जाडोमा किन खाने सुन्तला ? पढ्नुहोस् १० कारण

जाडोमा किन खाने सुन्तला ? पढ्नुहोस् १० कारण

केन्द्रबिन्दु
0
Shares

जाडो सुन्तलाको मौसम हो । यो मौसममा सुन्तला खानु अत्याबश्यक छ तर कतिपयले भने चिसो लाग्ला भनेर सुन्तला खादैनन् । यदि तपाई पनि यस्तै सोच्दै हुनुहुन्छ भने तपाईका लागि यो सामग्री खुराक बन्नेछ ।

कोलेस्टरोल घटाउन 
सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा कोलेस्टरोलको मात्रा घटाउँछ ।

रक्तचाप नियन्त्रण गर्न 
सुन्तलामा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।

मिर्गाैला स्वस्थ राख्न 
सुन्तला खाँदा मिर्गाैलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्या पनि हुँदैन ।

कलेजो जोगाउन 
सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ ।

छालाको सुरक्षा 
सुन्तलामा बेटा–क्यारोटिन पाइन्छ । यो उत्तम एन्टी अक्सिडेन्ट हो । यसले छालालाई चम्किलो बनाउँछ ।

भाइरल इन्फेक्सन हटाउँछ
सुन्तलामा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन् ।

कब्जियत खुलाउँन 
कब्जियतको समस्या छ भने सुन्तला खाने गर्नुस्, दिसा खलास हुन्छ । यसमा फाइबरको मात्रा उच्च हुन्छ, जसले पाचन प्रक्रियालाई बलियो बनाउँछ ।

आँखा तेजिलो बनाउँन 
सुन्तलामा पाइने भिटामिन–ए, क्यारोटेनोइडजस्ता तत्वले आँखालाई तेजिलो बनाउँछन् र रतन्धोजस्तो समस्या देखापर्न दिँदैनन् ।

क्यान्सरबाट जोगिन 

सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइने भएकाले छाला, फोक्सो, स्तन, पेट र मलाशयमा हुने क्यान्सरबाट जोगाउछ ।

मुटु बलियो बनाउन 
सुन्तलामा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छन् । यिनले मुटुको गतिविधिलाई सुचारु राखी यसलाई स्वस्थ राख्न मद्दत पु¥याउँछन् ।

Logo