. बेन लिम्बूले भने, ‘भाइरसले आँखा पाक्दा चिप्रा नआएको कारण बिरामीहरु झुक्किएका छन् ।’

चिकित्सकका अनुसार मनसुनमा यो भाइरस सक्रिय भएकाले एउटै व्यक्तिमा संक्रमण दोहोरिने पनि गरेको छ । विशेष गरी शरीरमा प्रतिरोधात्मक शक्ति कमजोर भएकालाई संक्रमण दाहोरिने गर्छ । एडिनो भाइरसको संक्रमण दुई साता सम्म रहन्छ । संक्रमण अवधिमा आँखाका नानीमा स–सानो घाउ पनि बनाउँछ । यो घाउ निको भए पनि दाग भने रहिरहन्छ । कतिपयलाई संक्रमणपछि आँखा निको नभएपछि घाममा आँखा हेर्न कठिन हुने समस्या भएका छन् तर यसले दृष्टिमा भने असर गर्दैन ।

संक्रमणका बेला आँखाको राम्रोसँग हेरचाह नगरे किटाणुको पनि संक्रमण थपिन सक्ने चिकित्सक बताउँछन् । ‘आँखाको संक्रमणको बेला आँखा सफा राख्नुपर्छ र आँखा मिच्नु हुँदैन,’ आँखा सर्जन डा. लिम्बुले भने । रोगको लक्षण देखिएपछि जतिसक्दो छिटो उपचारमा जान चिकित्सकको सुझाव छ । भाइरसको कारण आँखा पाकेको हुनाले यो भाइरस मार्ने औषधि हुँदैन । दुई साता अवधि पुगेपछि आफैं मर्छ ।
नागरिकबाट

Logo