यौन सम्पर्क: यस्तो अवस्थामा गर्दै नगरौ !

यौन सम्पर्क: यस्तो अवस्थामा गर्दै नगरौ !

केन्द्रबिन्दु
0
Shares

बिवाहित दम्पतीका लागि यौन सम्पर्क अनिवार्य आवश्यक्ता हो । बिवाहपछि दम्पतीको सम्बन्धलाई टिकाइराख्न पनि यौन सम्बन्ध आवश्यक हुन्छ ।

– यौन सम्पर्कका लागि दुबै पार्टनर मानसिक तथा शारीरिक रुपमा तयार हुनुपर्छ । यदि पार्टनरले इच्छा देखाएको छैन भने जबरजस्ती सम्पर्क राख्नु राम्रो होइन । यसले तपाईप्रति हेर्ने दृष्टिकोणमै फरक पर्छ ।

– यौन सम्पर्कअघि पार्टनरलाई बिस्तारै मानसिक रुपले तयार गर्ने । यसका लागि उनलाई आफ्नो सामिप्यता महसुष गराउनु पर्छ । प्रेमपूर्वक व्यवहार गर्नुपर्छ ।

– हामी सोच्छौं मनमुटावको अवस्थामा यौन सम्पर्क गर्दा सम्बन्धमा सुधार आउँछ । तर, कहिले कहिं त्यसले उल्टो नतिजा दिन्छ । यौनको अर्थ प्रेम दर्शाउनु पनि हो । जबरजस्ती यौन सम्पर्क राख्ने प्रयासले थप झगडा निम्त्याउन सक्छ । किनभने यो शारीरिक क्रिया त हो तर, यसमा भावना पनि आवश्यक हुन्छ ।

– लडाई–झगडा सुल्झाउनका लागि सबैभन्दा पहिला पार्टनरलाई फकाउनुहोस् । आफ्नो गल्ती छ भने माफी माग्नुपर्छ । पार्टनरलाई खुसी तुल्याउन गिफ्ट दिन सकन्छ । जब पार्टनर खुसी हुन्छ, तपाईले उनलाई पगाल्न तपाईलाई गाह्रो पर्ने छैन ।

– पत्नी गर्भवती भएको बेला यौन सम्पर्क राख्नुहुन्छ कि हुँदैन, कसरी राख्ने, कहाँ राख्ने ? यावत जिज्ञासा उठ्छ । विशेषज्ञका अनुसार गर्भवती भएको छैटौं हप्ताबाट बाह्रौ हप्तासम्म यौन सम्पर्क नराख्नु नै उचित हुन्छ । किनभने यसबेला यौन सम्पर्क राख्नाले गर्भपतनको संभावना हुन्छ । यसका साथै गर्भवती भएको अन्तिम दुई महिना पनि यौन सम्पर्क राख्नु हुँदैन ।

– गर्भवती भएको बेला पार्टनरको पुरा ख्याल राखौं । उनीहरुलाई हरबखत खुसी राख्नुपर्छ । विज्ञका अनुसार गर्भवती भएको चौथो र सातौ महिनासम्म यौनसम्पर्क राख्न सकिन्छ, यद्यपी पार्टनरको सहज महसुष भएमा मात्र ।

– शल्याक्रिया चाहे जतिसुकै सानो होस, जबसम्म घाउ पूर्ण रुपले निको हुँदैन यौनसम्पर्क राख्नु हुँदैन । सामन्य त चिकित्सकले शरीरको शल्याक्रियापछि तीन महिनाका लागि यौन सम्पर्क नगर्ने सल्लाह दिने गरेका छन् ।

– तपाईले यो सोच्नुपर्छ कि, शल्याक्रियापछि औषधी र थेरापीको कारण पार्टनरलाई यौन सम्बन्धमा इच्छा हुँदैन । यसका साथै शरीरको घाउले उनीहरुलाई केहि सोच्न दिदैन । यस्तो अवस्थामा उनलाई तपाई प्रेम र उर्जा दिनुपर्छ ।

Logo