मोटो भएर चिन्तित हुनुहुन्छ भने यो कुरा पढौं !

मोटो भएर चिन्तित हुनुहुन्छ भने यो कुरा पढौं !

केन्द्रबिन्दु
0
Shares

तपाई मोटाएर हैरान हुनुहुन्छ ? या स्लिम बन्ने चक्करमा लागिरहनुभएको छ ? त्यसो हो भने यो खबर एक पटक पढ्नुहोस् । तपाईको मनमा केहि राहत मिल्नेछ ।

खबर हो, इन्डोनेसियाको । प्रसंग इन्डोनेसियाको होइन, त्यहाँका एक मोटा बच्चाको हो । उनी संसारकै सबैभन्दा मोटा बच्चा हुन् । उनको नाम चाहि आर्य परमाना हो ।

उनको उमेर १० बर्षको भयो । तर तौल २ सय केजीको छ । उनी एक पटकमा पाँच जना व्यक्तिले खाने बराबर खान्छन् ।

उनको तौलको कारण आमाबुवालाई चिन्ता भएको छ । उनीहरुले छोरालाई डाइटिङ पनि गराइरहेका छन् । डाइटिशियनको सहयोगले उनको तौल ७५ केजीसम्म घटाइएको छ ।

आर्या पहिला सामान्य बच्चा थिए । जन्मको बेला उनको तौल ३ केजी २ सय ग्राम थियो । दुई बर्षसम्म उनी ठिकै थिए । केहि समयपछि उनको अचानक तौल बढ्न थाल्यो ।

 

Logo