जाडो याममा किन बढ्छ हृदयघातको खतरा ? यस्तो छ बच्ने उपाय

जाडो याममा किन बढ्छ हृदयघातको खतरा ? यस्तो छ बच्ने उपाय

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ६ मंसिर ।

केही समयअघि पुष्पकमल दाहाल पुत्र प्रकाशको अप्रत्याशित मृत्यु भयो । उनको मृत्युको कारण थियो, हृदयघात । कुनै जटिल समस्या वा दीर्घरोग नभए पनि अचानक हुन सक्ने मृत्युको पछाडि हृदयघात नै मुख्य कारण बन्ने गरेको छ । चिकित्कसहरु यसै भन्छन् ।

अहिले जाडो सुरु भइसकेको छ । यो सिजनमा हृदयघातको खतरा थप बढ्छ । हुन त जाडोले केही स्वास्थ्य समस्या पनि लिएर आउँछ । यसको सबैभन्दा बढी असर मुटुमा पर्छ । जाडोमा रक्तचाप बढ्छ । यसले हृदयघात निम्त्याउ“छ ।

जाडोमा ५३ प्रतिशत जोखिम
चिकित्सकका अनुसार गर्मी महिनाको तुलनामा जाडो महिनामा हृदयघातको जोखिम बढी हुन्छ । तुलनात्मक रुपमा जाडोमा ५३ प्रतिशत बढी हृदयघातको खतरा हुन्छ । यद्यपि यसबेला थोरै सजग हुने हो भने यस्ता जोखिमबाट बच्न सकिन्छ ।

यसरी बच्न सकिन्छ
जाडो महिनामा हृदयघातको खतरा कसरी टार्ने ? वा मुटुलाई कसरी जोगाउने ? यसका लागि औषधी सेवन गर्नुपर्दैन । औषधीको अतिरिक्त डोज पनि बढाउनु पर्दैन । केही सामान्य तरिका छन्, जसलाई अपनाएर हृदयघातको जोखिमबाट बच्न सकिन्छ ।

१. न्यानो लुगा
आफूलाई सधैं चिसोबाट बचाउने प्रयास गरौं । बाह्य वातावरणस“ग शरीरको तापमान मिलाउनुपर्छ । सकेसम्म बढी न्यानो कपडा लगाउनुपर्छ । घरबाहिर निस्किएको समय टाउकोमा स्कार्फ वा टोपी लगाउनुपर्छ ।

२. घरको तापमान
घरको तापमान पनि मिलाउनुपर्छ । संभव भएसम्म घरलाई न्यानो राखौं । घरभित्र चिसो हावा आउन दिनु हुँदैन ।

३. तातो खाना
जाडो याममा शरीरको तापमान कायम गर्ने अर्को तरिका हो खानपान । जाडोमा सधै तातो खानेकुरा सेवन गर्नुपर्छ । मनतातो पानी पिउनुपर्छ ।

४. मदिरा सेवन नगरौं
हामी जाडोमा मदिरा पिउँछौ । हामीलाई के भ्रम छ भने, जाडो भगाउने यो राम्रो काइदा हो । तर, हाम्रो सोचाइ गलत छ । किनभने जाडोमा मदिरा, धुमपान थप हानिकारक हुन्छ । मदिरा सेवन गर्दा जाडोमा थप जटिलता आउन सक्छ ।

५. चिकित्सकको परामर्श
यदि मुटु वा मधुमेहसम्बन्धी कुनै समस्या छ भने चिकित्सकको निगरानीमा बस्नुपर्छ । औषधी खाइरहेको अवस्थामा त्यसलाई निरन्तरता दिनुपर्छ । यदि कुनै असजिलो अनुभव हुनासाथ चिकित्सककहाँ पुग्नुपर्छ ।

६. घाममा बसौं
जाडो याममा घाम प्यारो हुन्छ । यद्यपि फुर्सद नमिलेर वा घामले असर गर्छ भन्ने लागेर हामी घाममा बस्दैनौं । जबकि यो सिजनमा कम्तिमा १५ मिनेट घाम ताप्नु राम्रो हो । यद्यपि बिहानको घाममा बस्नुपर्छ । शरीरको तापमान बढेपछि कोलोस्ट्रोल कम हुन्छ, यसले हृदयरोगको खतरा कम गर्छ । (एजेन्सीको सहयोगमा)

 

 

Logo