चाँडै गर्भवती हुने १० उपायहरु (भिडियो सहित)

चाँडै गर्भवती हुने १० उपायहरु (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ५ मंसिर । मंसिरलाई विवाहको महिना मानिएपनि हिन्दु समाजमा विवाह हुने धेरै महिनाहरु रहेका छन् । हामी कहाँ माघ, फागुन, चैत्र, बैशाख, जेठ, असार, भदौं र असोज महिनामा पनि विवाहवारी चल्ने गरेको छ । तर पनि धेरै युवायुवतीले मंसिरलाई नै विवाह गर्ने सोचाई बनाउने गरेका हुन्छन् ।

विवाह गरेपछि सन्तानको आशा पनि स्वभाविक रुपमा बढ्ने नै गर्छ । तर पनि दम्पतीहरु केही बर्ष पछि मात्र पाउने योजनामा हुन्छन् भने कोही चाडैं सन्तान जन्माउने सोचाईमा ।

पछिल्लो समय करिअरलाई स्थापित गर्ने सोचका साथ ढिलो विवाह गर्ने र विवाह नै गरेमा पनि केही बर्षको अन्तरमा मात्र सन्तान पाउने चलन नव दम्पत्तिहरुमा बढ्दै गएको छ । तर अहिलेको खानपिन र जीवनशैलीले गर्दा केही बर्षको अन्तरमा सन्तान पाउने योजना बनाएका दम्पतिहरु पछि सन्तान पाउन नसकेर चिन्तामा पनि पर्ने गरेका प्रशस्तै उदाहरणहरु हाम्रै समाजमा देखिएको छ ।

सन्तान नहुने समस्यामा पर्नु भन्दा अगाडी नै सन्तान पाउने कोसिस गर्नु, कसैलाई ठुलो बुद्धिमानी काम हुन पनि सक्छ । यदी भविष्यमा सन्तान नहुने समस्या झेल्नु भन्दा अगाडी दम्पतिहरुले केही कुराहरुमा सावधानी अपनाए सन्तान नहुने समस्यावाट बच्न सकिन्छ ।

भिडियो हेर्नुहोस्

सही उमेरमा गर्भधारण गर्ने
गर्भधारणका लागि चिकित्सकहरुले महिलाको उमेर १८ देखि २८ बर्षलाई उपयुक्त मान्ने गरेका छन् । यो उमेरमा विवाह गर्ने महिलाहरु गर्भवती हुने सम्भावना बढी हुनेगर्छ । चिकित्सकहरुका अनुसार यो उमेरमा महिलाहरुको डिम्बासयमा अण्डा बढी नै परिपक्क हुने गर्छ । अनुसन्धानले पनि के देखाएको छ भने २५ बर्षको महिलाको तुलनामा ३५ बर्षको महिला गर्भवती हुने सम्भावना ५० प्रतिशत कम हुन्छ । त्यसैले दम्पतीहरुले आफ्नो उमेरको ख्याल गरेर गर्भधारण गर्ने गर्नुपर्छ । बढ्दो उमेरमा पनि गर्भवती हुनु स्वास्थलाई अप्ठ्यारोमा पार्नु पनि हो । यस्तो अवस्थामा गर्भवती भएमा चिकित्सकको परामर्श लिनु राम्रो हुन्छ । तर पनि सकभर महिलाले १८ देखि २५ बर्षको उमेरमै गर्भवती हुने प्रयास गर्नुहोला ।

पहिलो गर्भलाई खेर नफालौं
पछिल्लो पटक धेरै दम्पतिहरुले सन्तान पछि पाउने आशामा पहिलो गर्भलाई पतन गर्ने गरेका छन् । अनि केही बर्ष पछि आफुले गर्भ बोक्न चाहदाँ गर्भ नरहने समस्या धेरैले भोगिरहेका छन् । डिम्ब परिपक्क भएको अवस्थामा मात्र महिलाले पुरुषको शुक्रकिटसंग मेल हुदा गर्भवती हुन्छन् । पहिला पहिला परिपक्क भएका डिम्बहरूलाई खेर फाल्दा पछिल्लो पटक त्यत्तिकै गुणस्तरीय डिम्ब ननिस्कने समस्या देखिने गरेको छ । त्यसैले पहिलो गर्भलाई सकभर खेर नफाल्नु नै श्रीमान् श्रीमतीहरुलाई बुद्धिमानी देखिन्छ ।

