युवतीहरु सपिङका क्रेजी हुन्छन् । उनीहरु नयाँ नयाँ पहिरन लगाउन रुचाउँछन् । जति धेरै लुगा भएपनि उनीहरुलाई पुग्दैन । आउटफिटको सवालमा महिलाहरु निकै सचेत पनि हुनेगर्छन् । "/>

युवतीले इनरवेयर खरिद गर्दा गर्ने यी ६ गल्ती { हेर्नुहोस् बिस्तृतमा }

युवतीले इनरवेयर खरिद गर्दा गर्ने यी ६ गल्ती { हेर्नुहोस् बिस्तृतमा }

केन्द्रबिन्दु
0
Shares

युवतीहरु सपिङका क्रेजी हुन्छन् । उनीहरु नयाँ नयाँ पहिरन लगाउन रुचाउँछन् । जति धेरै लुगा भएपनि उनीहरुलाई पुग्दैन । आउटफिटको सवालमा महिलाहरु निकै सचेत पनि हुनेगर्छन् । उनीहरु पहिरनमा फेसनेवल देखिन चाहन्छन् । स्टाइलिस देखिन रुचाउँछन् । तथापी इनरवेयरको कुरामा भने त्यती सचेत हुँदैनन्, जति हुनुपर्ने थियो ।

इनरवेयर भन्ने कुरा बाहिर देखिने होइन भन्ने आम बुझाई पाइन्छ । जबकी इनरवेयर भनेको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको बस्त्र हो । यसको छनौटमा विशेष सावधानी अपनाउनुपर्छ । तर युवतीहरु इनरवेयर छनौटमा त्यती सावधानी अपनाउँदैनन् ।

१. इनरवेयर किन्ने कुरामा उनीहरु साइजमा त्यती संवेदनसिल भएको पाइदैन । जबकी इनरवेयर आवश्यक्ताभन्दा सानो वा ठूलो भयो भने त्यसले असजिलो महसु्ष गराउँछ । साथै छालामा रगडिन्छ पनि । त्यसैले इनरवेयर किन्दा नापमा ध्यान दिनुपर्छ ।

२. इनरवेयर मा प्रयोग भएको फेब्रिकले पनि खास असर गर्छ । जस्तोसुकै फेब्रिकको इनरवेयर खरिद गर्दा त्यसले संवेदनसिल अंगमा क्षति पु¥याउन सक्छ । तर युवतीहरु स्टाइलमा ध्यान दिने हुँदा जस्तोसुकै कपडाको इनरवेयर खरिद गर्छन् । इनरवेयर खरिद गर्दा सुतीको कपडा राम्रो हुन्छ । सुती कपडा छालामैत्री हो ।

३. युवतीहरु हेर्दा आकर्षक देखिने रंगबीरंगी इनरवेयर छनौट गर्छन् । रंगविरंगी इनरवेयर हेर्दा आकर्षक त देखिन्छन् तर, त्यस्ता रंगहरुले संवेदनसिल छालामा असर पर्छ । त्यसैले सेतो वा सादा रंगको इनरवेयर छनौट गर्नुपर्छ ।

४. पाताले कम्मर र सुडौल शरीर देखाउने लोभमा महिलाहरु सेपवेयर लगाउँछन् । तर, यसबाट पनि विभिन्न समस्या आउन सक्ने डाक्टरहरु बताउँछन् । सेपवेयरले शरीरको मासुलाई दबाएर राख्छ । धेरै बेरसम्म यसो गर्दा पित्त, अम्ल, प्रतिवाह आदि समस्याहरु हुन सक्छन्

५. व्यायाम गरिसकेपछि इनरवेयर परिवर्तन गरिहाल्नुपर्छ । खासमा भन्ने हो भने वर्कआउटको बेला लगाउने इनरवेयर पनि सही नाप र सही कपडाको हुनुपर्छ । गलत कपडाको वा गलत नापको इनरवेयर ले तपाईंको पसीना सोस्न असमर्थ हुन्छ, जसले गर्दा ब्याक्टेरिया जन्मने सम्भावना हुन्छ ।

६. आजकाल केही महिलाहरु इनरवेयर नै नलगाई पनि हिँड्छन् । यसो गर्नु पनि उचित होइन । इनरवेयर नलगाउँदा तपाईंको नितम्बको मासु झोल्लिएर शरीरको सेप बिग्रिन सक्छ । साथै इनरवेयर लगाउँदा तपाईंको गोप्य अंगको पनि सुरक्षा हुन्छ ।

 

Skip This
Skip This
Logo