जिम धाउनुपर्दैन, घरमै यसरी बन्न सकिन्छ स्लिम !

जिम धाउनुपर्दैन, घरमै यसरी बन्न सकिन्छ स्लिम !

केन्द्रबिन्दु
0
Shares

स्लिम कसरी हुने भन्ने कुराले अहिले धेरैलाई पिरोलेको छ । स्लिम हुनका लागि जिम धाउने बग्रेल्ती छन् । बिहान दौडनेको संख्या पनि कम छैन । दिनरात पसिना बगाउनेहरु उत्तिकै छन् ।

स्लिम हुनु भनेको आकर्षक देखिनु मात्र होइन । स्लिम हुनु भनेको स्वस्थ्य हुनुपनि हो । स्लिम हुनु भनेको शरीरको अतिरिक्त बोसो घटाउनु हो । बोसो घटाएपछि धेरै किसिमका संभावित रोगबाट बच्न सकिन्छ । तर यसका लागि जिम धाउनैपर्छ भन्ने छैन । घरायसी काम गरेर पनि शरीरलाई फिट एन्ड फाइन राख्न सकिन्छ ।

१. विरुवाहरुमा पानी हाल्नु, माटो खन्नु जस्ता काम आइपर्छन् । यसबाट हातको पुरा एक्सरसाइज हुनुको साथै राम्रो वर्कआउटको फाइदा प्राप्त हुन्छ । खासमा जुन मुद्रामा हामी बगैंचाको स्याहार गछौं, त्यसबाट शरीरको मांसपेशीहरुको पनि स्ट्रेचिङ हुन्छ ।

२. भाँडा माझ्ने क्रममा पनि पूरा शरीर गतिशील रहन्छ । त्यसैले घरमा काम गर्नेलाई भाँडा मझाउनुको साटो आफैं अघि सर्नुस । यसले तपाईंको क्यालोरी बर्न पनि हुन्छ र भाँडा पनि टल्किन्छ ।

३. सिंगो घरको भूँई पुछ्नु वजन घटाउने एउटा उत्तम उपाय हो । यदि पुट्ट पेट बाहिर निस्केको छ भने बसेर भुईं पुछ्दा पेट घटाउन सहयोग पुग्छ ।
४. घरमा कुनै पाल्तु जनावर छ भने क्यालोरी बर्न गर्नु कुनै मुस्किल कुरा होइन । कुकुरलाई घुमाउने बहानामा बिहान–बिहान घुम्न निस्कनुपर्छ । यसले पनि वजन घटाउन सहयोग गर्छ ।

५. महिनाभरीको रासन अनलाइन अर्डर गर्ने वा घरमा मगाउने गर्नुको होइन, बरु आफै किनमेलका लागि जाने गरौ । यसरी पसल आउजाउ गर्दा पनि शरीरको एक्सरसाइज हुन्छ र तौल घट्छ ।

६. अहिले धेरै घरहरुमा वासिङ मेसिन भित्रिन थालेका छन्, जसले गृहणी महिलाहरुलाई अल्छि बनाइरहेको छ । आफ्नो शरीरको वजन कम गर्ने हो भने वासिङ मेसिनमा हाल्नुको साटो आफ्नै हातल धुनुपर्छ । यसले पुरा शरीरको एक्सरसाइज हुन्छ ।

Logo