धेरै खायो भने चिनी पनि तितो हुन्छ । औषधी पनि विष हुन्छ । महको हकमा पनि यो कुरा लागु हुन्छ । मह धेरै खाने कुरा त होइन नै, नमिलाइ खाने कुरा पनि होइन । "/>

सावधान ! मह खान नजान्दा विष बन्न सक्छ

सावधान ! मह खान नजान्दा विष बन्न सक्छ

केन्द्रबिन्दु
0
Shares

धेरै खायो भने चिनी पनि तितो हुन्छ । औषधी पनि विष हुन्छ । महको हकमा पनि यो कुरा लागु हुन्छ । मह धेरै खाने कुरा त होइन नै, नमिलाइ खाने कुरा पनि होइन । मह आफैमा भने सर्वगुण भएको चिज हो । महले स्वास्थ्यमा निकै फाइदा गर्छ । तर मिलाएर खान चाहि जान्नुपर्छ ।

यदि जथाभावी मह खाइयो भने त्यो विषाक्त बन्छ ।

– गर्मी चिजहरुका साथ महको सेवन विष समान मान्छ आयूर्वेदले । यसबाट पखाला लाग्नसक्ने सबैभन्दा ठूलो सम्भावना हुन्छ । यसका अलावा अन्य थुप्रै स्वास्थ्यसम्वन्धि समस्या उत्पन्न हुन सक्छन् ।

– कतिपय मानिसहरु रुँघा खोकी लाग्दा चियामा मह मिलाएर पिउँछन् । तर यो एकदमै हानिकारक छ । चिया वा कफीका साथमा महको प्रयोगबाट शरीरको तापक्रम बढ्न जान्छ । यसले शरीरमा बेचैनी र तनाव बढ्छ ।

– मह र मुला एक अर्काका दुश्मन हुन् । महसँग मुला खाँदा शरीरमा टक्सिन बन्न थाल्छन् । यसबाट शरीरको अंग ड्यामेज हुने खतरा बढेर जान्छ । त्यसैले मह र मुलाको बिचमा कम्तिमा एक घन्टाको अन्तराल राख्नैपर्छ ।

– महलाई मनतातो पानीमा पिउने नै सल्लाह दिइन्छ । तर यदि एकदमै तातो पानीसँग मह खाने गर्नुभएको छ भने यो आदत त्यागिदिनुस । यसबाट शरीरमा गर्मी पैदा हुन्छ । यसले गर्दा पेट खराब हुन्छ र अन्य रोगको सम्भावना पनि बढेर जान्छ ।

Logo