सावधान ! तुरुन्त मुड चेन्ज हुन्छ भने यस्तो समस्या हुनसक्छ

सावधान ! तुरुन्त मुड चेन्ज हुन्छ भने यस्तो समस्या हुनसक्छ

केन्द्रबिन्दु
0
Shares

कहिले बेपत्तासँग खुसी हुने, कहिले झोंक्राएर बस्ने समस्या मानसिक स्वस्थ्यसँग जोडिएको गंभिर कुरा हुन् । यसलाई बाइपोलर डिसअर्डर भनिन्छ ।

बाइपोलार डिसअर्डरमा दुई किसिमको स्थिती हुन्छ, एक उदासी र अर्को प्रशन्नता । उदासी हुँदा व्यक्ति यति धेरै डिप्रेसनमा पुग्छन् कि आत्माहत्या जस्तो खतरनाक प्रयास गर्छन् । खुसीको चरणमा यति धेरै आत्माविश्वासले भरिन्छ कि, उसलाई सम्हाल्नै गाह्रो हुन्छ । दुबै स्थिती सामान्य होइन ।

बाइपोलार डिसहडरको खास कारण देखिदैन । यो कहिले जेनेटिक त कहिले न्यूरोट्रान्समिटर इम्बैलेन्स, एबनर्मल थाइरड फंशन, हाइ लेबल अफ स्ट्रेस आदिको कारण हुनसक्छ । धेरैले मान्ने गरेका छन् कि बाइपोलार डिसअर्डरले ग्रसित व्यक्ति सामान्य जीवनमा फर्कन सक्दैनन् । तर यो एकदमै गलत हो । भ्रम हो । यस किसिमको समस्याले ग्रस्त व्यक्ति पुन सामान्य जीवनमा फर्कन सक्छन् । यद्यपी त्यसका लागि परिवारका सदस्यहरुले सकारात्मक र सहयोगी भूमिका खेल्नुपर्छ ।

यसरी थाहा पाउन सकिन्छ

– पटक पटक आफैलाई पीडा दिन खोज्ने ।

– कुनैपनि काममा ध्यान नदिने । दिक्क मान्ने ।

-भविष्यका लागि सधै चिन्तित रहने ।

– झर्किने वा रिसाइरहने ।

– खुसीको माहोलमा पनि रमाउन नसक्ने ।

– तौल घटबड भइरहने ।

– आफुले आफैलाई अपराधी महसुष गर्नु ।

– कुनैपनि कुरा याद गर्न नसक्नु ।

बाइपोलार डिसअर्डर पूर्ण रुपमा निको हुनसक्छ । मनोचिकित्सकको सहयोगले पीडित व्यक्ति पहिलेकै अवस्थामा फर्कन सक्छ । नियमित रुपले औषधी सेवनले पीडित स्वभाविक अवस्थामा फर्कन सक्छ । यस्ता व्यक्तिका लागि पर्याप्त निन्द्राको आवश्यक हुन्छ । औषधीका साथ नियमित थेरापी लिनुपर्छ, यसले चाडै राहत मिल्छ । व्यायाम र योग, ध्यानले एकदमै प्रभावकारी हुनसक्छ ।

Logo