संसारमा पहिलो पटक कुनै देशले एक्लोपनबाट हुने हानि र समस्या बाट बच्न लोनलीनेस मिनिस्ट्री अर्थात एक्लोपन निवारण मन्त्रालय बनाएको छ । "/>

१५ खिल्ली चुरोट पिए जत्तिकै हानी गर्छ ‘एक्लोपनाले’

१५ खिल्ली चुरोट पिए जत्तिकै हानी गर्छ ‘एक्लोपनाले’

केन्द्रबिन्दु
0
Shares

संसारमा पहिलो पटक कुनै देशले एक्लोपनबाट हुने हानि र समस्या बाट बच्न लोनलीनेस मिनिस्ट्री अर्थात एक्लोपन निवारण मन्त्रालय बनाएको छ । ब्रिटेनमा ९० लाख मानिसहरु एकलोपनको शिकार हुने गरेका छन । यहि कुरालाई मध्यनजर गर्दै ब्रिटेनले आफ्ना नागरिकहरुको सुरक्षाका लागि एक्लोपन निवारण मन्त्रालयको निर्माण गरेको हो । यसमा ४२ वर्षिय ट्रेसी क्राउचलाई मन्त्रालयको जिम्मा दिएको छ । यस मन्त्रालयले गरेका र भनेका कुराहरु मिल्ने गरेका छन ।

त्यसैले यहाँको फोनलाइन जहिल्यै ब्यस्त हुने गर्छ । ब्रिटेनका सांसद जो क्रोक्सले एक पटक एक्लोपन सँग जोडिएका समस्याको खोजि गरेका थिए । यहि खोज पछि एक्लोपन मन्त्रालय बनाउने प्रेरणा मिलेको थियो । २०१६ मा उनको हत्या गरिएको थियो ।

ट्रेसिले यो मन्त्रालय सम्हाले पछि विभिन्न देशका मन्त्री र प्रतिनिधिहरु यस अनौठो मन्त्रालयका विषयमा बुझ्न र जान्नको लागि ब्रिटेन आइरहेका छन । यसमा नर्बे, डेनमार्क, क्यानडा, युएइ, स्वीडेन, आइसल्याण्ड, न्युजिल्याण्ड, जापान र जर्मनी रहेका छन् ।

एक्लोपनबाट के कस्ता समस्याहरु देखा पर्छन ?

सोसल मिडियाबाट धेरै मानिसहरु एक्लोपनको महशुस गर्ने गर्छन । तर जति सोसल मिडियाले एक्लेपनको महशुस गराउछ, त्यत्ति नै एक्लोपनको निवारण पनि गराउने गर्छ । १६ वर्ष देखि २४ वर्ष सम्मको उमेरसमुहका मानिसहरु एक्लोपनको महशुस गर्ने गर्छन ।

डिजिटल माध्ययममा जोडिएका पुस्ताहरु धेरै एक्लोपनको शिकार हुने गरेका छन् । यस उमेरसमुहका मानिसहरु आफ्नो फेसबुक आदि इन्टरनेटहरुमा साथी छन् एक्लोपनको महशुस हँदैन भन्ने गर्छन तर तिनै साथीहरु वास्तममा एक्लोपन भित्र्याउने माध्यम बनेका हुन्छन । जस्तो कुनै ठाउँमा भएका एक्लोपन सम्बन्धि जानकारीहरु साथीहरुले त्यहि नै पोस्ट्याउने गर्छन । तिनै खबरहरु पढेपछि हामीलाई झनै एक्लोपनको आभास हुन्छ र हामी एक्लोपनको शिकार बनिरहेका हुन्छौ ।

ढिला विवाह हुनु भनेको पनि एक्लोपनको कारण रहेको बताइएको छ । अमेरीकाले गरेको एक रिसर्चका अनुसार एक्लोपनबाट मानिसहरुलाई त्यत्ति नै हानि हुन्छ जति एक दिनमा १५ खिल्ली चुरोट खादा असर गर्छ ।

अमेरिका डाक्टरका अनुसार धेरुै बिरामी हृदयघात, डायबिटिज नभई एक्लोपनले हुने गरेको बताएका छन् । अमेरीकामा पनि एक्लोपनका बिरामी धैरे मात्रामा बढेका छन् । १८ देखि २२ वर्ष उमेरसमुहका युवा पुस्तामा यस्को प्रभाव धेरै पर्ने गरेको छ । एजेन्सी

Logo