आफ्नो महिनावारीलाई ख्याल गर्ने
गर्भवती हुनलाई महिलामा हुने मासिक धर्म नियमित रुपमा हुनु पर्छ । मासिक धर्म वा महिनावारी हुने मितिमा कुनै महिलाको धेरै नै परिवर्तन भैरहने गर्छ भने गर्भवती हुने सम्भावना कम रहन्छ । यस्तो अवस्थामा गर्भवती हुन चाहने महिलाले चिकित्सकसंग परामर्श गरेर आफ्नो महिनावारीलाई नियमित गर्ने कोसिस गर्नुपर्छ ।

अण्डा पाक्ने समयको ख्याल राखौं
अधिकांश महिलाको डिम्बमा अण्डा परिपक्क हुने समय भनेको महिनावारी हुनु भन्दा दुई साता अगाडीको समयलाई बढी मानिन्छ । यो समयमा तपाईहरुले नियमित रुपमा राख्ने यौनसम्बन्धको संख्यालाई बढाउनु भयो भने श्रीमती गर्भवती हुनसक्छिन् । चिकित्सकहरुका अनुसार यो समयमा नियमित यौनसम्बन्ध राखेमा गर्भवती हुने सम्भावना ६० देखि ७० प्रतिशतसम्म बढ्ने सम्भावना रहन्छ ।

तौललाई नियन्त्रणमा राख्ने
खानपिनमा आएको परिवर्तन अनुसार अहिले धेरै महिलाहरु कम उमेरमै मोटी हुन थालेका छन् । शरीरमा मोटोपन बढ्दै गएपछि धेरै महिलाहरुको पाठेघरमा रहेको फेलोपियन ट्युव र ओभरी बन्द हुने समस्या देखिएको छ । त्यसैले गर्भवती हुन चाहने महिलाहरुले आफ्नो तौललाई नियन्त्रणमा राख्ने गर्नुपर्छ ।

खानपिनमा ध्यान दिने
आफुलाई चाडैनै गर्भवती बनाउन चाहने महिलाले आफ्नो खानपिनमा सन्तुलन ल्याउनु पर्छ । खानामा आइरन र क्याल्सियमको मात्रालाई बढाउनु पर्छ । यो वाहेक पोषणयुक्त खानपिन र फलफुलको मात्रालाई बढाउदा डिम्ब परिपक्क हुन पाउछ । चिकित्सकहरुका अनुसार यसरी खानपिनमा बिशेष ध्यान दिदाँ गर्भवती हुने सम्भावना ३० प्रतिशत बढ्ने बताउछन् ।

कन्सेप्सनमुन
विवाह लगत्तै धेरै दम्पत्तिहरु हनिमुनमा जाने चलन रहेको छ । हनिमुन विवाह लगत्तै जाने हुनाले यसको उद्धेश्य एक अर्कालाई नजिकवाट चिन्ने मात्र हुन्छ । यो समयमा धेरै दम्पत्तिहरु यौनको आनन्द लिने सोचाईमा हुने हुनाले भावी सन्तानको चाहनालाई केही बर्ष पछि सार्ने गरेका हुन्छन् । यदी तपाईको गर्भ रहेको छैन भने अहिले पछिल्लो पटक कन्सेप्सनमुनको अवधारणा आएको छ । पश्चिमी समाजमा गर्भधारण गर्नकै लागि दम्पत्तिहरु कन्सेप्सनमुनमा जाने गर्छन् । यो अवधारणा अनुसार दम्पत्तिहरु गर्भवती हुन लामो समयलाई घुम्न निस्कने गर्छन् । लामो समयको छुट्टी लिएर यसरी घुम्न निस्कदा दम्पत्तिहरु तनाव रहित हुन्छन् । तनाव रहित अवस्थामा राखिएको शारीरिक सम्बन्ध धेरै नै फलदायी भएको अनुसन्धानहरुले देखाएको छ ।

