धेरै खायो भने औषधी पनि बिष हुन्छ । चिनी पनि तितो हुन्छ । घिउकुमारीको सन्दर्भमा पनि यो लागु हुन्छ । हुन त घिउकुमारी बहुउपयोगी बनस्पती हो । "/>

घिउकुमारी पनि हानिकारक ? तर यस्तो अवस्थामा

घिउकुमारी पनि हानिकारक ? तर यस्तो अवस्थामा

केन्द्रबिन्दु
0
Shares

धेरै खायो भने औषधी पनि बिष हुन्छ । चिनी पनि तितो हुन्छ । घिउकुमारीको सन्दर्भमा पनि यो लागु हुन्छ । हुन त घिउकुमारी बहुउपयोगी बनस्पती हो । यो औषधीय गुणले भरिपूर्ण हुन्छ । घिउकुमारी सौन्दर्यका लागि उपायोगी हुन्छ ।

स्वास्थ्यका लागि पनि उपयोगी हुन्छ । घिउकुमारी गुणै गुणले भरिएको बनस्पती हो । तर घिउकुमारीको अवगुण छैन भन्ने भ्रम नपाल्नुहोला । घिउकुमारीको कतिपय अवस्थामा बेफाइदा पनि छ ।

१. यदि कुनै औषधी सेवन गरिरहनु भएको छ भने चिकित्सकको सल्लाह बिना घिउकुमारी सेवन गर्नु हुँदैन । किनभने घिउकुमारीमा लेक्सेटिव नामक एक तत्व हुन्छ ।

यो तत्वले औषधीलाई शरीरमा अवशोषित हुनबाट रोक्छ । त्यसैले कुनै औषधी सेवन गरिरहनु भएको र घिउकुमारीको जुस पनि सेवन गरिरहनु भएको छ भने त्यस्तो अवस्थामा औषधी प्रभावहिन हुनसक्छ ।

२. यदि घिउकुमारी अधिक मात्रामा सेवन गरियो भने पखला लाग्छ । किनभने यसमा एन्थ्राक्विनोन र लेक्सेटिव जस्ता तत्व हुन्छ । यहि कारण घिउकुमारीको अधिक सेवनले पखला लाग्न सक्छ ।

३. यदि तपाई घिउकुमारलाई गलत ढंगले प्रयोग गरिरहनुभएको छ भने त्यो हानिकारक हुनसक्छ । यसलाई गलत ढंगले सेवन गर्दा पोटेशियमको स्तर कम हुन्छ ।

४. जो महिला गर्भवती छन् उनीहरुले घिउकुमारी सेवन गर्नु हुँदैन । किनभने यसको अधिक सेवनले गर्भपात हुन सक्छ । यसा साथै गर्भको बच्चालाई पनि असर गर्नसक्छ । १२ बर्षभन्दा कम उमेरका बच्चालाई घिउकुमारी दिनुहुँदैन ।

Skip This
Skip This
Logo