काठमाडौं ।

तपाईको मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी देखिएका छन् ।  जिब्रोमा मुखमा अनि ओठमा पनि कहिलेकाँही घाउ भएर वाक्कै लाउँछ । "/>

मुखमा खटिरा किन आउँछ ?

मुखमा खटिरा किन आउँछ ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

तपाईको मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी देखिएका छन् । जिब्रोमा मुखमा अनि ओठमा पनि कहिलेकाँही घाउ भएर वाक्कै लाउँछ । यो समस्या बढेयो भने खाना खान र बौल्न निकै समस्या हुने गर्दछ ।

यति मात्रै होईन् दुख्ने, पोल्ने,ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने समस्या पनि आउन सक्छन् ।

आखिर मुखमा खटिरा किन आउँछ ?

चिकित्सकहरका अनुसार भिटामिन बी, सी, आइरन, प्रोटिनलगायत भोजनमा रेसादार खानाको कमी आदि ले मुखमा घाउ हुन्छ । यसरी नै दाँत नमाझ्ने, खाना खाएर कुल्ला नगर्ने जस्ता सरसफाइको कमी, कब्जियत, ग्यास्ट्राइटिस वा अम्लपित्त, अपच पानीको कमी भएमा पनि मुखभित्र खटिरा आउने गर्छ । त्यस्तै, खाद्य विषाक्तता, सुर्ती–पानमसला, मद्यपान र धूमपान गर्ने, ब्याक्टेरिया तथा फङ्गसको संक्रमण, बढी तातो र मसलाहरू वा बढी अम्ल भएको खानपान गर्दा मुखभित्र र वरपर घाउ आउने गर्छ ।

समाधानको उपाय के हो ?

— मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने ।

— पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने ।

— हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने ।

— बढी चिल्लो नखाने ।

— हल्का उम्रेको गेडागुडी बिहान र बिहान खाने ।

— पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने ।

— बदाम भिजाएर खाने ।

– मह घाउमा लपक्क लगाउने ।

— निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने ।

— जिरा वा खयर चपाउने यसरी पनि निको नभए डाक्टरलाई देखाउने । बारम्बार समस्या भैरहेमा वा बिभिन्न रोगको कारण पनि मुखमा घाउ आउन सक्ने भएकोले चिकित्सक समक्ष जाँच गराउनुपर्छ । 

Logo