गर्मी मौषम सुरु भइसकेको छ । जाडो मौसमको तुलनामा तीन गुणा पराबैजनी किरण हुन्छ । चर्को घाममा हुने अल्ट्राभायोलेट किरणले आँखालाई असर पु¥याउँछ । "/>

गर्मीमा यसरी जोगाउने आँखा (भिडियो)

गर्मीमा यसरी जोगाउने आँखा (भिडियो)

केन्द्रबिन्दु
0
Shares

गर्मी मौषम सुरु भइसकेको छ । जाडो मौसमको तुलनामा तीन गुणा पराबैजनी किरण हुन्छ । चर्को घाममा हुने अल्ट्राभायोलेट किरणले आँखालाई असर पु¥याउँछ ।
बिना सनग्लास घाममा निस्कँदा आँखा पोल्ने, आँसु आउने, रिङगटा लाग्ने जस्ता समस्या हुन सक्छ । त्यसैले गर्मीमा सनग्लासको प्रचलन बढेको छ ।
सनग्लास आँखाको स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । सनग्लासले आँखालाई पुर्याउने फाइदाहरु यस प्रकारका छन् ः

रेटिनालाई बचाउँछ

रेटिना आँखाको एक महत्त्वपूर्ण अंग हो । आँखामा हुने यो अंग सामान्यभन्दा घातक प्रकाशका साथै किरणले पनि असर पुर्याउन सक्दछ । रेटिनालाई सूर्यको घातक पराबैजनी किरणबाट जोगाउनका लािग पनि सनग्लासको आवश्यकता रहेको हुन्छ । यसका साथै घामको किरणले रेटिनालाई असर गर्नासाथ धुलोको कणले पनि क्षति पुर्याएको हुन्छ । यसबाट बचाउनका लागि पनि सनग्लासले सहयोग पुर्याएको हुन्छ । यसैले घरबाट घाममा निस्कँदा सनग्लास लगाउन भुल्नु हुँदैन् ।

कर्नियालाई सुरक्षित राख्छ

चर्को घाममा बिना सनग्लास निस्कँदा पराबैजनी किरणले कर्नियालाई पनि समस्या बनाउन सक्दछ । जसले आँखामा बन्ने टियर सेल अर्थात् आँसुको कोशिका टुटाउन सक्छ । जुन कर्नियाका लागि हानिकारक हुनसक्छ । अर्थात् पराबैजनी किरणले रेटिनामा असर पु¥याए जस्तै कर्नियालाई पनि असर पु¥याउँछ । जसले आँखामा असर पुर्याएको हुन्छ ।

बेसल सेल कार्सिनोमा हुनबाट रोक्छ

घाममा निस्कदाँ सनग्लास लगाउन भुल्नु भयो भने आँखाको बेसल सेल कार्सिनोमा नामक समस्या हुन सक्छ । यो छालाको क्यान्सर जस्तै जटिल समस्या हो । हाम्रो आँखा सोझै घामको किरणसँग सम्पर्कमा आउँदा यस्तो हुन सक्छ । बेसल सेल कार्सिनोमा भनेको एक प्रकारको आँखासम्बन्धी क्यान्सर हो ।

कन्जेक्टिभालाई सुरक्षित राख्छ

हाम्रो आँखाको तल्लो र माथिल्लो परेलाको बाहिरी भागलाई कन्जेक्टिभा भनिन्छ । यो आँखाको निकै संवेदनशिल तथा महत्त्वपूर्ण भाग हो । जब आँखाको यो भाग सिधै सूर्यको किरणसँग सम्पर्कमा आउँछ त्यसपछि आँखा चिलाउन थाल्छ । यसलाई भाइरल, ब्याक्टेरियल वा एलर्जिक कन्जेक्टिभाइटिस पनि भनिन्छ ।

मोतीबिन्दुबाट जोगिन

साधरणतय मोतिबिन्दु आँखामा लाग्ने रोग हो । बढी उमेर भएका मानिसलाई यो रोग लाग्ने सम्भावना रहेको हुन्छ । तर, सूर्यको परावैजनी किरणका कारण पनि यस्तो रोग लाग्न सक्छ । यो रोग हुँदा आँखा धमिलो हुँदै जान्छ । जसबाट देख्न कठिनाई हुन्छ । यसैले सनग्लास लगाउनु आवश्यक हुन्छ ।

सावधान

सनग्लास किन्दा तपाई हामीले विशेषगरी दुई कुरामा ध्यान दिन आवश्यक रहेको छ । एउटा चश्माको साइज र अर्को गुणस्तर । अर्थात् चश्मा परावैजनी किरणबाट सुरक्षा दिने खालको हुनुपर्छ । अनि अर्को कुरा, चश्मामा स्क्र्याच वा धमिलोपना नआउन्जेल सम्ममात्र प्रयोग गर्नुहोला । सिसाको रंग पनि आँखालाई सुरक्षा दिने खालको मात्र छान्नुहोस् । घटिया लेन्सले आँखालाई असर गर्न सक्छ ।

Logo