तपाइले कफी पिउने गर्नुभएको छ ? यस्ता छन् फाइदा र बेफाइदा

तपाइले कफी पिउने गर्नुभएको छ ? यस्ता छन् फाइदा र बेफाइदा

केन्द्रबिन्दु
0
Shares

चिसो मौषम होस् या तातो मौषम हामीले केही समय फुर्सद पाउने वित्तिकै चिया कफी पिउने गर्दछौँ । अझै पाहुनाको सत्कार अथवा साथीभाईहरुसँगको भेटघाटमा पनि कफी नै हाम्रो पहिलो रोजाइ हुन्छ ।

हाम्रो समाजमा एउटा संस्कार नै बनिसकेको छ नी घरको कोही पाहुना आउँदा चिया लिने की कफी ? भनेर सोधिहाल्ने यसको अर्थ पाहुनाको स्वागत गर्न चिया कफी नै उत्तम लाग्छ ।

कफीमा ‘क्याफिन’ हुन्छ। क्याफिन धेरै भयो भने शरीरलाई बेफाइदा गर्छ भने ठिक्क हुँदा फाइदा।

प्रत्येक दिन बिहान १ कप कफी पिउनाले शरीरमा दिनभरि स्फुर्ती आउनुका साथै यसमा हुने एन्टिअक्सिडेन्टले शारीरिक तथा मानसिक तनावलाई कम गर्छ। मुटु, मस्तिष्क, पाचन र स्नायु प्रणालीलाई क्रियाशील तुल्याउँछ। जाडो मौसममा नियमित कफी पिउनाले शरीरमा गर्मीपन बढाउँछ। नियमित कफी सेवनले बोसो तथा मोटोपन घटाउन समेत कम गर्छ। कफीमा पाइने एन्टिअक्सिडेन्टले मुटुलाई जोगाउन मद्दत गर्छ र हृदयरोग तथा क्यान्सरबाट पनि मानिसलाई सुरक्षित राख्न सहयोग गर्छ।

शरीरका लागि एन्टिअक्सिडेन्ट फाइदाजनक कुरा हो। कफीमा प्राकृति रुपमै पाइने एन्टिअक्सिडेन्ट कतिपय मानिसले ट्याबलेटबाट पनि लिन्छन्।

कालो कफी पिउनु स्वास्थ्यका हिसाबले उपयुक्त हो। कालो कफीलाई कलेजोका लागि राम्रो मानिन्छ। तर, दूधकफीले ग्यास्ट्रिक बढाउन मद्दत गर्छ, हार्ट बर्न र एसिडिटी बढाउँछ।

यदि कफी सही तरिकाले खायो भने मुटुरोगीलाई फाइदा पुग्छ। कलेजोरोग र मधुमेहका बिरामीलाई पनि कफीबाट फाइदा पुग्छ।

ठिक्क मात्रामा कफी पिउनाले हृदयघात, मस्तिष्कघात, मधुमेह र संक्रमणको जोखिम न्यून गराउँछ।

रातिमा पढ्ने मानिसले निद्रा लागेका बेला कफी खायो भने निद्रा हराउँछ।

एक अध्ययनले गर्भवती महिलाले भने दिनको २ सय मिलिग्रामभन्दा बढी क्याफिन पिउन नहुने देखाएको छ। कफी बढी सेवन गर्दा महिलामा गर्भपातको जोखिम बढ्नुका साथै कम तौल भएको बच्चा जन्मन सक्छ।

कसैलाई बिहान खाली पेटमा कफी खाँदा फाइदा गर्न सक्छ भने कसैलाई ग्यास्टिकको समस्या हुन सक्छ। राति सुत्नुअघि कफी खानु त्यति राम्रो मानिँदैन, निद्रा नपर्न सक्छ।

यस्तै, उच्च रक्तचाप भएका मानिसले पनि धेरै कफी पिउनु हुँदैन। हड्डी कमजोर भएका, निद्राको समस्या भएका, टाउको दुख्ने समस्या भएका, ग्यास्ट्रिक भएका मानिसले धेरै कफी पिउनु हुँदैन। त्यसेले बेफाइदा गर्छ। समग्रमा भन्नुपर्दा ठिक्क मात्रामा कफी पिउँदा शरीरलाई फाइदा गर्छ भने अधिक कफी पिउने बानीले स्वास्थ्यमा असर पार्न सक्छ। 

डाइटिसियन प्रनिति सिंहसँगको कुराकानीमा आधारित

Logo