अहिले अक्षय कुमारको फिल्म ‘प्याडमेन’को कारण बलिउड प्याडमय भएको छ । बलिउडकर्मीहरुमा प्याड देखाएर फोटो खिच्ने ट्रेन्ड चलेको छ । "/>

सेनेटरी प्याड प्रयोग गर्दा यस्तो गल्ती गरिरहनुभएको त छैन ?

सेनेटरी प्याड प्रयोग गर्दा यस्तो गल्ती गरिरहनुभएको त छैन ?

केन्द्रबिन्दु
0
Shares

अहिले अक्षय कुमारको फिल्म ‘प्याडमेन’को कारण बलिउड प्याडमय भएको छ । बलिउडकर्मीहरुमा प्याड देखाएर फोटो खिच्ने ट्रेन्ड चलेको छ । उनीहरुको भनाई छ, सेनेटरी नेपकिन लजाउनुपर्ने कुरा होइन । फिल्म प्याडमेनले सेनेटरी नेपकिनको विषयमा कथा भन्नेछ ।

सेनेटरी नेपकिनबारे अहिले पनि खुलेर बहस भएको छैन । सेनेटरी नेपकिन कसरी लगाउँदा जोखिमरहित हुन्छ भन्ने कुरा कतिपय किशोरीलाई थाहा हुँदैन । किनभने उनीहरुले यसको प्रयोगबारे खुलेर कुराकानी गर्दैनन् । यहाँ हामीले सेनेटरी नेपकिनको प्रयोग गर्दा अपनाउनुपर्ने सर्तकताहरु सुझाएका छौं ।

१. अलिकति पैसा बचाउनका लागि कुनै पनि लोकल नेपकिन किन्ने गल्ति नगरौ । किनकी यो स्वास्थ्यको मामला हो । गुणस्तरहिन नेपकिनले दाग लाग्ने डर मात्र हुने होइन कि संक्रमण पनि हुन सक्छ । त्यसैले राम्रो गुणस्तरको ब्रान्डेड नेपकिन नै प्रयोग गर्नु उचित हुन्छ । भलै यसका लागि अतिरिक्त पैसा खर्च गर्नु किन नपरोस ।

२. प्याड जोगाउने चक्करमा कतिले दिनभरी नै एउटै प्याड प्रयोग गरिरहेका हुन्छन् । यस्तो गल्ति कदापी नगर्नुस । यसबाट इन्फेक्सन हुन सक्छ । अधिक रक्तस्राव हुने महिनावारीको पहिलो र दोस्रो दिन २ देखि ३ घन्टाको बीचमा प्याड फेर्नु जरुरी छ ।

३. बजारमा अचेल नेपकिनका कति ब्रान्ड र विकल्पहरु उपलब्ध छन् । तर, सँधै एक्स्ट्रा लार्ज नेपकिन नै किन्ने गर्नुस । बढि लामो नेपकिनले बढि सोस्नुका साथै दाग लाग्ने डर पनि हुँदैन ।

४. हरेकलाई हरेक ब्रान्डको नेपकिन सुट हुनुपर्छ भन्ने छैन । त्यसैले पहिलोपटक कुनै पनि ब्रान्डको ठूलो प्याकेट किन्नुभन्दा सानो प्याकेट किनेर प्रयोग गर्नुस र त्यसले आफूलाई सुट गर्छ कि गर्दैन हेर्नुस । यदि ठिक भयो भने भइहाल्यो । यदि यसबाट तपाईंलाई चिलाउने समस्या भयो भने दोहो¥याएर यो ब्रान्ड प्रयोग नै नगरौ ।

५. महिनावारीका दौरान सफाईमा अत्यधिक ध्यान दिनुपर्छ । कुनै प्रकारको लापरवाहीले इन्फेक्सनको खतरा बढ्न सक्छ । त्यसैले आफ्नो गोप्य अंगलाई राम्रोसँग सफा गर्नुस ताकि कुनै प्रकारको स्किनको समस्या नहोस ।

Skip This
Skip This
Logo