क्यान्सर डरलाग्दो रोग मानिन्छ । अहिले हृदय र मृगौलाको रोगले पनि धेरैलाई सताइरहेका छन् । तर अबको केहि बर्षपछि अर्कै रोगले विश्वलाई गाँज्ने अनुमान गरिएको छ । "/>

विश्वकै टाउको दुखाई बन्दैछ यो रोग, कसरी जोगिने ?

विश्वकै टाउको दुखाई बन्दैछ यो रोग, कसरी जोगिने ?

केन्द्रबिन्दु
0
Shares

क्यान्सर डरलाग्दो रोग मानिन्छ । अहिले हृदय र मृगौलाको रोगले पनि धेरैलाई सताइरहेका छन् । तर अबको केहि बर्षपछि अर्कै रोगले विश्वलाई गाँज्ने अनुमान गरिएको छ । त्यो रोग हो, डिप्रेसन ।

विश्व स्वास्थ्य संगठनको आंकलनमा सन् २०२० सम्ममा विश्वको लागि ठूलो चुनौती बन्नेछ, डिप्रेसन । मुटु रोगपछि डिप्रेसन दोस्रो ठूलो समस्याको रुपमा देखापर्ने अनुमान गरिएको छ । अन्य अध्ययनहरुले समेत डिप्रेसले संसारलाई गाँज्दै गएको देखाउँदै यसले निम्त्याउने संभावित खतराबारे सचेत गराएको छ ।

मानिसको कुष्ठा, चिन्ता, पीर, आकंक्षा जस्ता कुराले डिप्रेसन पैदा गर्छ ।

डिप्रेसन भएपछि के हुन्छ ।

राम्ररी निद्रा लाग्दैन । भोक कम लाग्छ । अपराध महसुस गरिन्छ । जतिबेला पनि उदास भइन्छ । आत्मविश्वासको कमि हुन्छ । थकान र सुस्तता महसुस हुन्छ । आत्महत्या गर्ने सोच पलाउँछ ।

डिप्रेसनबाट बाँच्ने उपाय

१. डिप्रेसनमा परेका व्यक्तिहरुले यसबाट बाहिर निस्किनका लागि आफ्नो मनले खाएका प्रियजनहरुसँग नियमित सम्पर्कमा रहनुपर्छ ।

२. यसैगरी, कैयन् वैज्ञानिक सोधले प्रमाणित गरेका छन् कि डिप्रेसन हटाउने सबैभन्दा प्रभावकारी तरिका भनेको व्यायाम हो ।

३. डिप्रेसनका दौरानमा यदि हाम्रो मनोभावलाई कसैले धैर्यता र ध्यानपूर्वक सुन्यो भने पनि हामीलाई राम्रो लाग्छ । असल साथीहरुसँग नजिक हुनुका अलावा नकारात्मक विचारले भरिएका व्यक्तिहरुसँग यतिबेला टाढा बस्नु आवश्यक छ । अन्यथा उनीहरुले हाम्रो मनोबल गिराउँछन् ।

४. अनुसन्धानले के देखाएको छ भने नियमितरुपमा विदा बस्ने व्यक्तिहरुको तुलनामा विदा कम बस्ने व्यक्तिहरु बढि तनावमा रहन्छन् ।

 

Skip This
Skip This
Logo