खाना शरीरका लागि अपरिहार्य हुन्छ । बाँच्नका लागि हामीले दैनिक रुपमा भोजन गर्नुपर्छ । खानाले हामीलाई स्वस्थ्य एवं तन्दुरुस्त बनाउँछ । "/>

सावधान ! यस्तो गल्तीले तपाईको ज्यान पनि जानसक्छ

सावधान ! यस्तो गल्तीले तपाईको ज्यान पनि जानसक्छ

केन्द्रबिन्दु
0
Shares

खाना शरीरका लागि अपरिहार्य हुन्छ । बाँच्नका लागि हामीले दैनिक रुपमा भोजन गर्नुपर्छ । खानाले हामीलाई स्वस्थ्य एवं तन्दुरुस्त बनाउँछ । तर हामीले दिनभरमा जतिपनि खाना खान्छौं त्यो सबै स्वस्थ्यकर नहुन सक्छ । हामीले खाने खानामध्ये कतिपय खानाले शरीरलाई राम्रो होइन हानी गरिरहेको हुन्छ ।

अस्वस्थ्यकर खानाले हाम्रो शरीरमा रोग निम्त्याउँछ । खाना स्वस्थ्यकर र अस्वस्थयकर भन्ने कुरा त्यसलाई बनाउने विधीमा निर्भर गर्छ । धेरैजसो खानेकुरा हामी पकाएर खान्छौं । पकाएर खाएका खानेकुरा पकाउने क्रममै अस्वस्थ्यकर हुनसक्छ ।

पटक पटक एउटै तेलमा पकाउने, कडा आगोमा पकाउने, धेरै मरमसला मिश्रण गर्ने जस्ता गल्तीले खाना विशाक्त बन्छ । त्यस्ता खानेकुरा खाइयो भने शरीरमा गंभिर संकट पनि आउन सक्छ ।

खाना पकाउने क्रममा तेललाई धेरै तापमानमा तताउनु ठूलो गल्ती हो । तरकारी पकाउने क्रममा तेलबाट धूँवा निकालेको पनि देखेका छौं । तेल बढी तताउँदा केहि तत्व ब्रेकडाउन हुन्छ, जसले तेलमा रहेको एन्टिअक्सिडेन्ट नष्ट हुन्छ ।

काँचो र पाकेको मासुलाई एउटै प्लेट वा भाँडामा राख्नु हानिकारक हुन्छ । अर्थात मासु वा माछालाई पकाउनुअघि जुन प्लेटमा राखिएको हुन्छ, पकाइसकेपछि पनि सोहि प्लेट प्रयोग गरिन्छ । हतारमा वा बेवास्ता गर्दा यस्तो गल्ती हुन्छ ।

किनभने काँचो मासुमा केहि ब्याक्टेरिया हुन्छ जो सजिलै पकाएको मासुमा सर्न सक्छ । कडा आगोमा ननस्टिक प्यान राख्नाले त्यसमाथि लगाएको कोटिङबाट परफ्लूरोकार्बन धुँवा बनेर निस्कन्छ । यसले शरीरको बिकासमा असर पु-याउँछ साथै कलेजोलाई पनि खराब गर्छ ।

खानालाई धेरैबेर चलाउने, घोल्ने बानी पनि सहि होइन । मीठो, स्वादिलो बनाउने चक्करमा हामी खानालाई चलाउँछौ । मसला घोलियोस् भन्न चाहन्छौ । यसका साथै पकौडा र बेकिङ जस्ता परिकार बनाउँदा घोललाई धेरै चलाइन्छ । आटालाई धेरैबेर घोल्दा त्यसमा ग्लूटेन बन्छ, जसले पाचन तन्त्रमा गडबडी गर्छ ।

Logo