सावधान ! तपाइलाई ‘पानीपुरी’को लत त छैन ?

सावधान ! तपाइलाई ‘पानीपुरी’को लत त छैन ?

केन्द्रबिन्दु
0
Shares

पछिल्लो पुस्ताको पहिलो रोजाई बन्न पुगेको छ, पानीपुरी । शायदै होलान पानीपुरी मन नपराउने मान्छे । चटपटे र पानीपुरी भन्ने वित्तिकै जोकोहीको मुखमा पनि पानी आउने गरेको छ । अझ धेरैलाई त पानीपुरीको लत नै बसिसक्यो होला ।

तर हामीले पानीपुरीले गर्न सक्ने हानीको बारेमा कहिले पनि सोचेनौं । सावधानी पर्याएर खाईएन भने यसले विभिन्न प्रकारका स्वास्थ समस्या उत्पन्न गर्न सक्छ । यसलाई तयार पार्नका लागि विभिन्न प्रकारका रसायनको प्रयोग गरिएको हुन्छ, जुन मानिसको स्वास्थ्यका लागि एकदमै हानिकारक रहेको हुन्छन् ।

खासमा सडक गाढामा जहाँतहीँ बेच्न राखिएका पानीपुरीको झोललाई अमिलो र स्वादिष्ट बनाउनका लागि त्यसमा कागती वा अमिलोको सट्टामा टार्ट्रिक एसिड वा ट्वाइलेट क्लिनरको प्रयोग गरिएको हुनसक्छ । तर केही राम्रा ठाउँहरुमा भने सरसफाइ र सामग्रीको प्रयोगमा विशेष ध्यान दिइएको हुन्छ ।

दिनप्रतिदिन मंहगी बढेसँगै कागती, बीरेनुन, पुदिनाको प्रयोगको सट्टा सस्तो मसला र एसिड प्रयोग गर्ने गरिएको बताइएको छ । अधिक मुनाफा कमाउन र स्वाद बढाउनका लागि पानीपुरी बनाउनेहरुले यसमा मिलावट गरिरहेका छन् ।

जथाभावी राखिएका त्यस्ता पानीपुरी चटपटे खानाले मानिसहरुमा पखाला, डिहाइड्ेसन जस्ता समस्याहरु हुने डाक्टरहरुले बताएका छन् । लामो समयसम्म त्यस्तो खानाले को कलेजोमा समेत खतरा हुनसक्छ । यसका साथै मानिसहरुमा अन्य कयौँ प्रकारका रोगहरु निम्तिन सक्ने बताइएको छ ।

त्यसैले त्यस्ता रोगहरु लाग्न नदिनका लागि सकेसम्म यस्ता खानेकुरा नखाने खाएपनि जानेर बुझेर राम्रो र सफा ठाउँमा मात्र खाने गर्दा राम्रो हुन्छ । एजेन्सी

Logo