रोगले पुरुष र महिला भन्दैन । सानो र ठूलो भन्दैन । गरिब र धनी भन्दैन । दुर्गमका र सुगमका भन्दैन । तर, शारीरिक संरचना अनुसार कुनै रोग महिलालाई लाग्ने बढी संभावना हुन्छ भने, कुनै रोग पुरुषलाई । "/>

महिलालाई लाग्न सक्छ यस्तो रोग, कसरी सर्तक रहने ?

महिलालाई लाग्न सक्छ यस्तो रोग, कसरी सर्तक रहने ?

केन्द्रबिन्दु
0
Shares

रोगले पुरुष र महिला भन्दैन । सानो र ठूलो भन्दैन । गरिब र धनी भन्दैन । दुर्गमका र सुगमका भन्दैन । तर, शारीरिक संरचना अनुसार कुनै रोग महिलालाई लाग्ने बढी संभावना हुन्छ भने, कुनै रोग पुरुषलाई ।

धेरै महिलाको साझा समस्या हो, पिसाबको संक्रमण । उनीहरुको योनीद्वार एकदमै संवेदनसिल हुने भएकाले महिलाहरुमा पिसाबको संक्रमण हुने खतरा बढी हुन्छ ।

मासिक श्राव, गर्भावस्था जस्ता अवस्थाबाट गुज्रिनुपर्ने भएकाले पनि यस्तो समस्या बढी हुन्छ । मासिक श्रावको बेला, गर्भावस्था, यौन सम्पर्कपछि योनीको सरसफाई नगर्दा पिसाबको संक्रमण हुनसक्छ ।

त्यसका साथै दर्गन्धित शौचालयको प्रयोग गर्दा, धेरै समयसम्म पिसाब रोक्दा, पर्याप्त पानी सेवन नगर्दा, मृगौलाको पत्थरी भएमा, मधुमेह भएमा पनि यस्तो समस्या आउन सक्छ ।

महिलाहरुको योनीद्वार निकै संवेदनसिल हुन्छ । यस्तो अंगमा बाहिरको संक्रमण फैलिने खतरा बढी हुने गर्छ । यदी मुत्राशयबाट पिसाब बग्ने हुने नलीको राम्ररी सफाई नभएको अवस्थामा त्यहाँबाट सुरु भएको संक्रमण मुत्राशय सम्म पुग्ने गर्छ ।

पिसाबको संक्रमण भएमा पिसाब पहेंलो आउने तथा गन्हाउने हुन्छ । ढाडको तल्लो भागमा दुख्छ । पेटको तल्लो भागमा पीडा हुन्छ । योनी चिलाउँछ । पटक पटक पिसाब आए जस्तो हुन्छ ।

कसरी बच्ने ?

– पर्याप्त मात्रामा पानीको सेवन गर्ने

– पिसाब च्यापेर नबस्ने, समय समयमा बाथरुम जाने

– योनीको सरसफाई गर्ने ।

– योनीलाई सुख्खा राख्ने, यसो गर्दा संक्रमण हुँदैन ।

– भित्री बस्त्रको सरसफाईमा ध्यान दिने ।

प्रशस्त मात्रामा पानीको सेवन गर्नाले शरीरमा संक्रमण गराउने व्याक्टेरिया शरीरबाट बाहिर निस्कने सम्भावना धरै हुन्छ । पिसाब गरिसकेपछि योनीको राम्रोसित सफाई गर्नाले पनि यो समस्या विस्तारै कम हुँदै जान्छ ।

Skip This
Skip This
Logo