बेलायती अखबारले २०१५ मा एक रिसर्च प्रकाशित गरेको थियो । रिसर्च अनुसार कोल्ड डिं«क पिउँदा शरीरमा भयानक असर गरेको पाइयो । "/>

सावधान ! कोल्ड ड्रिंकले यसरी तपाईलाई भित्र भित्रै मार्न सक्छ

सावधान ! कोल्ड ड्रिंकले यसरी तपाईलाई भित्र भित्रै मार्न सक्छ

केन्द्रबिन्दु
0
Shares

बेलायती अखबारले २०१५ मा एक रिसर्च प्रकाशित गरेको थियो । रिसर्च अनुसार कोल्ड डिं«क पिउँदा शरीरमा भयानक असर गरेको पाइयो । विश्वमा हरेक बर्ष करिब दुई लाख व्यक्तिको मृत्युको कारण बनेको छ, सफ्ट ड्रिंक । यसको सेवनले हरेक बर्ष करिब डेढ लाख व्यक्ति मधुमेहको सिकार हुन्छन् । लगभग ६ हजार व्यक्ति क्यान्सरको सिकार हुने गर्छन् । ४४ हजार बढी मुटुको रोगी बन्ने गर्छन् ।

कोल्ड डिं«कले हाम्रो शरीरलाई मात्र हानी गर्दैन, यसले धर्तीलाई पनि नोक्सान पु¥याउँछ । एक रिसर्च अनुसार आधा लिटर अर्थात पाँच सय एमएल कोल्ड डिं«क तयार गर्नका लागि ३५ लिटर पानी चाहिन्छ ।

रिसर्च अनुसार हामीले ३ सय ५० एमएल कोल्ड डिं«क पिउँदा शुरुवती १० मिनेटमा आफ्नो शरीरमा १० चम्चा चिनी पुग्छ । यत्तिनै चिनी एकसाथ खाइयो भने त्यसले हाम्रो जिब्रोको स्वाद बिगार्छ । तर कोल्ड ड्रिंकमा त्यस्तो किन हुँदैन भने, यसमा फस्फोरिक एसिड पनि हुन्छ । फोस्फोरिक एसिडले त्यो गुलियोपन कम गरिदिन्छ ।

कोल्ड डिं«क पिएको २० मिनेटपछि हाम्रो शरीरमा ब्लड शुगर बढ्छ । यसले शरीरमा इन्सुलिनको बहाव तिब्र बनाइदिन्छ, जसलाई कलेजोले नियन्त्रण गर्ने प्रयास गर्छ । यहि क्रममा कलेजोले यो अतिरिक्त शुगरलाई फ्याटमा बदल्छ ।

कोल्ड ड्रिंक पिएको ४० मिनेटपछि शरीरले त्यसमा रहेको कैफिन पूर्ण रुपमा ग्रहण गर्छ । यसले आँखाको ढकनी फैलन थाल्छ । हामी अलर्ट महसुष गर्छौ । हाम्रो निन्द्रा टुट्छ । अल्छीपन पनि हट्छ । यसबेला हाम्रो रक्तचाप बढ्छ । यसलाई नियन्त्रण गर्नका लागि कलेजोले अरु बढी शुगर छाड्न थाल्छ ।

४५ मिनेटपछि शरीरमा डोपामाइन नामक केमिकलको मात्रा बढ्न थाल्छ । यो रसायनले मस्तिष्कलाई खुसी बनाउने हिस्सालाई सक्रिय बनाउँछ । जानकारीका लागि भनौ, हिरोइन जस्ता ड्रग्सले पनि हाम्रो शरीरमा यहि किसिमको काम गर्छ ।

कोल्ड डिं«क पिएको ६० मिनेटपछि फस्फोरिक एसिडले आफ्नो असर देखाउन थाल्छ । परिणामतः क्याल्सियम, म्याग्नेसियम, जिंक जस्ता मिनरल्स शरीरको छोटो आन्द्रामा पठाइदिन्छ । यसले गर्दा हामीलाई पिसाब आएको अनुभव हुन्छ ।

यसरी शरीरमा कोल्ड ड्रिंकमार्फत सबै पानी शरीरमा पिसाबको रुपमा बाहिर निस्कन्छ । यसले क्याल्सियम, म्याग्नेसियम, जिंक जस्तो मिनरल्सलाई हाम्रो हड्डीसम्म पुग्न दिदैन । त्यही कारण हड्डी कमजोर हुन थाल्छ ।

Skip This
Skip This
Logo