मदिराको सेवन छोडौं
अहिलेका युवापुस्ताहरु आफुलाई आधुनिक देखाउन चुरोट र मदिरा पिउने गर्छन् । फेसनको रुपमा बढेको यो कार्यले कालान्तरमा तपाईहरुको जिवनमा असर गरिरहेको हुन्छ । चिकित्सकहरुका अनुसार अत्याधिक मदिरा र चुरोटको सेवनले पुरुषको उत्तेजनामा कमी ल्याएको जस्तै महिलाको पनि प्रजनन् क्षमतामा ह्रास ल्याउने गर्छ । अत्याधिक मदिराले महिला र पुरुषको फर्टिलिटिमा समेत असर गर्ने गरेको चिकित्सकहरु बताउछन् ।

गर्भनिरोधक औषधिको प्रयोग नगरौ
गर्भ रोक्नलाई धेरै दम्पत्तिले अस्थाई साधन कण्डम प्रयोग गर्नु भन्दा गर्भनिरोधक औषधिको सेवनलाई नै प्राथमिकता दिने गरेका छन् । कण्डमको प्रयोगले यौन आनन्द नआउने हुनाले उनीहरुले औषधिलाई छनोट गरेका हुन्छन् । तर कतिपयलाई गर्भनिरोधक औषधिले गर्भ रहन रोकेपनि पछि गर्भ रहन नदिने किसिमका समस्या पनि देखिने गरेको छ । त्यसैले गर्भनिरोधक औषधिको सेवन सकभर गर्दै नगर्नु राम्रो हुन्छ । यदी गर्भ नचाहने हो भने कण्डमको प्रयोग वा प्राकृतिक रुपमा विर्यलाई योनी भित्र झर्न नदिने उपाय नै उत्तम हुन्छ । तपाईलाई गर्भवती हुने मन छ भने गर्भनिरोधक औषधिको सेवन लाई त्यागेर यौनसम्पर्कको संख्यालाई बढाउदै लैजानु पर्छ ।

लुब्रिकेन्टको प्रयोग नगर्ने
धेरै दम्पत्तिहरुले यौनमा थप आनन्द लिनका लागि अहिले बजारमा आएका कृत्रिम चिल्लो पदार्थहरुको प्रयोग गर्न थालेका छन् । यस्ता लुब्रिकेन्टहरुको प्रयोग गरेर यौनसम्बन्ध राख्दा पुरुषवाट निस्किएको विर्यलाई महिलाको योनीको नलि विचमै नष्ट गर्ने किसिमका पनि हुन्छन् । जसले शुक्रकिट र डिम्ब विच मिलन हुनुभन्दा अगाडी नै शुक्रकिट नष्ट भैसकेको हुन्छ । त्यसैले सन्तान चाहने दम्पत्तिले लुब्रिकेन्टको प्रयोग विनै यौनसम्बन्ध राख्नुपर्छ । महिलाहरु पूर्ण रुपमा उत्तेजित हुदाँ उनीहरुको योनीवाट आएको चिल्लो पदार्थले नै यौन क्रियालाई सुमधुर बनाउन प्रर्याप्त मद्धत गर्छ । त्यसैले यौन सम्बन्ध राख्नुभन्दा अगाडी प्रर्याप्त मात्रामा पाकक्रिडा गर्ने गर्नुपर्छ ।

हामीले माथि भनेका उपायहरुलाई आफ्नो जीवनमा लागू गर्नु भयो भने नि:सन्तान हुन लाग्नु भएका दम्पत्तिहरुले लाभ पाउनु हुने विश्वास हामीले राखेका छौं । यि माथिका उपायहरुलाई नियमित र निरन्तर रुपमा गर्दै जानु होला । कथंकदाचित तपाईले सन्तान लाभ गर्न सक्नु भएन भने सम्बन्धित राम्रो चिकित्सकलाई जचाँएर उहाँको परामर्श अनुसार काम गर्नुहोला ।

 

Logo