स्यानिटरी प्याड प्रयोग गर्दा जान्नैपर्ने चार कुरा !

स्यानिटरी प्याड प्रयोग गर्दा जान्नैपर्ने चार कुरा !

केन्द्रबिन्दु
0
Shares

महिनावरी भएको बेला स्यानिटरी प्याड लगाइन्छ ताकि रगत लतपत नहोस् । हुन त महिनावरी भएको बेला हिँडडुल गर्न पनि गाह्रो हुन्छ । कतै हिँड्न नपरोस् जस्तै हुन्छ । तैपनि कामकाजका लागि हिँडडुल गरिरहनुपर्छ ।

स्यानिटरी प्याड प्रयोग गरेपछि केहि सुविधा चाहि हुन्छ । हिँडडुल गर्न त्यती गाह्रो हुँदैन । तर स्यानिटरी प्याड प्रयोग गर्नुअघि यी चार कुरा पनि जान्नुपर्छ अन्याथा मूत्रनली वा योनीमा संक्रमण साथै अन्य समस्या ल्याउन सक्छ ।

महिनावारीका दौरान सफाईमा अत्यधिक ध्यान दिनुपर्छ । कुनै प्रकारको लापरवाहीले इन्फेक्सनको खतरा बढ्न सक्छ । त्यसैले आफ्नो गोप्य अंगलाई राम्रोसँग सफा गर्नुस ताकि कुनै प्रकारको स्किनको समस्या नहोस ।

१. महिलाहरुले महिनावरीको समयमा पुरानो कपडाको टुक्रा प्रयोग गर्छन् । यो सुरक्षित र राम्रो मानिदैन । गुणस्तरिय प्याड नै लगाउनुपर्छ ।

२. प्याड जोगाउने चक्करमा कतिले दिनभरी नै एउटै प्याड प्रयोग गरिरहेका हुन्छन् । यस्तो गल्ति कदापी नगर्नुस । यसबाट इन्फेक्सन हुन सक्छ । अधिक रक्तस्राव हुने महिनावारीको पहिलो र दोस्रो दिन २ देखि ३ घन्टाको बीचमा प्याड फेर्नु जरुरी छ ।

३. बजारमा अचेल प्याडका धेरै ब्रान्ड र विकल्पहरु उपलब्ध छन् । तर सँधै एक्स्ट्रा लार्ज नेपकिन नै किन्ने गनुहोस् । बढि लामो नेपकिनले बढि सोस्नुका साथै दाग लाग्ने डर पनि हुँदैन ।

४. सबैलाई हरेक ब्रान्डका प्याट सुट हुनुपर्छ भन्ने छैन । त्यसैले पहिलोपटक कुनै पनि ब्रान्डको ठूलो प्याकेट किन्नुभन्दा सानो प्याकेट किनेर प्रयोग गर्नुस र त्यसले आफूलाई सुट गर्छ कि गर्दैन हेर्नुस । यदि ठिक भयो भने भइहाल्यो । यदि यसबाट तपाईंलाई चिलाउने समस्या भयो भने दोहो-याएर यो ब्रान्ड प्रयोग नै नगरौ ।

 

Logo